शनिबार, वैशाख ६, २०८२

फुटसल एसियन कप छनोटको सम्झना-बिर्सना

त्यहाँ नेपालले २–० को हार बेहार्यो। त्यसो त नेपाली राष्ट्रिय टिमसँग त्यतिबेलासम्म जितको कुनै अनुभव नै थिएन। सन् २०१७ बाट अन्तर्राष्ट्रिय फुटसल सुरु गरेको नेपालले खेलेको खेल औंलामै गन्न सकिन्छ।
 |  सोमबार, वैशाख ५, २०७९
nespernesper

विनय सापकोटा

विनय सापकोटा

सोमबार, वैशाख ५, २०७९

vianetvianet

काठमाडौं- एएफसी फुटसल एसियन कप छनोटका लागि नेपालले ३२ दिनको अभ्यास गर्ने समय पाएको थियो। त्यसमा खेलाडीको सिप परिक्षण गरेर १४ जना खेलाडीको नाम निकाल्न १० दिन लाग्यो। पाँच वटा शनिबार, विदा अनि अन्तिमको पाँच दिन अभ्यास घटाएर  प्रतियोगिताको तयारी गरियो। नेपाली राष्ट्रिय फुटसल टिमका मुख्य प्रशिक्षक गौरव बस्नेतका अनुसार नेपाली टिमले यो छनोटका लागि १२ दिनको चाहिँ पूरा अभ्यास गरेको थियो।

triton college

प्रशिक्षक बस्नेतको नेतृत्वमा नेपाली फुटसल टिम गएको अप्रिल ६ ताखिमा किर्गिस्थानको बिश्केक पुगेको थियो। सन् २०१९ देखि अन्तर्राष्ट्रिय खेल नखेलेको नेपाली टिमले एकैपटक प्रतियोगिता खेल्नका लागि कम चुनौति भने थिएन। त्यसमाथि टिममा नयाँ र युवा खेलाडीकै बर्चस्व थियो। १४ मध्ये छ खेलाडी मात्र पुरानो टिमका थिए। बाँकी खेलाडीको डेब्यू भएकै थिएन।

त्यसैले त प्रतिद्वन्दी ताजकिस्तान र अफगानिस्तानले नेपालका खेलाडी परिवर्तन भएका कारण कस्तो खेल होला भन्ने आकलन गर्न सकिरहेका थिएनन्। 'हामीले पहिले पनि खेलेको त हो। तर नेपालको टिम परिवर्तन भएका कारण कस्तो खेल होला अहिल्यै भन्न सकिन्न,' ताजकिस्तानका प्रशिक्षक वाखिदोव पैरवले खेलअघि भनेका थिए।

पहिलो दिनकै खेलमा छ जना नेपाली खेलाडीले डेब्यु गरेका थिए। त्यस्तै, ताजकिस्तानविरुद्धको खेलमा दोस्रो रोजाइका गोलकिपर विश्वास पौडेल र हेमन्त श्रेष्ठले पनि डेब्युको अवसर पाए। ति दुईले डेब्यू गरेसँगै  सबै खेलाडीले खेल्ने मौका पाइसकेका थिए।

यी सबै खेलाडीको खेलस्तर जाँच्नका लागि नेपाली टिमले प्रतियोगिताघि किर्गिस्थानको लिग खेल्ने दुई क्लबसँग मैत्रीपूर्ण खेलिसकेको थियो। तर ति दुवै खेलमा नेपालले जित निकाल्न सकेन। पहिलो खेलमा युवा खेलाडीले भरिएको दर्दोइसँग ३-१ को हार बेहोरेपछि नेपाली टिमले अर्को दिन फरवाटरसँग पनि मैत्रीपूर्ण खेल्यो।

National life insurance


त्यहाँ नेपालले २–० को हार बेहार्यो। त्यसो त नेपाली राष्ट्रिय टिमसँग त्यतिबेलासम्म जितको कुनै अनुभव नै थिएन। सन् २०१७ बाट अन्तर्राष्ट्रिय फुटसल सुरु गरेको नेपालले खेलेको खेल औंलामै गन्न सकिन्छ। तर राष्ट्रिय टिमसँग मात्र नभएर क्लबसँग पनि हार बेहोर्नुले नेपाली टिममा सुधार गर्नुपर्ने धेरै कुराको संकेत गरिरहेको थियो।

