शनिबार, असोज ६, २०८०

तुलसीपुर उपमहानगर : एमालेको आँगनमा कांग्रेसको नाच

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका गिरी ०७४ सालको निर्वाचनमा पनि उपमहानगर प्रमुखको उम्मेदवार थिए। त्यतिबेला एमालेका उम्मेदवार घनश्याम पाण्डेले करिब ४ हजार मतान्तरले उनलाई पराजित गरेका थिए।
 |  शुक्रबार, वैशाख १६, २०७९
averest bankaverest bank

दिलीप कुँवर

दिलीप कुँवर

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं– कोमल वलीले गाएको एउटा चर्चित गीत छ– तुल्सीपुरमा म जाँदाखेरी...’। तुलसीपुर उपमहानगर प्रमुखको कुर्सीमा को पुग्छ? त्यसको लागि हामीले अझै करिब १५ दिन पर्खिनैपर्ने हुन्छ। तुलसीपुर उपमहानगरमा सत्ता गठबन्धन (कांग्रेस, माओवादी र एकीकृत समाजवादी) र प्रतिपक्षी नेकपा एमालेबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ। 

sagarmatha cement

सत्ता गठबन्धनले उपमहानगर प्रमुखमा कांग्रेसका गेहेन्द्र गिरीलाई उम्मेदवार बनाएको छ भने एमालेले पनि टीकाराम खड्कालाई उम्मेदवार बनाएको छ। सत्ता गठबन्धन एमालेकोे विरासत भत्काउने दाउमा छ भने एमाले जोगाउने दाउमा छ। दुवै उम्मेदवार बलिया देखिएका छन्। करिब १ लाख ७ हजार मतदाता रहेको तुलसीपुरमा यसपालि कसले बाजी मार्ला त? 

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका गिरी ०७४ सालको निर्वाचनमा पनि उपमहानगर प्रमुखको उम्मेदवार थिए। त्यतिबेला एमालेका उम्मेदवार घनश्याम पाण्डेले करिब ४ हजार मतान्तरले उनलाई पराजित गरेका थिए। गिरीले १८ हजार ९ सय ३ मत ल्याएका थिए भने पाण्डेले २२ हजार ८ सय ५७ मत हात पारे।

यसपटक पनि उनै गिरीले एमालेका बलिया उम्मेदवार खड्कासँग प्रतिस्पर्धा गर्दैछन्। तर जित निकाल्न भने त्यति सजिलो छैन। तुलसीपुरमा पहिलेभन्दा झन् अहिले एमालेका मतदाताहरुको संख्यामा उल्लेखनीय वृद्धि आएको मेयरका उम्मेदवार खड्का बताउँछन्। तत्कालिन मेयर पाण्डेले पाँचको वर्षको कार्यकालमा तुलसीपुरमा नसोचिएको विकास र परिवर्तन ल्याएकाले एमालेका मतदाता झन् बढेको खड्काको तर्क छ। नेपाल समयसँग कुराकानी गर्दै उनले भने, ‘०७४ को चुनावमा एमालेकै घनश्याम पाण्डेजीले जित्नुभएको थियो। उहाँजस्तो सक्षम नेतृत्व पाएर तुलसीपुरले आफ्नो अनुहार फेरेको छ। उहाँले गर्न बाँकी रहेका कामहरु अब म पूरा गर्छु।’

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका गिरी ०७४ सालको निर्वाचनमा पनि उपमहानगर प्रमुखको उम्मेदवार थिए। त्यतिबेला एमालेका उम्मेदवार घनश्याम पाण्डेले करिब ४ हजार मतान्तरले उनलाई पराजित गरेका थिए।

घर–घरमा धारा र चोक–चोकमा बिजुलीको खम्बा गाडेर मात्र समृद्धि नआउने खड्काले बताए। बरु धारामा पानी कसरी चुहाउने र खम्बामा कसरी तार र बिजुली प्रशारण गर्ने भन्ने कुरा ठूलो अर्थ राख्ने खड्काले स्पष्ट पारे। उनले थप्दै भने, ‘हामीसँग खासै ठूलो सपना छैन। जनताको न्यूनतम आश्वयकताहरु पूरा गर्न पाए, त्यसैलाई हामी सफलता ठान्छौँ।’ 

उद्योग र रोजगारी सिर्जनाको वातावरण आफूहरुको प्राथमिकतामा रहेको पनि खड्काले स्पष्ट पारे। एयरपोर्ट सुचारु गर्ने योजनाबारे पनि खड्काले भने, ‘२०११ मा बनेको एयरपोर्ट पुनः सञ्चालनमा ल्याउने योजना छ, जसरी पनि चलाउँछौं।’ आफूहरुको पक्षमा जसरी पनि ४० हजार मत खस्ने ठोकुवा गर्दै खड्काले राप्ती रोडमा सुरुङ मार्गको निर्माणबारे पनि योजना बनिरहेको जानकारी दिए। उनले थप्दै भने, ‘यहाँका सम्भावनाहरुलाई हामीले सदुपयोग गरेर अर्थतन्त्रको आधार बलियो बनाउँछौं। इन्जिनियरिङ कलेज र कृषि कलेज खुलिसकेका छन्। मेट्रो कलेजको लागि पनि योजना बन्दैछ।’ तुलसीपुरको समग्र विकास एमालेको काँधमा आएको पनि उनले बताए।

