बिहीबार, चैत १२, २०८२

'डेब्यु' एक दिवसीय क्रिकेटमा नेपाल ५५ रनले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- पहिलो ऐतिहासिक एक दिवसीय क्रिकेटमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ। टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्डले ४७.४ ओभरमा सबै विकेट गुमाउदै १ सय ९ रन जोडेको थियो।

१ सय ९० रनको विजय लक्ष्य पछ्याउने क्रममा नेपाल ४१.५ ओभरमा सबै विकेट गुमाउदै १ सय ३४ रन मात्र बनाउन सक्यो। नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ जोडे । उनले ६१ बल खेल्दै आठ चौकाको मद्दतमा ५१ रन जोडेका थिए।  

नेपालको ५ रन पुग्दा पहिलो विकेट गुमाउन पुगेको थियो। पहिलो विकेटको रुपमा नेपालले अनिल साहलाई गुमाएको थियो । अनिले ३२ बल खेल्दै तीन चौकाको मद्दतमा २१ रन जोड्दै पेविलियन फर्केका थिए। 

त्यसपछि मैदानमा आएका कप्तान पारस खड्का २१ बल खेल्दै एक चौका प्रहार गरेर आउट भए। उनले १२ रन लिए। दिपेन्द्र सिंह ऐरीले धरमराएको नेपालको ब्याटिङ समालेका थिए। उनले नेपालका लागि ३३ रन जोडे। ४८ बल खेलेका ऐरीले दुई चौका र एक छक्का प्रहार गरेका थिए । अन्ये ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेन। 

बलिङतर्फ नेपालका लागि कप्तान पारस खड्काले चार र सोमपाल कामीले तीन विकेट लिए। त्यस्तै सन्दिप लामिछाने, करन केसी र बसन्त रेग्मीले समान एक–एक विकेट लिएका थिए। खड्काले १० ओभरमा मात्र २६ रन खर्चेर चार विकेट लिएका थिए भने सोमपालले ८.४ ओभर गर्दै ३४ रन खर्चेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।