बिश्केकमा दुई मैत्रीपूर्ण खेलपछि नेपाली टिम प्रतियोगिताका लागि तयार भएको थियो। अन्तिम तयारीसँगै मुख्य प्रशिक्षक गौरब बस्नेतले भनेका थिए, 'हामीलाई अर्को चरणमा पुग्नका लागि एक जित आवश्यक छ, अर्को त बराबरी भए पनि हुन्छ।'

यस्तो रह्यो समूह 'बी'को खेल

नेपाल समूह बी मा थियो। सो समूहको पहिलो खेलमा नेपालमाथि ५-१ को फराकिलो जित निकालेको उज्ज्वेकिस्तानले दोस्रो खेलमा अफगानिस्तानलाई ५-१ ले नै र तेस्रो खेलमा ताजकिस्तानलाई ५-२ ले हरायो। यससँगै समूह विजेता बनेको उज्जवेकिस्तानले पूर्ण अंकका साथ एएफसी फुटसल एसिया कपमा स्थान बनाएको छ।

अन्तिम खेलमा नेपालविरुद्ध जित निकालेपछि अफगानिस्तानले पनि समूहमा चार अंक बनाएको थियो। अफगानिस्तानले आफ्नो पहिलो खेलमा ताजकिस्तानसँग ४-४ गोलको बराबरी खेल्यो। त्यसैले ताजकिस्तान र अफगानिस्तानले समान १-१ अंक बाँडेका थिए। पछि दुवै टिमले नेपाललाई हराएपछि उनीहरुको अंक समान ४-४ भएको हो।

तर, गोलअन्तरमा ताजकिस्तानसँग पछि परेको कारण अफगानिस्तान एसिया कपमा पुग्नबाट बञ्चित भयो र ताजकिस्तानले एसिया कपमा आफ्नो स्थान सुरक्षित गर्यो।

यता कुनै पनि खेलमा जित निकाल्न नसकेको नेपाल भने समूहको पुछारमा रहेर बाहिरियो। छनोटमा सबैभन्दा कमजोर नेपाल नै रह्यो। २४ गोलको सामना गरेर तीन गोल मात्र गर्न सक्यो। पहिलो खेलमा उज्जवेकिस्तानसँग ५-१ ले पछि परेको नेपालले भने दोस्रो खेलमा ताजकिस्तानसँग ११-१ को लज्जास्पद हार बेहोरेको थियो।


'पोस्टनजिकै पाएको अवसरलाई सदुपयोग गर्न सकिएन। उज्जवेकिस्तान चाहिँ त्यहि कुरामा भाग्यमानि रह्यो। हामीले राम्रो खेल प्रस्तुत गरेर दरो फाइट दिएको हो,' पहिलो खेलबारे प्रशिक बस्नेतले भनेका थिए। त्यो खेलमा नेपालका मणिकुमार लामाले गोल फर्काएपछि नेपाली टिमको मनोबल उच्च भएको थियो। '३-० ले पछि परेको अवस्थाबाट ३-१ बनाउने बित्तिकै टिममा जोश भरिएको थियो। हामी सक्छौं भन्ने लागेको थियो। तर पछि गोल बेहोर्न पुग्यौँ,' त्यो खेलपछि कप्तान अनिस श्रेष्ठले भनेका थिए।

पहिलो खेलपछि दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ नेपाली टिम दक्षिणी बिश्केकको गाजाप्रोम स्पोर्टस कम्प्लेक्स पुगेको थियो। खेलको तेस्रो मिनेटमा आदिल हमिदले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। खेलमा नेपालले पकड जमायो। तर आठौं मिनेटमै ताजकिस्तानले गोल फर्कापछि झनै रोमाञ्चक बन्यो। 

 'खेल टेक्निलक कुराहरुमा पछि परेको जस्तो लागेको छ। विपक्षीले पावर गेम र ४-० फर्मेसनमा खेल्दाखेरी हामीले जज गर्न सकेनौं। हामी अलमलिएको जस्तो भयो। यो खेल नयाँ ड्रिलजस्तो भयो,' खेलपछि मणि कुमार लामाले यहि क्षण सम्झँदै भनेका थिए, 'अनुभवका कमिले पनि खेल सम्हाल्न गाह्रो भयो।'

