आइतबार, मंसिर २८, २०८२

सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा पाण्डेय

सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा तीर्थराज पाण्डेय चयन भएका छन्। पाण्डे समाजको अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत गणेशराज जोशीले बताए।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा तीर्थराज पाण्डेय चयन भएका छन्। पाण्डे समाजको अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत गणेशराज जोशीले बताए।

National life

'१०औं महाधिवेशन र १४औं साधारणा सभाबाट नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ,' जोशीले भने।

समितिको उपाध्यक्षमा तीन जना चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा हरिकृष्ण कडायत, उपाध्यक्षमा रुपा स्वार र टोपेन्द्र शाह चयन भएका हुन्।

यस्तै महासचिवमा गणेश नेपाली, सचिवमा तोयनाथ भट्ट, कोषाध्यक्षमा दुर्गा मल्ल, सहकोषाध्यक्ष यशोदा भण्डारी निर्विरोध चयन भएका छन्।

सदस्यहरूमा नवराज ओझा, दलबहादुर बोगटी, भुलिया राना, हेमन्ता शर्मा, दुर्गा जोशी, सानु चौधरी, प्रेमबहादुर चन्द निर्वाचित भएका छन्। यस्तै एक सदस्य मनोनित गर्न बाँकी रहेको जोशीले बताएका छन्।

Laxmi sunrise bank
kumari

निवर्तमान अध्यक्ष रामलाल जोशीले नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: Apr 16, 2022| 13:51 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।