आइतबार, भदौ २३, २०८१

nespernesper

अन्नपूर्णको ५० लाखले विप्लव नेकपामा ल्याएको तरंग

बाँस्तोला र वलीले पार्टीको नाममा विभिन्न ठाउँबाट ठूलो परिमाणमा चन्दा उठाएर दुरुपयोग गर्दै आएको चर्चा पार्टीभित्र धेरै पहिलेदेखि चलेको हो। तर उनीहरुको यस्तो गतिविधिमा त्यतिबेला पूर्णविराम लाग्ने संकेत देखियो, जतिबेला पार्टीका महासचिवले स्पष्टीकरण मागेको थाहा पाए।
 |  बुधबार, वैशाख १४, २०७९

दिलीप कुँवर

दिलीप कुँवर

बुधबार, वैशाख १४, २०७९

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पार्टीका सचिवालय सदस्यद्वय धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश वली ’सुदर्शन’लाई जिम्मेवारीबाट पदमुक्त गरेको छ। आज बुधबार बिहान कपिलवस्तुस्थित शिवगढीमा पार्टीका महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढालगायतको उपस्थितिमा सम्पन्न बैठकले उनीहरुलाई पार्टीबाट जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको हो। 

triton college

निर्णयपछि विप्लवले आजै विज्ञप्ति जारी गरी बाँस्तोला र वलीलाई पदमुक्त गरेको जानकारी दिएका छन्। विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा बाँस्तोला र वलीले पटक–पटक पार्टीको निर्णयविपरीत गतिविधिहरु गरेको आरोप लगाइएको छ। उनीहरुले लगातार मालेमावादको सामान्य संगठनात्मक विधि, मान्यता एवं एकीकृत जनक्रान्तिको भावना विपरीत बैठकका निर्णय र नेतृत्वको विरुद्ध पार्टी बाहिर सञ्चारमाध्यमहरुमा छाडा एवं अराजक तरिकाले अन्तर्वार्ता दिने, कार्यकर्तामाझ नांगो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्य मान्यता भत्काउने कार्य गरेको विप्लवको आरोप छ। 

यहाँसम्म कि पार्टीका पारित निर्णयहरूको रक्षा गर्ने, आफ्ना कुनै विमति भए पार्टीभित्रै कमिटीमा राख्ने भन्ने निर्णय गरे पनि बाँस्तोला र वली भने त्यसको विपक्षमा उभिएको विज्ञप्तिमा स्पष्ट पारिएको छ। 

पत्रमा भनिएको छ, ‘तर निर्णय बाहिर नपुग्दै पुनः उहाँहरुले विरोधी सञ्चारमाध्यममा फुटपरस्त एवं अराजक अन्तर्वार्ता दिने कार्य जारी राख्नुभयो। तैपनि तत्कालको जटिल परिस्थितिमा पार्टी एकतामा बाधा नपरोस् भनेर नेतृत्वले संयमता अपनायो। तर नेतृत्वको संयमता एवं उदारतालाई कमजोरीका रुपमा पकडेर आज सचिवालय सदस्य कञ्चनले कुनै सम्पर्क नै नगरी सचिवालय सदस्यको नामबाट वक्तव्य जारी गर्दै पार्टीले स्थानीय चुनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्नुको सट्टा चुनावबाट फिर्ता हुनुपर्ने, नभए कारवाही गर्ने जस्ता हदै गैरजिम्मेवार एवं हास्यास्पद वक्तव्य निकालेपछि स्थिति एकदमै गम्भीर बन्न पुग्यो।’

कसरी सुरु भयो खटपट? 

Metro Mart
vianet

बाँस्तोला र वलीले पार्टीको नाममा विभिन्न ठाउँबाट ठूलो परिमाणमा चन्दा उठाएर दुरुपयोग गर्दै आएको चर्चा पार्टीभित्र धेरै पहिलेदेखि चलेको हो। तर उनीहरुको यस्तो गतिविधिमा त्यतिबेला पूर्णविराम लाग्ने संकेत देखियो, जतिबेला पार्टीका महासचिवले स्पष्टीकरण मागेको थाहा पाए। 

कारबाहीको बाहिरी कारण स्थानीय निर्वाचनमा पार्टीको सहभागिताबारे विप्लव–प्रकाण्ड र सुदर्शन–कञ्चनको फरक मतलाई देखाइए पनि भित्री र मूल कारण भने अर्कै छ।  

नेपाल कम्युनिस्ट पार्टीको १२औं पूर्ण बैठक हालैमात्र कपिलवस्तुको शिवगढीमा बसेको थियो। ८ दिनसम्म चलेको बैठकमा भएको कुराबारे अमितले भने, ‘खासमा अन्नपूर्ण होटलबाट उहाँहरुले ५० लाख रकम (चन्दा) लिनु भएको रहेछ। उहाँहरुले यो कुरा आफैं भन्नु त भएन, तर अन्य विभिन्न माध्यमबाट पार्टीलाई थाहा भइहाल्यो। उहाँहरुले रकम लिएको प्रमाणित भएपछि महासचिव विप्लवसहित अन्य शीर्ष कमरेडहरुले पनि उहाँहरुलाई त्यो रकम फिर्ता गर्न आग्रह गर्नुभएको थियो। १२ औं पूर्ण बैठकमा यसबारे  कञ्चन र सुदर्शन कमरेडलाई स्पष्टीकरण तथा जवाफ माग्ने निर्णय भएको थियो। तर उहाँहरुले जवाफ नै दिन चाहनु भएन। सायद, त्यो रकम पनि उहाँहरुले फिर्ता नगरेर प्रयोग गरिसक्नु भयो होला। अब अहिले पार्टीसँग कुन अनुहार देखाउने, के जवाफ दिने भनेर आफैँ निहँु खोजिरहनु भएको छ।’

