मंगलबार, वैशाख २५, २०८१

विराटनगरमा विरासत जोगाउला त कांग्रेसले?

विराटनगर र मोरङ कांग्रेसको नेतृत्वमा डा. शेखर कोइराला निकटका नेता छन्। उनीहरुले विराटनगरको मेयरमा नाम सिफारिस गर्दा पनि आफू पक्षका मोरङ कांग्रेस उपसभापति नागेश कोइरालालाई पहिलो प्राथमिकतामा राखेर गरेका थिए। तर, जिल्ला र महानगर समितिको सिफारिसलाई प्रदेश समितिले उल्ट्याउँदै अमृत अर्याललाई पहिलो प्राथमिकतामा राख्यो।
 |  बिहीबार, वैशाख १५, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, वैशाख १५, २०७९

विराटनगर– सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले देशभरका ६ महानगरमा भागबण्डाको सहमति गरेलगत्तै विराटनगर कांग्रेसले गठबन्धनको निर्णय नमान्ने प्रतिक्रिया जनायो। केन्द्रीय नेतृत्वको निर्णयलाई महानगर समितिले चुनौती दियो। ०७४ सालको निर्वाचनलाई आधार बनाएर कांग्रेस एक्लै प्रतिष्पर्धामा जाने महानगर सभापति दीपक चापागाईँले प्रतिक्रिया दिए। उनले भने, ‘०७४ मा मेयर र उपमेयर नेपाली कांग्रेसले एक्लै जितेकाले दुवै पद छाडिँदैन।’

विराटनगर र मोरङ कांग्रेसको नेतृत्वमा डा. शेखर कोइराला निकटका नेता छन्। उनीहरुले विराटनगरको मेयरमा नाम सिफारिस गर्दा पनि आफू पक्षका मोरङ कांग्रेस उपसभापति नागेश कोइरालालाई पहिलो प्राथमिकतामा राखेर गरेका थिए। तर, जिल्ला र महानगर समितिको सिफारिसलाई प्रदेश समितिले उल्ट्याउँदै अमृत अर्याललाई पहिलो प्राथमिकतामा राख्यो। अर्यालपछिको प्राथमिकतामा डा. डिला संग्रौला र भीम पराजुलीको नाम केन्द्रीय समितिमा सिफारिस गरेपछि विराटनगरको मेयर आफ्नो पक्षका नेताले नपाउने भय कोइराला पक्षमा देखियो।

प्रदेश समितिको नेतृत्व संस्थापन निकट रहेकाले सत्ता गठबन्धनको निर्णयलाई चुनौती दिनेगरी महानगर समिति लागेको सहजै अनुमान लगाउन सकिन्छ। विराटनगरको मेयरको टिकटलाई सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला र डा.कोइरालाले प्रतिष्ठाको विषय बनाए। वैशाख ११ गते मनोनयन शुरु भइसक्दा पनि मेयरको टिकट फाइनल हुन सकेन। दोश्रो दिनको मनोनयन शुरु भइसक्दा पनि अन्योल कायम थियो। निकै लामो रस्साकस्सीपछि डा. कोइराला निकटका नेता नागेश कोइरालाले टिकट पाए।

triton college
विराटनगर र मोरङ कांग्रेसको नेतृत्वमा डा. शेखर कोइराला निकटका नेता छन्। उनीहरुले विराटनगरको मेयरमा नाम सिफारिस गर्दा पनि आफू पक्षका मोरङ कांग्रेस उपसभापति नागेश कोइरालालाई पहिलो प्राथमिकतामा राखेर गरेका थिए। तर, जिल्ला र महानगर समितिको सिफारिसलाई प्रदेश समितिले उल्ट्याउँदै अमृत अर्याललाई पहिलो प्राथमिकतामा राख्यो।

सोमबार पौने २ बजेतिर टिकट लिएर आएका उनी सोझै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर मनोनयन दर्ता गराए। उनीसँग डा. कोइराला निकटका नेता प्रदेशका मन्त्री केदार कार्की र महानगर सभापति चापागाईं पनि थिए। नागेशले टिकट पाएसँगै महानगरको नेतृत्वले गठबन्धन विरोधी प्रतिक्रिया दिन चाहेन।

टिकटको लडाइँमा पराजित भएकाहरु मनोनयन दर्ताका समयमा देखा परेनन्। डा. डिला संग्रौलाले प्रस्तावक बनेर आएको बताइन्। मेयरका उम्मेदवार कोइरालाले टिकट नपाउने नेताहरु जिम्मेवार रहेकाले आफूलाई सहयोग गर्ने बताए। उनले भने,‘केही मनमुटाव होला। चुनावमा हामीसँगै हुनेछौं।’ आफ्नो अनुहार हेरर भन्दा पनि पार्टीलाई जिताउन सवै नेता कार्यकर्ता लाग्ने उनको दावी छ। कोइरालाले मेयरमा मनोनयन दर्ता गरेको तेश्रो दिन बितिसक्दा पनि संस्थापन पक्षका नेताहरु उनको साथमा देखिएका छैनन्।

गठबन्धनप्रति अनुदार देखिएका डा. कोइराला बुधबार विराटनगरमा गठबन्धनका नेताहरुसँगै देखिए। विज्ञप्ति निकाल्दै उनले कांग्रेसलाई अत्यधिक मतले विजयी गराउन आग्रह पनि गरेका छन्। उम्मेदवार छनोटमा देखिएको असन्तुष्टिलाई थाती राखेर निर्वाचनमा होमिन आग्रह गरेका छन्।

मेयरका उम्मेदवार नागेश कोइराला (बायाँ) र उपमेयरका उम्मेदवार जसपाका अमरेन्द्र यादव।
कांग्रेसको चुनाव जित्ने आधार के छ?