त्यो रोमाञ्चक खेलबीच धेरै कुरा भए। नेपालका मणिकुमार लामा ताजकिस्तानका अलिमखमदोभ नेकुराजबीच ठोक्किन पुगेका थिए। यि दुई खेलाडी १७औं मिनेटमा पुनः जुध्न पुगे। तर उठ्ने क्रममा नेकुराजले मणिको नाकमा हिर्काए। नजिकै रहेकी जापानी रेफ्री कुमी हिरुमाले उनलाई रातो कार्ड देखाइदिइन्। ताजकिस्तान दुई मिनेटका लागि तीन खेलाडीमा समेटियो।

त्यसपछि त सबैलाई ढुक्क भयो कि अब नेपालले जित्छ। किनभने १० नम्बरको जर्सी लगाएका नेकुराज ताजकिस्तानका मुख्य खेलाडी थिए। तर अर्को मिनेटमा कप्तान अनिस श्रेष्ठले गोलपोस्टभन्दा अघि मुभ बनाइसकेको अवस्थामा फिक्सो विजय श्रेष्ठले पोस्टअघि गोल रोक्ने प्रयास गरेका थिए।

गोलकिपरको अनावश्यक मुभ भएपछि दबाबमा आएका विजयले हातले बल रोक्न पुगे। र, रातो कार्डको सजाय भोग्न पुगे। त्यो खेलको १८औं मिनेट थियो। ताजकिस्तानविरुद्धको खेलमा नेपालको पतन त्यहिँबाट सुरु भयो। विजय नेपाली टिमका सबैभन्दा भरपर्दा खेलाडी हुन्। खेलको गतिलाई नियन्त्रण गर्न र चलाख बनाउन महत्वपूर्ण खेलाडी हुन विजय श्रेष्ठ। उनलाई प्रशिक्षक गौरव बस्नेतले पछि बसेर अगाडि रहेका खेलाडीलाई सहि अवस्थामा बल वितरण गर्ने जम्मेवारी दिएका थिए। विजय नभएर वान मेन डाउन भएको अवस्थामा कसरी खेल्ने? नेपाली टिमले त्यसबारे कुनै अभ्यास गरेको देखिएन।

‘थ्री मेन’को दुई मिनेटमा कुन पोजिसन बनाउने, बल होल्ड कसरी गर्ने, कसलाई पास दिने, गोलकिपरले कति ठाउँ कभर गर्ने सबैकुरा भुलेर खेलाडी मैदानमा दौडिरहेको मात्र देखिएको थियो। त्यसपछि चार खेलाडी भएको अवस्थामा पनि त्यो कमजोरी सुधारिएन। र, नेपाली टिम कमजोर देखिँदै गयो।

मध्यान्तरमा पाएको १५ मिनेटमा नेपालले नयाँ योजना बनाउनै सकेन। र, औषत हरेक दुई मिनेटमा एक गोलको सामना गर्यो। ताजकिस्तानको त्यो खेलमा गोलकिपर र कप्तान रहेका अनिसले पनि खेलाडीबीच समन्वय गराउन सकेनन्।

उनले काउन्टर अट्याकका लागि उपलब्ध गराउने अधिकांश थ्रोहरु विपक्षीको खुट्टामा पुगेर रोकिएका थिए। लाग्थ्यो उनले त्यसै बल खेर फालिरहेका छन्। त्यो अवस्थामा प्रशिक्षक गौरबले टाइमआउट लिएर खेललाई मिलाउनु पर्ने हुन्थ्यो। त्यो उनले आवश्यक नै ठानेनन्। त्यसैले त ताजकिस्तानका सरदोरोभ फयाजलीले सात मिनेट (२५औं, ३१औं र ३२औं) मा ह्याकिट्रक पूरा गरेका थिए।


यतिबेला नेपाली टिमको लय भताभुंग भएको थियो। मनोबल गिरेको थियो। प्रशिक्षक र कप्तानमा कुनै तालमेल देखिएन। 'खेल टेक्निलक कुराहरुमा पछि परेको जस्तो लागेको छ। विपक्षीले पावर गेम र ४-० फर्मेसनमा खेल्दाखेरी हामीले जज गर्न सकेनौं। हामी अलमलिएको जस्तो भयो। यो खेल नयाँ ड्रिलजस्तो भयो,' खेलपछि मणि कुमार लामाले यहि क्षण सम्झँदै भनेका थिए, 'अनुभवका कमिले पनि खेल सम्हाल्न गाह्रो भयो।'

