रुपन्देही- मुलुक निर्वाचनमय भइरहेको समयमा लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन वैशाख २० गते बोलाइएको छ। साउन १ गतेदेखि प्रमुख प्रतिपक्ष नेकपा एमालेले लगातार अवरोध गर्दै आएको प्रदेश सभा असोज २९ अन्त्य भएको थियो।
६ महिनाभित्र बैठक बस्नुपर्ने कानुनी बाध्यता भएपछि चुनावको मुखमा भए पनि केही दिनका लागि प्रदेश सभा आह्वान गरिएको हो।
प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले विज्ञप्तिमार्फत बैठकबारे जानकारी दिएका छन्। प्रदेश सभाको नियमावली २०७४ को नियम ३ को उपनियम १ बमोजिम प्रदेश प्रमुखको आह्वानमा बैठक बोलाइएको हो।