कांग्रेसले ०७४ को स्थानीय तह निर्वाचनमा एकल जित्नु नै यसपटकको पनि आधार भएको दावी गरेको छ। विकास निर्माणको काम आफ्नो पालोमा शुरु भएको र अधुरा काम पूरा गर्न कांग्रेसकै नेतृत्व महानगरवासीले खोजेको केन्द्रीय सदस्य डा. डिला संग्रौलाको भनाइ छ।

औद्योगिक क्षेत्रलाई समेटेर अघि बढ्न सक्ने र यसको संरक्षण गर्न सक्ने क्षमता कांग्रेससँग मात्रै भएको उनको दावी छ। आफूहरुले मात्रै जनताको समस्या निदान गर्न सक्ने डा. संग्रौलाले बताइन्। शिक्षा, स्वास्थ्य, खेलकुदको विकासमा कांग्रेसले गति दिने उनको भनाइ छ।

महानगरमा हामी जित्नेछौंः एमाले

corrent noodles
Metro Mart

नेकपा एमालेले वैशाख ३० पछि महानगरको नेतृत्वमा आफूहरु पुग्ने दाबी गरेको छ। ०७४ सालको स्थानीय निर्वाचनमा ५ हजार ७१० मत अन्तरले पराजित भएको एमालेले यसपटक महानगरमा बाजी मार्ने दावी गरेको हो।  

एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज विनोद ढकालले विराटनगरमा अबको चुनाव जित्ने पालो एमालेको भएको बताए। सत्तारुढ दलहरु गठबन्धन गरेर एमालेविरुद्ध उभिए पनि जनताको साथ एमालेलाई भएको उनले बताए। सबैको विश्वास जितेर अब विराटनगरमा चुनाव जित्ने पालो एमालेको भएको नेता ढकालले बताए। आर्थिक, शैक्षिक र राजनीतिक हब भनेर चिनिएको विराटनगरको शाख पछिल्लो ५ वर्षमा गिरेर गएको उनको तर्क छ।

५ वर्षअघि चुनिएर आएका जनप्रतिनिधिले विराटनगरका लागि केही गरेनन्। विराटनगरको गुमेको शाख फर्काउने काम एमालेले गर्ने उनले बताए। ढकालले भने, ‘विराटनगरको समृद्धिका लागि नयाँ योजना ल्याइने छ।’ अवसर पाउँदा मुलुक र जनताका लागि केही गर्न सकिन्छ भन्ने छाप एमालेले छाडेको उनको भनाइ छ। पार्टी विभाजनको असर विराटनगरमा नगन्य रुपमा रहेको उनले बताए। एमाले उम्मेदवार सागर थापा विराटनगरसँग परिचित व्यक्ति भएकोले सहजै निर्वाचन जितिने उनले बताए। उनले भने, ‘हाम्रो उम्मेदवार विराटनगरको धुलोसँग परिचित छ।’

एमाले उम्मेदवार थापाले पार्टी एक ढिक्का भएकाले परिणाम आफ्नो पक्षमा आउने बताए। उनले भने, ‘पार्टीमा समस्या छैन, हामी चुनाव जित्छौं।’

०७४ लाई फर्केर हेर्दा

०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका भीम पराजुली फराकिलो मतान्तरले विजयी बनेका थिए। पराजुलीले २३ हजार ३१ मत ल्याउँदा एमालेका विनोद ढकालले १७ हजार ३२१ मत ल्याएका थिए। तत्कालिन संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत ल्याएका थिए। ०७४ को निर्वाचनमा कांग्रेस एक्लै प्रतिष्पर्धामा थियो।

एमालेले तत्कालिन विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकसँग गठबन्धन गरेको थियो। उपमेयर लोकतान्त्रिकलाई दिएर एमाले प्रतिष्पर्धामा उत्रिए पनि परिणाम आफ्नो पक्षमा पार्न सकेन।

एमाले महानगरका ३ वटा वडामा मात्र निर्वाचित भएको थियो। तीनवटै वडामा थोरै मतअन्तरले एमाले विजयी भएको थियो। ०७४ को स्थानीय तह निर्वाचनमा तेश्रो मत ल्याएका उमेश यादवले अहिले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका छन्। उनको विराटनगरको तल्लो क्षेत्रमा राम्रो प्रभाव छ। उनको उम्मेदवारीले सत्ता गठबन्धनको भोट काट्ने देखिएको छ। सत्ता गठबन्धन र एमालेले यादवलाई सहयोग गर्न आग्रह गरिरहेको उनी निकट एक नेताले बताए।

विराटनगरको नेतृत्व क–कसले सम्हाले

पञ्चायतकालदेखि हालसम्म ५ जनाले विराटनगरको नेतृत्व गरेका छन्। तत्कालिन मालेले पञ्चायती व्यवस्थाको भण्डाफोर गर्न ०४३ मा जनपक्षिय उम्मेदवार ध्रुवनारायण श्रेष्ठलाई बनाएको थियो। श्रेष्ठले विराटनगरको पहिलो नेतृत्व गरेका थिए।

०४९ मा नेपाली कांग्रेसका अशोक कोइराला, ०५४ मा एमालेका रमेशचन्द्र पौडेल, शाहीकाल (०६१) मा प्रल्हाद साह र ०७४ मा नेपाली कांग्रेसका भीम पराजुलीले विराटनगरको नेतृत्व गरेका छन्।

प्रकाशित: Apr 28, 2022| 11:22 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।