नेपालको टिममा  जे नहुनु पर्ने थियो त्यो कुरा चाहिँ खेलपछि प्लेयर्स ड्रेसिङ रुममा भयो। खेलाडी र प्रशिक्षकबीच भनाभन नै सुरु भयो। कप्तानका हिसाबले अनिसले आफ्नो कुरा राखे। 'टाइमआउट किन नलिएको' उनको आक्रोश यहि विषयमा रहेको बुझ्न सकिन्थ्यो।

खेलाडीको मनोबल उच्च बनाउन बिश्केक पुगेका अफिसियलले खेलाडीमा अनुशासनको कमी रहेको ठम्याए। फुटसलको टिममा ठूलै आँधि आएको समय थियो त्यो। र, स्पोर्टस कम्प्लेक्सबाट होटलसम्मको करिब २५ मिनेटको बस यात्रा आँधीपछिको सन्नाटाजस्तै रह्यो। किनभने बोल्ने कुरा ड्रेसिङ रुममै सकिएका थिए।

भनिन्छ फुटसल क्विक एन्ड फास्ट हुन्छ। त्यसमा छिटो छिटो निर्णय लिनुपर्ने हुन्छ। र, त्यो सबै एक्लै गर्न गौरव त के कुनै प्रशिक्षकलाई पनि गाह्रो नै हुन्छ। एकपटक त कस्तो पनि भयो भने प्रशिक्षक गौरव खेलाडीभन्दा धेरै गलिसकेका देखिन्थे।

टिमभित्रको विवादले नेपाल छनोटबाटै बाहिरिसकेको पीडालाई पनि फिक्का बनाइसकेको थियो। र, अब नेपालको लागि एउटा अवसर थियो अन्तिम खेलमा जित निकाल्ने। अफगानिस्तानविरुद्ध खेल्नुभन्दा अघिल्लो रात पनि नेपाली टिमले खेलको समिक्षा गरेको थियो।

प्रशिक्षक गौरवले अफिसियलसँग खेलाडीको अनुशासनका सम्बधमा राय मागेका थिए। अफिसियलले प्रशिक्षकलाई सबै अधिकार प्रयोग गर्न, राम्रो खेल्नका लागि सुझाव र शुभकामना दिए। त्यसो त नेपाल बाहिरिसकेको थियो। तर कमसेकम एक खेलमा जित निकाल्ने नेपालको सपना थियो। पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा जित निकाल्ने सपना पनि त थियो नि।

यो खेलमा प्रशिक्षकले कप्तान अनिसलाई ड्रप गरे। उनले कप्तानी मणिकुमार लामालाई थमाइदिए। गोलकिपर विश्वास पौडेलले पहिलो पटक राष्ट्रिय टिममा पूरा समय खेले। अनिस केहि मिनेट खेल्न चाहन्थे। तर उनले अवसर पाएनन्। किन त? 'हामीले आउँदा खेलका लागि नयाँ र युवा खेलाडीलाई एक्सपोजर दिएका छौं। अनिसले दुई खेल खेलेकाले विश्वासलाई पनि ट्राइ गरेको हो। विश्वास आएको छ खेल्न दिएर लग्यो भने आउँदा प्रतियोगितामा अनुभव काम लाग्ला भनेर समय दिएको हो,' छनोटपछिको कुराकानीमा प्रशिक्षक बस्नेतले भनेका थिए। बस्नेतले यो बाहेकको पाटोको कुरा भने खोलेनन्।

के खेलाडी चाहिँ प्रशिक्षकबाट सन्तुष्ट रहे त? त्यो भन्न गाह्रो छ। यो विषयमा खेलाडीहरु खुलेर कुरा गर्दैनन्। 'टिम राम्रो छ प्रशिक्षक पनि अलि राम्रो भइदिए हुने' भन्ने भावना खेलाडीको अनुहारमा भने झल्किरह्यो।


प्रशिक्षक गौरवका पनि आफ्नै समस्या रहे। उनीसँग न सहायक प्रशिक्षक न गोलकिपर प्रशिक्षक। खेलको सबै पक्षको जिम्मा आफैं लिन सजिलो कुरा पनि थिएन। उनले आँट गरे। प्रयास पनि गरे। तर, सम्हाल्न सकेनन्। खेलका दौरान सम्हाल्नु पर्ने धेरै कुरा हुन्छन्।