तुलसीपुरका जनताले एमालेलाई नै विश्वास गरेको उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी दाबी गर्छिन्। भन्छिन्, ‘०७४ सालको चुनावमा देखिएको मतान्तरले पनि थाहा हुन्छ कि यहाँ एमालेप्रति विश्वास गर्ने कति छन् भनेर। अहिले त झन् मतदाता बढेका छन्, मतान्तर आकाश–पातालको फरक हुनसक्छ।’ 

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका गिरीले पनि यसपालीको चुनावमा आफूहरुको जित सुनिश्चित रहेको दावी गरेका छन्। गठबन्धनका दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीको मतदाता संख्या जोड्दा एमालेभन्दा दोब्बर हुन जाने उनको तर्क छ। नेपाल समयसँग कुराकानी गर्दै उनले भने, ‘अघिल्लो चुनावको नतिजा हेरेर अहिले पनि जितिन्छ कि भनेर सोच्नु मूर्खता मात्र हो। तीन दलीय गठबन्धन छ। सबै जोड्दा एमालेका मतदाताको संख्याभन्दा दोब्बर हुन जान्छ। त्यसैले पनि यसपालि हाम्रो जित हुनेमा कुनै शंका छैन।’ 

तुलसीपुरका जनताले एमालेलाई नै विश्वास गरेको उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी दाबी गर्छिन्। भन्छिन्, ‘०७४ सालको चुनावमा देखिएको मतान्तरले पनि थाहा हुन्छ कि यहाँ एमालेप्रति विश्वास गर्ने कति छन् भनेर। अहिले त झन् मतदाता बढेका छन्, मतान्तर आकाश–पातालको फरक हुनसक्छ।’ 

त्यसो त तुलसीपुर एमाले महासचिव शंकर पोखरेलको भूगोल पनि हो। तर त्यसले आफूहरुलाई खासै फरक नपर्ने गिरीले बताए। उपमहानगरका १९ वडामध्ये १५ वडामा गठबन्धनकै जित पक्का भएको पनि उनले जिकिर गरे। उनले थपे, ‘बाहिरबाट तपाईंहरुले सुन्दा एमाले महासचिवको प्रभाव रहने क्षेत्र ठान्नुहुन्छ होला। तर यहाँको वस्तुस्थिति त्यस्तो छैन। कांग्रेस शक्ति आफैँ लोभलाग्दो छ। झन् गठबन्धनको अघि एमालेले कसरी फेस गर्ला र?’ 

तुलसीपुरलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्नु आफूहरुको प्रमुख प्राथमिकता रहेको गिरीले सुनाए। साथै, शिक्षा र स्वास्थजस्ता आधारभूत आवश्यकताहरुलाई पनि जनतासँग जोडेर क्षेत्राधिकार फराकिलो बनाइने उनले बताए।

गठबन्धनबाट उपमहानगर उपप्रमुखको उम्मेदवार तथा एकीकृत समाजवादीका नेता जोगबहादुर राणाले पनि आफूहरुको जित पक्का रहेको दावी गरे। यसपटकको चुनावमा एमालेको विरासत नसोचिएको ढंगले भत्कने उनले जिकिर गरे। भने, ‘पार्टी र पात्र को कस्तो हो भनेर यहाँका जनताले आफैँ बुझिसकेका छन्। कर गरेर कसैले मत दिनेवाला पनि छैन। समाजवादीमा भित्रने कार्यकर्ताहरुको संख्या लोभलाग्दो छ। त्यसमाथि झन् गठबन्धन पनि। यसपालि हाम्रै जित हुन्छ, हामी ढुक्क छौँ।’ 

१९ वडामा उम्मेदवार

तुलसीपुर उपमहानगरमा रहेका १९ वटै वडामा एमालेले सर्वसम्मत रुपमै उम्मेदवार टुंगो लगायो। जसअनुसार वडा नम्बर १ मा भीमबहादुर योगी, २ मा लक्ष्मण भण्डारी, ३ मा विरबहादुर विक, ४ मा बालकृष्ण राणा, ५ मा पदम पोखरेल र ६ मा दुजमान भण्डारी उम्मेदवार बनेका छन्। त्यस्तै वडा नम्बर ७ मा डिल्ली भण्डारी, ८ मा धर्म वली, ९ मा वामदेव न्यौपाने, १० मा यमराज बस्नेत, ११ मा मानबहादुर रावत र १२ मा मानबहादुर केसीलाई अघि सारिएको छ। 

