काठमाडौं-आईतबार हुने उसु केन्द्रिय साधारण सभाबाट नेपाल उसु संघले नयाँ नेतृत्व पाउने भएको छ । नयाँ कार्यसमितीका लागि आईतबार कठमाण्डौमा साधारण सभा हुने भएको हो । आइतबार अध्यक्ष, महासचिव, दुई जना उपाध्यक्ष, कोषाध्यक्ष र छ जना सदस्यहरु च्यन गरिने कोषध्यक्ष सुमन भट्टले जानकरी दिए ।
आठ महिना अघी संघमा भएको विबादका कारण संघ नेतृत्व बिहिन भएपछि संघको नेतृत्व नेपाल खेलकुद सपरिषद्का सदस्य सचिव केशबकुमार बिष्टले सम्हालेका थिए । त्यसअघि नेपाल उसु संघको अध्यक्षमा आङदिनी सेर्पा थिए । संघको केन्द्रिय साधारण सभा चार चार बर्षमा हुने पर्ने भएपनी विबादका कारण पाँच बर्षमा पछि हुन लागेको हो ।
नयाँ कार्यसमितीमा सह अध्यक्ष बीर बहादुर तामाङ सर्वसहमतीमा अध्यक्षपदमा चएन हुने सचिव लाक्पा धिरिङ लामाले जानकारी दिए । काठमाण्डौ र काठमाण्डौ बाहिरका समपुर्ण सदस्यहरुको निर्णय अनुसार तामाङलाई नयाँ कार्यसमितीको अध्यक्षमा चयन गरिने शुक्रबार बसेको छलफल कार्यक्रमले निर्णय गरेको लामाले जानकारी दिए ।
अब बन्ने नयाँ कार्यसमिती २५ सदस्यीय बन्ने महासचिव प्रनिलध्वज कार्कीले जानकारी दिए । कार्कीका अनुसार नयाँ विधानमा २५ सदस्यीय कार्यसमिती बनाउनु पर्ने भएकाले ३१ सदस्यीय कार्यसमितीलाई विगठन गर्दै २५ सदस्यीय नयाँ कार्यसमिती बनाउने जानकारी दिएका हुन ।
देशभरीका ३५ देखि ४० जिल्लाका सदस्यहरुको सहभागीतामा नयाँ कार्यसमिती गठन गरिने छ । साधारण सभा खेलकुद मन्त्रि जगतबहादुर सुनुवार (विश्वकर्मा), सदस्य सचिव केशब कुमार बिष्ट, उसु संघका पुर्व अध्यक्ष, सदस्य तथा खेल पधाधिकारी र खेलाडीको सहभागीता सम्पन्न गरिने सह अध्यक्ष तामाङले जानकारी दिए ।
साधारण सभाको बिषयका लागि भएको छलफल कार्यक्रममा नेपाल खेलकुद सपरिषद्का सदस्य सचिव केशब कुमार बिष्ट, सह अध्यक्ष बीर बहादुर तामाङ, महासचिव प्रनिलध्वज कार्की, कोषध्यक्ष सुमन भट्ट, सचिव लाक्पा धिरिङ लामा, गोविन्द पराजुली, नारायण गिरी लगायतका व्यक्तीहरुको सहभागीता थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४