नयाँ दिल्ली- नेटफिल्किसले बाहुवलीको प्रिक्वेल सिरिज बन्ने भएको छ। यस प्रिक्वेललाई एस एस राजमैली, देवा काथाले संयुक्त रूपमा निर्देशन गर्ने भएका छन्। यो वेब सिरिज ३ सिजनमा विभाजन गरिएको छ। एक सिजनमा ९ एपिसोड हुनेछन्। यस सिरिजका लेखक आनन्द निलकान्तान हुन्।
उनीहरूको लागि सिरिजमा पहिलो सिजनको नाम ‘दी राइज अफ शिवगामी’ रहेको छ। यस सिरिजमा शिवगामी देवीको जीवन, महारानीमा उनको उदय र उनको छोरा, कटप्पा तथा अन्य पात्रसँगको सम्बन्धको बारे प्रस्ट पार्छ।
बाहुबलीका फ्यानहरूको लागि यो निकै खुशीको खबर रहेको छ। नेटफिल्किसले वेब सिरिजहरू वेब मापफर्तकास्ट गर्दै आएको छ । अब बाहुबली पनि वृब सिरीजमे हुने भएको छ।
सिरिजको पात्रको लागि स्टारहरू चाँडै नै घोषणा गर्ने भएको छ । बाहुबली: बिफर दी बिगेनिङ्ग’ टेलिभिजनमा दोस्रो भेन्चर रहेको छ।
यस अघि अमोजोनले एनिमेटेड बाहुबली सिरिज: ‘दी लस्ट लिजेन्ड लास्ट एयर’ सन् २०१५ मा बाहुबली : द बिगेनिङ्गसँगै सन् २०१५ मा रिलिज भएको थियो।
भने सन् २०१७ माm बाहुबली : दी कनक्लुजन रिलिज भएको थियो । यी दुवै फिल्मले समग्रमा विश्वभर २४ विलियन कमाएको छ।
बाहुबलीको निर्देशक एस एस राजमौलीले नेटफिल्लिक्ससँग सहकार्य गर्न पाउनु ठूलो अवसर रहेको बताए। नेटफिल्लिक्सका भीपी इरिक बारम्याकले नेटफिल्लिक्सले बाहुबली ब्रान्ड र यसका प्रतिभाशाली लेखक र निमार्तासँग काम गर्नेको लागि आतुर रहेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४