सोमबार, वैशाख ८, २०८२

कैलालीमा जसपा र लोसपाले गठबन्धन गर्ने

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका छन्।
 |  शनिबार, वैशाख ३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

vianetvianet

धनगढी- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका छन्।

triton college

दोस्रो पटक प्रतिनिधिसभा बिघटनलगत्तै विभाजित भएका दुई पार्टीका नेताले कैलालीमा भने स्थानीय तहको निर्वाचनका लागि पुनः एकजुट भएको घोषणा गर्दै दुई दलबीच गठबन्धन गर्ने निर्णय गरेका हुन्। दुई पार्टी बिच गठबन्धन पहिलो पटक कैलालीमा भएको हो।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत जसपा र लोसपाको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने घोषणालाई नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समेतसाथ दिएको छ। 

सुदूरपश्चिम सरकार पुनर्गठन हुँदा असन्तुष्ट जसपा नेपालले पाँच दलीय गठबन्धन तोडेर लोसपासँग गठबन्धन गर्ने निर्णयसँगै गठबन्धन तोडेको यो दोस्रो घटना पनि हो। यसअघि बाँकेमा जसपा नेपालले पाँच दलीय गठबन्धन तोडिएको घोषणा गरेको थियो। 

प्रकाशित: Apr 16, 2022| 12:10 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।