सोमबार, कात्तिक १०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस बझाङ जिल्ला सभापति सवार जीप दुर्घटना, एक जनाको मृत्यु

कांग्रेस बझाङ जिल्ला सभापति सवार जीप दुर्घटना, एक जनाको मृत्यु

नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा सवार जीप दुर्घटनामा परेको छ। बोहरा र उनको परिवार सवार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

धनगढी- नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा सवार जीप दुर्घटनामा परेको छ। बोहरा र उनको परिवार सवार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

Kumaribank

बझाङको सुर्माबाट धनगढीतर्फ आइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप गएराति १२:४० बजे वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ। 

दुर्घटनामा सुर्माका विनोद बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। त्यस्तै, अन्य तीन जना घाइते भएका छन्। 

उनीहरूलाई उपचारका लागि देउलेख प्राथमिक स्वास्थ्य केन्द्रबाट धनगढी रेफर गरिएको छ। जीपमा तीन महिला र ६ पुरुष गरी ९ जना सवार रहेका बताइएको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 17, 2022| 07:46 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।