शुक्रबार, वैशाख २१, २०८१

बुटवलमा शंकर हावी हुँदा विष्णुलाई दबाब

विष्णु पौडेलका लागि गठबन्धनमात्रै चुनौती बनेको छैन, पार्टीभित्रै वर्चश्व गुम्ने त होइन भन्ने खतरा पनि उत्तिकै छ। टिकट वितरणमा महासचिव शंकर पोखरेल रुपन्देहीमा हावी भएपछि पौडेललाई पार्टीको शाखसँगै आफ्नो अस्तित्व रक्षा गर्न पनि चुनौती थपिएको छ।
 |  बिहीबार, वैशाख १५, २०७९

विनोद परियार

विनोद परियार

बिहीबार, वैशाख १५, २०७९

बुटवल– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र हो बुुटवल। पौडेलले राजनीतिक रुपमा केन्द्र तहमा दबदबा राख्नुको पछाडि आफ्नो निर्वाचन क्षेत्रमा एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्नु पनि हो। तर, यो पटक पार्टी विभाजन, पाँच दलीय गठबन्धनका कारण पौडेलले आफ्नो वर्चश्व कायम गर्न चुनौतीपूर्ण देखिएको छ।

triton college

गठबन्धनमात्रै पौडेलका लागि चुनौती बनेको छैन, पार्टीभित्रै पौडेलको वर्चश्व गुम्ने त होइन भन्ने खतरा पनि उत्तिकै छ। टिकट वितरणमा महासचिव शंकर पोखरेल रुपन्देहीमा हावी भएपछि पौडेललाई पार्टीको शाखसँगै आफ्नो अस्तित्व रक्षा गर्न पनि चुनौती थपिएको छ। 

एमाले महासचिव पोखरेलले विस्तारै पौडेल पक्षमा रहेका नेताहरुलाई आफ्नो पकडमा तान्न थालेका छन्। यसअघि चितवनमा भएको पार्टीको महाधिवेशनमा दावेदार रहेका पौडेललाई उछिनेर पोखरेलले महासचिव पद पाएका थिए। त्यसयता पार्टीभित्र पोखरेल क्रमशः शक्तिशाली बन्दै गएका छन्। 

त्यसो त पौडेलले गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा बुटवललाई प्रदेशको स्थायी राजधानी बुटवल राख्ने दृढ प्रतिबद्धता गरेका थिए। संघको निर्वाचनमा ठोकुवा नै गरेर बुुटवल  लुम्बिनीको राजधानी हुने घोषणा गरेका थिए। उनले त्यतिखेर बोलेका भिडियोहरु नै अहिले हेर्न–सुन्न पाइन्छ। पौडेलले त्यसरी ग्यारेन्टी गरेको प्रदेशको स्थायी राजधानी पोखरेलले दाङको राप्ती उपत्यका तोक्ने निर्णय गराए।

दाङ राजधानी बनाउने बेला पौडेलले पोखरेलको निर्णयमा असहमति जनाए। तर, तत्कालिन समयमा नेकपाका अध्यक्षद्वयको सहमतिका कारण उनी बोल्न सकेनन्। पोखरेलले पौडेल जुनबेला कमजोर हुन्छन्, त्यहि बेला प्रहार गर्ने गरेका छन्। तत्कालिन समयमा ललिता निवास जग्गा किनबेच प्रकरणमा पौडेल मुछिएका थिए। 

corrent noodles
Metro Mart
गठबन्धनमात्रै पौडेलका लागि चुनौती बनेको छैन, पार्टीभित्रै पौडेलको वर्चश्व गुम्ने त होइन भन्ने खतरा पनि उत्तिकै छ। टिकट वितरणमा महासचिव शंकर पोखरेल रुपन्देहीमा हावी भएपछि पौडेललाई पार्टीको शाखसँगै आफ्नो अस्तित्व रक्षा गर्न पनि चुनौती थपिएको छ। 

स्थानीय तहको निर्वाचनको टिकट वितरणमा यो पटक उपाध्यक्ष पौडेल कमजोर सावित भए। पौडेलले ०७४ सालमा पनि मेयरका रुपमा गोपाल रानालाई अगाडि ल्याउन चाहेका थिए। तर, पौडेललाई छक्याएर शिवराज सुवेदीले टिकट हात पारे। यो पटक पनि तिनै राना प्रमुख दावेदार थिए। राना आफैँ विष्णु पौडेलको भरोसामा थिए। तर, पौडेलको चाहना राना पक्षमा भए पनि सचिवालयमा बहुमत पदाधिकारीहरुले बाबुराम भट्टराईलाई समर्थन गरेपछि उनी विपक्षमा उभिन सकेनन्।

