बुधबार, असार ३१, २०८३

जापानी स्ट्राइकर योसिनोरी न्यूकास्टल अनुबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जापान- न्युकास्टल युनाइटेडले जापानी स्ट्राइकर योसिनोरी मुतोलाई अनुबन्ध गरेको छ। उनलाई युनाइटेडले माइन्जबाट चार बर्षका लागि अनुबन्ध गरेको हो। उनले गत सिजन माइन्जमा रहेर बुन्डेस लिगाका २७ खेल खेल्दै आठ गोल गरेका थिए। 

अब उनी युनाइटेडमा रहेर प्रिमियर लिग खेल्ने छन्। उनले बुन्डेस लिगामा तीन सिजन बिताए। बुन्डेस लिगाका तीन सिजनमा उनले ६६ खेल खेल्दै २० गोल गरेका छन् । राष्ट्रिय टिमका लागि २५ खेलमा २ गाल गरेका छन्।

योसिनोरी रुस विश्वकपमा जापानबाट सहभागिता जनाएका थिए। तर, उनले समुह चरणको एक खेल मात्र खेले। उनले समूह चरणमा पोल्यान्डसँगको खेल खेलेका थिए । जहाँ जापान पोल्यान्डसँग १–० ले पराजित भएको थियो। उनी न्युकास्टल युनाइटेडमा खेल्ने जापानका एक मात्र र पहिलो खेलाडी हुन। ठुलो क्लबमा स्थानपाउनु नै आफुलाई सम्मानित गरिएको महसुस गरेको योसिनोरीले बताए।

बिहिबार उनलाई वर्क परमिट दिएपछि मात्र उनीसँग सम्झौता गरिएको थियो। उनलाई युनाइटेडले ९.५ मिलियन पाउण्डमा भित्र्याएको बताइएको छ । युनाइटेडले गत हप्ता स्विजरल्यान्डका डिफेन्डर फाबियन स्कारलाई अनुबन्ध गरेको थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।