धनगढी– कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरस्थित मुक्त कमैया शिविरमा आगलागी भएको छ। आगलागीबाट ५० बढी घर जलेर नष्ट भएको बताइएको छ। शिविरमा ७० भन्दा बढी घरधुरी रहेका छन्।
आगलागी अझै नियन्त्रणमा आइसकेको छैन। गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्केको बताइएको छ। टीकापुर नगरपालिका र धनगढी उपमहानगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेको रामपुरका भलमन्सा रामलाल चौधरीले बताए।
कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले आगलागीबाट भएको क्षतिको यकििन हुन नसकेको बताए। ‘अहिले म र सिडियो साब घटनास्थलतर्फ गइरहेका छौं। धनगढी र टीकापुरको दमकल आगो नियन्त्रणको प्रयास गर्दैछन्, अन्य स्थानीय तहको दमकम पनि मगाइरहेका छौं,’ उनले भने। करिब ४० घर जलेको खबर प्राप्त भएको उनले बताए।