सोमबार, वैशाख ८, २०८२

कैलालीमा गठबन्धनलाई भागबण्डाको सकस

दलहरुले आ–आफ्नो दाबी नछोड्दा पालिका तहको प्रमुख उपप्रमुखमा भागबण्डा गर्न सकस भइरहेको हो। गठबन्धन दलबीच औपचारिक अनौपचारिक रुपमा पटकपटक बैठक छलफल भइरहे पनि कुनै प्रगति हुन नसकेको बताइएको छ।
 |  शनिबार, वैशाख ३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

vianetvianet

सुदूरपश्चिम- आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार गठबन्धन दलहरू भागबण्डा मिलाउन कस्सिएका छन्।

triton college

कैलालीमा गठबन्धनलाई संयोजन गरिरहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी स्थानीय तहमा उम्मेदवारको भागबण्डा मिलाउन पटक–पटक बैठक बसेको हो। तर, हालसम्म भागबण्डामा कुरा मिलेको छैन। गठबन्धनका दलले आ–आफ्नै दाबी बैठकमा प्रस्तुत गरिसकेका छन्।

दलहरुले आ–आफ्नो दाबी नछोड्दा पालिका तहको प्रमुख उपप्रमुखमा भागबण्डा गर्न सकस भइरहेको हो। गठबन्धन दलबीच औपचारिक अनौपचारिक रुपमा पटकपटक बैठक छलफल भइरहे पनि कुनै प्रगति हुन नसकेको बताइएको छ।

जिल्लामा यसअघिको निर्वाचनमा विजयी भएकाबाहेक चार तहमा नेपाली कांग्रेस र चार तहमा नेकपा माओवादी केन्द्रले प्रमुखमा दाबी गरेको छ। एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीले पाँच पालिकाको प्रमुखमा दाबी गरेको छ।

कतिपय दलले आफ्नो हैसियतभन्दा बढी पालिका प्रमुखमा दाबी गर्दा सहमति जुटाउन समस्या भएको नेपाली कांग्रेसका जिल्ला सचिव नृप सुनारले बताए। 'नेकपा (माओवादी केन्द्र)को दाबी जायज देखिए पनि नेकपा एकीकृत समाजवादीले हैसियतभन्दा बढी दाबी गर्दा समस्या भइरहेको छ' उनले भने।

National life insurance

नेकपा माओवादी केन्द्रका नेता रमेश धामीले गठबन्धन दलका बीच निरन्तर बैठक छलफल भइरहेको भए पनि आजसम्म सहमति जुट्न नसकेको बताए। 'सकभर तालमेल गरेर चुनावमा होमिन्छौं', नेकपा (माओवादी केन्द्र) का नेता रमेश धामीले भने, 'तालमेल हुन नसके गठबन्धन दलबीच नै स्वास्थ्य प्रतिस्पर्धा गर्छौं, गठबन्धन बाहिरका दलसँग तालमेल गर्दैनौँ।'

उनले गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पालिकाको प्रमुख, उपप्रमुखमा नभई वडाध्यक्ष र सदस्य पदमा दाबी गरिरहेको बताए।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमाले सात, कांग्रेस तीन, नेकपा माओवादी केन्द्र दुई तहको प्रमुखमा विजयी भएको थियो। एक तहको प्रमुखमा विजयी तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भइसकेको छ।

एकीकृत समाजवादीको साङ्गठनिक अवस्था र जनाधार स्पष्ट नहुँदा पनि सहमति जुटाउन समस्या देखिएको जनाइएको छ। पालिका तहमा उम्मेदवार हुने सबै दलका आकाङ्क्षी बढ्दा पनि दलहरु बीच सहमति जुटाउन सकस भइरहेको जनाइएको छ। अघिल्लो निर्वाचनमा पाएको मतभारको विश्लेषण अध्ययन गरेर उम्मेदवारको टुङ्गो लगाउने प्रयास दलहरुबीच भइरहेको छ।

गठबन्धनतर्फका उम्मेदवारको निर्वाचनमा जित सुनिश्चित देखिएको दाबी गर्दै ती दलका नेता कार्यकर्ताले सबै दलमा आकाङ्क्षी बढ्न थालेको बताएका छन्।

पाँच दलीय गठबन्धन बाहिर रहेको नेकपा एमालेले पनि राप्रपा र परिवार दललगायतसँग चुनावी तालमेल गरेर जाने विषयमा छलफल गरिरहेको छ। 'राप्रपा र परिवार दललगायतसँग छलफल भइरहेको भए पनि ठोस सहमति बन्न सकेको छैन', एमाले नेता रणबहादुर चन्दले भने, 'एमालेले सकभर एक्लै चुनावमा जाने तयारी गरिरहेको छ।'

सो पार्टीले अहिलेसम्म जिल्लामा आफ्ना उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन। आइतबार बस्ने एमाले प्रदेश समितिको बैठकले उम्मेदवारको टुङ्गो लगाउन सक्ने बताइएको छ। टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरीकी पत्नीको नेतृत्वमा गठन गरिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो प्रभाव रहेको क्षेत्रका तीन पालिकाको प्रमुखमा उठ्ने उम्मेदवारको टुङ्गो लगाइसकेको छ।

टीकापुर नगरपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाको प्रमुखमा उठ्ने उम्मेदवारको टुङ्गो लगाइसकेको सो पार्टीका जिल्ला अध्यक्ष कैलाश चौधरीले जानकारी दिए। उक्त पार्टीले जिल्लाका १३ पालिमामध्ये ११ मा आफ्ना उम्मेदवार उठाउन लागेको जनाइएको छ।

जिल्लाको पूर्वी क्षेत्र टीकापुर र आसपासका क्षेत्रमा उक्त पार्टीको सङ्गठन बलियो मानिन्छ। विसं २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रेशमलाल चौधरी सो क्षेत्र (कैलाली क्षेत्र नं १)बाट अत्यधिक मतसहित विजयी भएका थिए। एक प्रदेशसभा सदस्यमा पनि उक्त पार्टी विजयी भएको थियो।

प्रकाशित: Apr 16, 2022| 14:40 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।