एमाले महासचिव पोखरेलले पौडेल इतरका नेताहरुलाई अगाडि ल्याउन सचिव छविलाल विश्वकर्मासँग सम्बन्ध कायम गरेका छन्। यो पटक पौडेलले बुटवल, तिलोत्तमा र सिद्धार्थनगरमा आफूूले चाहेको उम्मेदवार बनाउन सकेनन्। विगतमा आफ्नै पक्षमा रहेका तिलोत्तमाका मेयरका उम्मेदवार मोहन चापागाईंले समेत सचिव छविलाल विश्वकर्मा मार्फत शंकर पोखरेलको साथ खोजेर टिकट प्राप्त गरेको बताइन्छ।  पौडेलले सैनामैना नगरपालिकामा मात्रै पूूर्व स्वकीय सचिव समेत रहेका चित्रबहादुर कार्कीलाई मेयरमा दोहोर्याएका छन्। उपाध्यक्ष पौडेलले बुटवल आफ्नो निर्वाचन क्षेत्र भएकाले उम्मेदवार भट्टराईको खुलेर विरोध गर्न सकेका छैनन्। 

‘विष्णु कमरेडको चाहना गोपाल राना नै थियो तर, परिस्थिति यस्तो बन्यो कि, कि त शिवराज सुवेदीलाई दोहोर्याउनुपर्ने थियो, त्यसो नहुँदा बाबुराम भट्टराई नै प्राथमिकतामा परे,’ नेकपा एमालेका एक केन्द्रीय सदस्यले भने, ‘शिवराज दोहोर्याउनुभन्दा बाबुराम नै ठिक भनेर पौडेलले पनि समर्थन गर्न बाध्य हुनुभयो।’ पार्टीका केन्द्रीय सदस्य समेत रहेका शिवराज सुवेदी बुटवल उपमहानगरको मेयर हुँदा पौडेललाई लाभ हुने गरी कहिल्यै काम नगरेको एमालेकै नेताहरु बताउँछन्। पौडेल आफ्ना योजनाहरु बुटवलमा लागू गर्न नसक्ने ठानेकै कारण पछिल्लो समय तिलोत्तमा र सैनामैनामा केन्द्रीत हुन थालेका थिए। 

यिनै घटनाक्रमसँगै पौडेल स्थानीय तहको निर्वाचनमा यो पटक पात्रको बारेमा असहमति राख्न सक्ने अवस्थामा नरहेको उनी निकट एक नेताले बताए। ‘यो पटक बुटवलमा एमालेले हार्दा विष्णु पौडेल थप कमजोर हुन्छन्,’ उनले भने। 

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतनिधिसभा सदस्य रहेका पूर्वअर्थमन्त्री पौडेल आफ्नो वर्चश्व कायम राख्नका लागि मनोनयन दर्ताकै दिन रुपन्देही आएका थिए। अहिले दैनिकजसो भेटघाट, भेलामा व्यस्त छन् उनी। टिकट नपाएपछि चिढिएका गोपाल रानालाई पौडेलले फकाएर निर्वाचनमा खटाएका छन्। यद्यपि कार्यकर्ता तहमा असन्तुष्टि झल्कने गरेको छ। बुधबार तिलोत्तमामा नगरपालिकामा आयोजित उम्मेदवार अभिमुुखीकरण कार्यक्रममा मेयरका आकांक्षी समेत रहेका नेकपा एमाले रुपन्देहीका सचिव यज्ञ गैरे उपस्थित भएनन्। उपाध्यक्ष पौडेलले उनलाई लक्षित गरी पाँच मिनेटसम्म बोलेको कार्यक्रममा सहभागीहरुले बताएका छन्। आफ्नो निर्वाचन क्षेत्रलाई मध्यनजर गरी पौडेलको सक्रियता थप बाक्लिएको छ। 

पौडेल स्थानीय तहको निर्वाचनमा यो पटक पात्रको बारेमा असहमति राख्न सक्ने अवस्थामा नरहेको उनी निकट एक नेताले बताए। ‘यो पटक बुटवलमा एमालेले हार्दा विष्णु पौडेल थप कमजोर हुन्छन्,’ उनले भने।

त्यसो त मेयरका उम्मेदवार बाबुराम भट्टराई भने आफूू टिकटका लागि कोही नेतासँग नजिक नभएको दावी गर्छन्। ‘म सबै नेताहरुसँग निकट छु, विष्णु कमरेडसँग त निकट नै छु, महासचिवसँग पनि निकट नै छु,’ उनले भने, ‘मेरो योगदानको पार्टीले कदर गरेको भन्ने बुझेको छु।’ 

व्यावसायिक पृष्ठभूमिका भए पनि भट्टराईका दाजु गोपाल भट्टराई भने पुराना कम्युनिष्ट नेता हुन्। बाबुरामले यसपटक टिकट पाउनुमा दाजुको पनि हात रहेको बताइन्छ। त्यसो त बाबुरामले टिकट पाउनुमा वर्तमान मेयर शिवराज सुवेदीको अडान पनि हो। उनले आफू नहुँदाको विकल्पमा भट्टराईलाई समर्थन रहने अन्यथा नमान्ने पार्टी अध्यक्षसँगै भनेका थिए। पछिल्लो समय सुवेदीले पार्टी सचिव छविलाल विश्वकर्मालाई बुटवल उपमहानगरको कार्यक्रममा प्रमुख अतिथि बनाउने गर्थे। शालिन र भद्र स्वभावका विश्वकर्मा सबै नेतासँग समान दूरीमा रहने नेता हुन्। तर, वैशाख ३० को स्थानीय तह निर्वाचनमा भने विश्वकर्मासँगै पूर्व उपहासचिव एवं नेता घनश्याम भुसाल एकै ठाउँ उभिएर महासचिव शंकर पोखरेललाई साथ दिएका थिए।  