भनिन्छ फुटसल क्विक एन्ड फास्ट हुन्छ। त्यसमा छिटो छिटो निर्णय लिनुपर्ने हुन्छ। र, त्यो सबै एक्लै गर्न गौरव त के कुनै प्रशिक्षकलाई पनि गाह्रो नै हुन्छ। एकपटक त कस्तो पनि भयो भने प्रशिक्षक गौरव खेलाडीभन्दा धेरै गलिसकेका देखिन्थे।

कतिपय खेलाडी गलिसकेको अवस्थामा पनि 'सब' भएका हुँदैन थिए। आठ खेलाडीलाई मात्र धेरै समय दिएको बारे पनि अन्तिम खेलअघिको टिम मिटिङमा कुरा भयो। त्यसैले अघिल्लो खेलमा कम समय पाएका खेलाडी खेलअघि नै देखिन्थे 'आज त अलि समय खेल्न पाइन्छ' भन्ने भावमा।

एन्फा र अफिसियलको प्रेरणा

छनोट प्रतियोगिताको लागि हेड अफ डेलिगेट रहेका रत्नकुमार श्रेष्ठले खेलाडीको प्रेरणाका लागि पुरस्कारको व्यवस्था कायम राखे। उनले घोषणा गरेका थिए कि 'हरेक गोल गर्ने खेलाडीले पाँच हजार पुरस्कार पाउनेछन्।' पहिलो खेलमा गोल गरेका खेलाडी मणिकुमार लामा र दोस्रो खेलमा गोल गरेका आदिल हमिदले पुरस्कार पाए। तेस्रो खेलमा गोल गरेका सुमित श्रेष्ठले पनि पुरस्कार पाए।


तर खेलाडी त्यो पुरस्कार भन्दा खेलका लागि किर्गिस्थान गएको भत्ता चाहन्थे। त्यो चाहिँ एन्फाले समयमा पुर्याउन सकेन। प्रतियोगिताका दौरान एन्फाले गोजी खर्चको व्यवस्था गर्न नसकेपछि खेलाडीले रत्नको पुरस्कारबाट उर्जा महशुस गर्न सकेनन्। तर रत्नको खेलाडीलाई उर्जा दिने प्रयास निकै प्रेरक रह्यो।

खेलाडीलाई हौसला बढाउनका लागि भ्रमणमा सामेल गराइएका अफिसियल नै खेलप्रति उदासिन देखिए। त्यसो त भ्रमणका क्रममा अफिसियललाई छुट्टै ड्युटी दिइँदैन, तर प्रतियोगितामा खेलाडीको मनोबल बढाउने, त्यो ठाउँको खेलको गतिविधि अनुगमन गर्ने, टिमलाई सहयोग गर्ने र फर्केर आएपछि सुझाव दिने अफिसियलको काम हो।

यसअघिको अन्तर्राष्ट्रिय भ्रमणअघिको अभ्यासमा खेलाडीले घरमै बसेर एन्फामा अभ्यास गर्न गएका थिए। त्यतिबेला एन्फाले खेलाडीलाई सवारी भाडासमेत दिएको थिएन। तर यो वर्ष सबै खेलाडीको अभ्यासका क्रममा एन्फाले खेलाडीको बसोबासको जिम्मा आफैंले लियो। त्यसका लागि पनि खलाडी एन्फालाई धन्यवाद दिन्छन्।

तर, प्रतियोगितामा सहभागि हुन जाने क्रममा पनि खेलाडीले जुत्ता भने पाएनन्। सबैले फरक फरक कम्पनीका जुत्ता प्रयोग गरे। बाहिरबाट हेर्दा यसले एकरुपतामा फरक पार्यो कि भनेर टिप्पणी पनि गर्न सकिने ठाउँ बनेको छ।

त्यस्तै, कतिपय अफिसियल देखि खेलाडीहरु रुष्ट बने। खेलाडीलाई हौसला बढाउनका लागि भ्रमणमा सामेल गराइएका अफिसियल नै खेलप्रति उदासिन देखिए। त्यसो त भ्रमणका क्रममा अफिसियललाई छुट्टै ड्युटी दिइँदैन, तर प्रतियोगितामा खेलाडीको मनोबल बढाउने, त्यो ठाउँको खेलको गतिविधि अनुगमन गर्ने, टिमलाई सहयोग गर्ने र फर्केर आएपछि सुझाव दिने अफिसियलको काम हो। यस्तो कुरामा चनाखो रहने पात्रलाई मात्र भ्रमणमा समावेश गर्ने हो भने टिमको पनि मर्यादा कायम रहन्छ। भलै किर्गिस्थान भ्रमणमा रहेका एकाधबाहेकका सबैजसो अफिसियल यो विषयमा सजग चाहिँ देखिए।