वडा नम्बर १३ मा मोहन पौड्याल, १४ मा कृष्णबहादुर केसी, १५ मा लक्ष्मण चौधरी, १६ मा अमर खड्का, १७ मा लवरु चौधरी, १८ मा माधव वली र १९ मा प्रेमनाथ योगी उम्मेदवार बनेका छन्। सत्ता गठबन्धनले पनि १९ वटै वडामा उम्मेदवार उठाएको छ।

अघिल्लो चुनावी परिणाम र सम्भावित परिदृश्य

अघिल्लो निर्वाचनको मत परिणामलाई हेर्ने हो भने गठबन्धनको मत धेरै देखिन्छ। तर गठबन्धनभित्रको आन्तरिक द्वन्द्वले मतदाताको संख्यामा गिरावट नआउला भन्न सकिन्न। वास्तवमा मेयरमा गिरीको उम्मेदवारीले कांग्रेसभित्र असन्तुष्टि जन्माएको छ। असन्तुष्टिको एउटा परिणाम त देखिसकेको पनि छ– एक सयभन्दा धेरै क्रियाशिल सदस्यले पार्टी परित्यागको घोषणा गरेका छन्। 

०७४ को चिर्वाचनमा कांग्रेसले १० वडा जितेको थियो भने एमालेले ९ वडा जित निकालेको थियो। माओवादी भने खाली हात रह्यो। अहिले एमालेबाट उम्मेदवार बनेका खड्कालाई शंकर पोखरेलले नै अघि सारेका हुन्। त्यसो त खड्का पनि एमालेका पुरानै नेता हुन्। कुनैबेला उनी माधव नेपालको समूहमा नगएका पनि होइनन्। तर पछि केपी ओलीकै समूहमा फर्किए। 

दाङसँग खुमबहादुर खड्का, कृष्णबहादुर महरा र शंकर पोखरेलको जति नाम जोडिए पनि यहाँको चुनावी नतिजामा भने थारु समुदायले ठूलो अर्थ राखेको पाइन्छ। जसलाई एमालेले चलाखीपूर्ण तरिकाले प्रयोग गरेको छ। यसकारण कि एमालेले घोराही र तुलसीपुर दुबै उपमहानगरमा थारु समुदायबाट मेयर तथा उपमेयर उम्मेदवार बनाएको छ।

०७४ को चिर्वाचनमा कांग्रेसले १० वडा जितेको थियो भने एमालेले ९ वडा जित निकालेको थियो। माओवादी भने खाली हात रह्यो।

नेताहरुको दलीय भागबण्डा र अस्थिर विचारले पार्टी नै कमजोर बन्दै गएको कांग्रेस जिल्ला सभापति शंकर डाँगीको स्वीकारोक्ति छ। दुई उपमहानगरमा भागबण्डा मिलाउन आफूले गरेको प्रयास सम्झँदै डाँगी भन्छन्, ‘यहाँका थारु समुदायलाई एमालेले सही ढंगले परिचालित गर्न सफल भयो, तर हामीचाहिँ पार्टीभित्रै द्वन्द्व गरिरह्यौँ।’ 

०७४ सालको निर्वाचनमा तुलसीपुर मेयरमा जित निकालेका एमाले नेता घनश्याम पाण्डेले भने आफूहरु थारु समुदायको लागि मात्र नभई समग्र दाङवासीको जीवनस्तर उकास्न लागिपरेको बताउँछन्। आफू विजयी हुँदाको क्षण सम्झँदै उनी भन्छन्, ‘एमालेले कहिल्यै पनि ठूलो सपना बाँडेन। हामीसँग साना सपना र योजनाहरु थिए। तर ती सपना र योजना जनतासँग प्रत्यक्ष जोडिएका थिए। त्यसैले घोराही र तुलसीपुरमै जनताको मन जित्न सफल भयौँ।’ 

प्रकाशित: Apr 29, 2022| 18:02 शुक्रबार, वैशाख १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सिंहदरबारमा आन्दोलनरत शिक्षकसँग सरकारको वार्ता

सिंहदरबारमा आन्दोलनरत शिक्षकसँग सरकारको वार्ता

सरकारले आज बिहान ९ बजे आन्दोलनरत शिक्षकसँग सम्बोधन गरिने मागका विषयबारे छलफल गर्ने बताए पनि दुवै पक्षको आन्तरिक तयारी नपुगेपछि वार्तामा ढिलाइ भएको हो।
चीन भ्रमणका लागि न्युयोर्कबाट हाङझाव उड्दै प्रधानमन्त्री प्रचण्ड

चीन भ्रमणका लागि न्युयोर्कबाट हाङझाव उड्दै प्रधानमन्त्री प्रचण्ड

चिनियाँ समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कबाट हाङझावका लागि उड्न लागेका हुन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट

महासभामा सहभागी हुन अमेरिका पुगेका विभिन्न देशका प्रतिनिधिको सम्मानमा राष्ट्रपतिले दिएको रात्रिभोजका क्रममा प्रधानमन्त्रीले बाइडेनसँग फोटो सेसन र संक्षिप्त भेट गरेको प्रचण्डको सचिवालयले बताएको हो।