एमालेलाई विरासत जोगाउने डर 

राजनीतिक हिसाबले बुटवललाई एमालेले आफ्नो पकड क्षेत्र मान्दै आएको छ। तर, यो पटक एमालेका लागि बुटवलको नेतृत्व हत्याउन निकै महँगो पर्ने भएको छ। पाँच दलीय गठबन्धन एकातिर छन् भने एमालेले आफ्नो शक्ति बचाउन साना दलको समेत सहारा लिन पुगेको छ। 

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राजमो छन्। एमालेले पाँच दलसँग प्रतिस्पर्धा गर्न जनमुक्ति पार्टीको सहारा लिएको छ। गठबन्धनबाट नेपाली कांग्रेसका नेता खेलराज पाण्डे मेयरका उम्मेदवार छन्। एमालेले व्यावसायिक पृष्ठभूमिका बाबुराम भट्टराईलाई अघि सारेको छ। पाण्डे यसअघि पनि मेयरमा २ हजार ३ सय ९८ मतको अन्तरले पराजित भएका थिए। सरल र सादगी पाण्डे राजनीतिमा इमान्दार मानिन्छन्। 

एमाले विभाजन, गठबन्धन र कांग्रेसबाट उठेका उम्मेदवारका कारण पनि एमालेले यो पटक थप मेहनत गर्नुपर्ने वाम विश्लेषक ऋषि आजादको भनाइ छ। ‘स्वाभाविक रुपमा बुुटवलसँग विष्णु पौडेलको राजनीतिक प्रतिष्ठा जोडिन्छ, यो पटक एमालेलाई सहज छैन,’ उनले भने। उनले जनमुक्ति पार्टीसँग एमालेले तालमेल गरे पनि मेयरका उम्मेदवार पाण्डेको सादगी जीवनले पनि प्रभाव पार्न सक्ने बताए।  गठबन्धनबाट कांग्रेसका पाण्डे मेयर र एकीकृत समाजवादीका चीनबहादुर गुरुङ उपप्रमुखका उम्मेदवार हुन्। एमालेबाट बाबुराम भट्टराई मेयर र पार्टीका केन्द्रीय सदस्य सावित्रा अर्याल उपमेयरका उम्मेदवार हुन्। त्यसैगरी बुटवलमा राप्रपाले मेयरमा मृगेन्द्र शेरचनलाई अघि सारेको छ। 

विगत कस्तो थियो? 

बुटवल उपमहानगरपालिकामा ०४९ मा कांग्रेसले मेयर र उपमेयर सहित १२ वटा वडा जितेको थियो। त्यतिखेर तत्कालिन बुटवल नगरमा एमालेले ३ वटा वडामा मात्रै विजयी हासिल गरेको थियो। 

२०४९ मा कांग्रेसबाट मेयरमा सूर्य प्रसाद प्रधान र उपमेयरमा रामप्रसाद खनालले विजयी हासिल गरेका थिए। कांग्रेसले २०४९ को स्थानीय निकायको चुनावमा जसरी बुटवलमा विजयी हासिल गर्यो, त्यसलाई एमालेले २०५४ मा उल्ट्यायो। यतिसम्म कि कांग्रेसलाई झन्डै शून्यकै हाराहारीमा पुर्याएर एमालेले मेयर र उपमेयर सहित १२ वटा वडामा विजयी हासिल गरेको थियो। त्यतिखेर २ वडा मात्रै कांग्रेसले जितेको थियो। १ वडा भने स्वतन्त्र उम्मेदवारले जितेका थिए। 

२०५४ सालमा एमालेबाट भोजप्रसाद श्रेष्ठ मेयर र विमलबहादुर शाक्य उपमेयरमा विजयी भएका थिए। २०५४ यता स्थानीय निकायको चुनाव भएन। तर, पछिल्लो पटक भएको संविधानसभाको चुनावमा नेकपा एमालेले आफ्नो विजयी यात्रालाई कायम राखेको छ। २०७० र २०६४ को संविधानसभामा निर्वाचनमा एमाले उपमहासचिव विष्णु पौडेलले बुटवल (तत्कालीन रूपन्देही क्षेत्र नम्बर ४) बाट निर्वाचन जितेका थिए। 

२०६४ को निर्वाचनमा ३ हजार मतले जितेका पौडेलले २०७० को निर्वाचनमा ६ हजार भन्दा बढी मत अन्तरले तत्कालिन माओवादी केन्द्रका नेता डा. बाबुराम भट्टराईलाई पराजित गरे। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेले मेयर–उपमेयर सहित १६ वडा एमालेले जितेको छ। कांग्रेसले ३ वडा मात्रै जितेको छ। त्यस्तै प्रतिनिधिसभा र प्रदेशसभाको २ वटा निर्वाचन क्षेत्रमा एमालेले जितेको छ। 


प्रकाशित: Apr 28, 2022| 15:28 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।