सुधार गर्नुपर्ने पाटा

सम्झनलायक र बिर्सनलायक पाटासँगै सुधार गर्नुपर्ने धेरै कुरा रहे। नेपाली टिमका प्रशिक्षक गौरव बस्नेतले नेपाली खेलाडीको 'इन्ड्युरेन्स' कम भएका कारण दोस्रो हाफमा धेरै गोलको सामना गर्नुपरेको निष्कर्श निकालेका छन्।

पछिल्ला दुई खेलमा नेपालले पहिलो हाफको तुलनामा दोस्रो हाफमा धेरै गोल बेहोरेको छ। ताजकिस्तानविरुद्धको खेलको दोस्रो हाफमा नेपालले सरदर दुई मिनेटमा एक गोलको सामना गरेको थियो। र, त २० मिनेटमा १० गोल बेहोर्यो।

त्यसैले प्रतियोगिताअघि खेलाडीको अभ्यास समय पनि बढाउनुपर्ने त्यसले संकेत गरेको छ। जसले खेलाडीको फिटनेसमा कायम राख्नमा सहयोग गरोस्। अनि नेपाल फिनिसिङमा चुक्यो। उज्ज्वेकिस्तानविरुद्ध ३–१ ले पछि परेको अवस्थामा नेपालले धेरै अवसर सिर्जना गरेको थियो। दुई वटा पोस्टनजिकका प्रहार बारमा लागेर फर्किएका थिए। 

नेपाल फुटसल लिग दशैंअघि सकिएपछि लिगविजेता भएको स्पोर्टस क्यासलले अहिलेसम्म कुनै प्रतियोगिता खेलेको छैन। त्यसले पनि खेलाडीको फिटनेसमा प्रभाव भने पारेको देखिन्छ।

त्यसैले भन्न सकिन्छ नेपाली टिम फिनिसिङमा चुक्यो अनि चुकिरह्यो। यस्ता कुरालाई सुधार गर्न नेपालले मैत्रीपूर्ण खेलमा ध्यान दिनुपर्ने हुन्छ। अफगानिस्तान फुटसलका अध्यक्षले मैत्रीपूर्ण खेल्नका लागि अनौपचारिक प्रस्ताव गरेका छन्।

'एन्फाले फुटबललाई जसरी नै फुटसललाई पनि प्राथमिकता दिने हो भने हामी धेरै गर्न सक्ने रहेछौं,' छनोटका क्रममा फिक्सो विजयले फरक प्रशंगमा भनेका थिए, 'फर्मेसन र टेक्निकल कुरामा पनि फोकस गर्नुपर्छ। मैत्रीपूर्णको संख्या पनि बढाउनुपर्छ।'

नेपाल फुटसल लिग दशैंअघि सकिएपछि लिगविजेता भएको स्पोर्टस क्यासलले अहिलेसम्म कुनै प्रतियोगिता खेलेको छैन। त्यसले पनि खेलाडीको फिटनेसमा प्रभाव भने पारेको देखिन्छ।

यो छनोट प्रतियोगिता खेलाडीले धेरै मिस गरेको कुरा चाहिँ फर्मेसन र ट्याक्टिकल अभ्यास गराउने प्रशिक्षक हो। किनभने फुटसल फुटबलभन्दा छुट्टै विधा हो। फुटबल र फुटसलको खेल्ने शैली नै फरक छन्। मैदानदेखि, समय सीमा र नियमसम्मका कुरामा फरक छन्। र, फुटसल खेलाउने छुट्टै सिद्धान्तहरु विकसित भइसकेका छन्। 'यस्ता नयाँ कुराहरु सिकाउने सक्ने प्रशिक्षक पाए हामी अझै राम्रो गर्न सक्छौं,' फर्किने क्रममा एक खेलाडीले भनेका छन्।


      -किर्गिस्थानबाट फर्केर

 

प्रकाशित: Apr 18, 2022| 09:26 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।