काठमाडौं- २२ वर्षअघि पहिलो आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्नु नै नेपाली क्रिकेटका लागि ऐतिहासिक अवसर थियो। आठवर्ष अघि नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन पाँच खेल्यो। जसको उपाधी नेपालले नै हात पार्यो।
नेपालले २००८ मा पनि आइसीसी विश्व क्रिकेट लिग डिभिजन पाँच खेलेको नेपालले तेस्रो स्थानमा चित्त बुझायो। २०१० मा च्याम्पियन बन्दै नेपाल डिभिजन चारमा उक्लियो। २०१० मा नै भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन चारमा नेपाल तेस्रो हुँदै डिभिजिन तीनमा उक्लिने अवसर गुमायो।
परिणाम स्वरुप २०१२ मा आएर नेपालले पुनः आइसीसी विश्व क्रिकेट लिग डिभिजन चार खेल्नु पर्यो। २०१२ मा च्याम्पियन हुँदै नेपाल डिभिजन तीनमा उक्लियो। २०१३ मा आइसीसी विश्व क्रिकेट लिग डिभिजन तीन खेल्दा च्याम्पियन हुँदै डिभिजन दुईमा पुगेको नेपालले २०१४ मा विश्वकप क्वालिफायरमा नवौं स्थान प्राप्त गर्यो।
२०१४ मा नै दोस्रो पटक आइसीसी विश्व क्रिकेट लिग डिभिजन तीन जित्यो। २०१५ मा नेपाल डिभिजन दुईमा चौथो स्थानमा रह्यो। २०१८ मा नेपाल आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा रनर-अप भएको थियो।
यसै क्रममा नेपालले २०१८ मा चारवर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) को मान्यता पायो। जुन नेपाल क्रिकेट र क्रिकेट समर्थकका लागि हर्षको बिषय बन्यो। यस सफलतासँगै आज हामी विश्वको उत्कृष्ट १६ राष्ट्रहरुमध्येका एक हौं।
नेपालले १५ मार्च २०१८ मा ओडिआईको मान्यता पाएको थियो। लगभग पाँच महिना पछि नेपालले पहिलो पटक ओडिआई खेल्ने मौका पायो। नेपालले पहिलो पटक ऐतिहासिक एक दिवसीय क्रिकेट नेदरल्यान्डसँग खेल्यो। जहाँ नेपाल एक ऐतिहासिक घडीमा नेदरल्यान्डसँग ५५ रनले पराजित हुन पुग्यो।
सधै धरमराएको नेपाली ब्याटिङ नेदरल्यान्डसँगको एक दिवसीय खेलमा पनि देखीयो। २ सय रनको लक्ष्यसम्म सहजै पुरा गर्न सक्ने मनसाय बनाएको नेपाली टिम ब्याटिङ नचल्दा १३४ रनमै अलआउट हुन पुग्यो।
विषेशगरी नेपाली क्रिकेट टोली एकै खेलाडीमा निर्भर देखिन्छन्। यदि कप्तान पारस खड्का क्रिजमा टिक्न सके अन्य खेलाडी पनि राम्रै प्रदर्शन गर्नसक्थे। जुन कुरा नेपालले खेलेको ऐतिहासिक एक दिवसीय क्रिकेटमा अझै देख्न पाईयो।
फिल्डीङ गर्दा हातको औंलामा चोट लागेका कारण सरद भेषवाकर सुरुवाती रुपमा क्रिजमा आउन सकेनन्। जसले गर्दा नेपाललाई अर्को असर परेको थियो। उनी अन्तिम विकेटको रुपमा मैदान प्रवेश गरेका थिए।
पछिल्ला केही खेलमा 'फम' बाहिर रहेका उपकप्तान ज्ञानेन्द्र मल्लले भने सन्तोषजनक प्रदर्शन गरे। उनले पहिलो एक दिवसीय खेलमा ५१ रन जोडे। यो नै नेपालका लागि एक दिवसीय खेलमा नेपाली खेलाडीले जोडेको सर्वाधिक रन हो। अनिल साहपछि क्रिजमा आएका कप्तान खड्का पनि चल्न सकेनन्। उनी १२ रनमा आउट भए। त्यपछिका तीन विकेट कुनै रन बिना नै पेविलियन फर्किनु पर्यो। जसले सधैं धरमराइ रहने नेपाली ब्याटिङको दुरुवास्था दोहोरियो।
पछिल्लो पिढिका आशा लाग्दा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी चौथो स्थानमा क्रिजमा आए। उनले केहि मात्रामा नेपाली क्रिकेटको साख जोगाउने प्रयास गरेका थिए। तर, उनले पनि ३३ रन जोड्दै मैदान छोड्नु पर्यो।
सधैं एक दुई ब्याट्सम्याने धानेको नेपाली क्रिकेट टोलीमा बलियो ब्याटिङ् लाइन कहिले बन्ला? बलिङमा केहि सुधार देखिएको नेपाली टोलीमा छिट्टै ब्याटिङमा पनि सुधार भएको नेपाली समर्थक हेर्न आतुर छन्। बलिङ जस्तै ब्याटिङमा पनि छिट्टै सुधार होस् नोपली टिमलाई हाम्रो कामना।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४