नेकपाकै अर्का शीर्ष नेताले पनि आर्थिक अनियमितताकै कारण पार्टीले कञ्चन र सुदर्शनलाई जिम्मेवारीमुक्त गर्नुपरेको बताए। ती नेताले भने, ‘पार्टीको नाम बेचेर उठाएको पैसा पचाउन उहाँहरुले आफैं अलग्गिन खोज्नु भएको हो, यो पार्टीभित्रका सबै कमरेडहरुलाई स्पष्ट थाहा छ।’

बाँस्तोला र वलीले पार्टीको नाममा विभिन्न ठाउँबाट ठूलो परिमाणमा चन्दा उठाएर दुरुपयोग गर्दै आएको चर्चा पार्टीभित्र धेरै पहिलेदेखि चलेको हो। तर उनीहरुको यस्तो गतिविधिमा त्यतिबेला पूर्णविराम लाग्ने संकेत देखियो, जतिबेला पार्टीका महासचिवले स्पष्टीकरण मागेको थाहा पाए। 

जिम्मेवारीबाट मुक्त भएका नेताद्वय बाँस्तोला र वलीले अब पार्टी कम्युनिस्ट नरहेर संसदवादमा फसिसकेको बताएका थिए। यहाँसम्म कि स्थानीय निर्वाचनमा नेकपाबाट सहभागी हुन लागेका विभिन्न उम्मेदवारहरुलाई पनि उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। 

तर महासचिव विप्लवले भने कञ्चन र सुदर्शनले आफूहरुमाथि लागेको आरोप पन्छाउन पार्टी नै स्खलित भएको आरोप लगाएको बताएका छन्। विप्लवले पत्रमै भनेका छन्,  ‘चुनावको विषय देखाएर पार्टी संसदवादमा फसेको तर्क उराल्नु भएको छ। यो एकदमै गलत तर नियोजित प्रचार मात्र हो।’

विप्लवले आफूहरुले नचाहँदा नचाहँदै विभिन्न तत्वहरुको उक्साहटमा मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय गर्न बाध्य भएको उल्लेख गरेका छन्। 

उनले जानकारी गराएका छन्, ‘सुदर्शनजी र कञ्चनजीले मच्चाएको वितण्डा एवं कञ्चनजीले अलग केन्द्रका रुपमा वक्तव्य निकालेपछि लगत्तै सचिवालयका कमरेडहरूसँग छलफल गरियो। सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरूको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवं भेलासमेत गर्दै हिँडेकोले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ।’

निष्कासित होइन, जिम्मेवारीबाट मुक्त 
विभिन्न सञ्चारमाध्यमले कञ्चन र सुदर्शनलाई पार्टीले निष्काशित गरेको भनेर समाचार सम्प्रेषण गरिरहेका छन्। तर, नेपाल कम्युनिस्ट पार्टीका नेता अमित मगरले भने कञ्चन र सुदर्शनलाई पार्टीबाट निष्कासित गरेको नभई जिम्मेवारीबाट मात्र मुक्त गरेको बताएका छन्। कञ्चन र सुदर्शनले पार्टीभित्रै आर्थिक अनियमितता गरेको पाइएपछि छानबिनको लागि उनीहरुलाई जिम्मेवारीमुक्त गरिएको नेता मगरले जानकारी दिए। 

उनले नेपाल समयसँग भने, ‘कञ्चन र सुदर्शन कमरेडमाथि पार्टीभित्र आर्थिक अनियमितता गरेको पाइएको थियो। छानविन गर्न तत्कालको लागि उहाँहरुलाई जिम्मेवारीबाट मात्र मुक्त गरिएको हो, निष्कासित गरिएको होइन।’

त्यसो त, कञ्चन र सुदर्शनले पनि आफ्नो पक्षका केही नेता–कार्यकर्ताहरुलाई आजै बिहान ललितपुरमा बोलाएर छलफल गरेका थिए। छलफलमा नयाँ पार्टी घोषणा गरेर अघि बढ्नेबारे छलफल भएको बताइएको छ। तर, आफूहरुलाई भने यसबारे केही थाहा नभएको अमितले बताए। 

उनले भने, ‘उहाँहरुले पनि आफ्नो पक्षको बैठक बसेर नयाँ पार्टीको निर्माणबारे छलफल गर्दै हुनुहुन्छ रे भन्ने मैले पनि सुनेँ। तर हामीलाई पार्टीले कुनै सर्कुलर पनि जारी गरेको छैन, यसबारे कुनै औपचारिक जानकारी छैन।’ 

प्रकाशित: Apr 27, 2022| 15:15 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...