बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सयकडा दशकी निर्मात्री रज्जु प्रधान सम्मानित

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
काठमाडौं-अन्तर्राष्ट्रिय नेपाली संस्कृति परिषद्द्धारा आयोजित ‘भानु पुरस्कार सम्मान समारोह’ सम्पन्न भएको छ । एनडिएमसी कन्भेन्सन सेन्टर नयाँदिल्ली भारतमा भएको कार्यक्रम जुलाई २९ मा भएको थियो । 

पछिल्लो समय नेपालमा समेत दृष्य साहित्यको रूपमा चलचित्रलाई उठान खोजिएको बहस सुन्नमा पाइन्छ । तर छिमेकी राष्ट्र भारतमा भने यो मान्यता स्थापित भइसकेको छ । 

नेपालका आदिकवि नेपालका मात्रै होइनन् भन्ने यो कार्यक्रमले थप ठहराएको छ । भानुको जन्मजयन्ती पारेर छिमेकी भूमिमा मनाउदै आइरहेको अवसरमा ‘दर्शन नेपाल क्रियसन’की अध्यक्ष धार्मिक छवि बनाएकी समाजसेवी तथा ‘सयकडा दश’की निर्मात्री रज्जु प्रधानलाई पुरस्कार भानु पुरस्कार हस्तान्तरण गरिएको छ । 

कार्यक्रममा भारतका विभिन्न राज्यबाट बाक्लो रूपमा उपस्थित नेपालीहरू मध्ये एक नेपाली गायकले बनेको छ पहराले यो छाती मेरो गीत गाएका थिए । धेरै नेपालीले शिरमा ढाकाटोपीसहित नेपाली पहिरनमा थिए । 

भारत सरकारले नै महत्व दिएका आदरणीय सतपाल जी इन्द्रेश कुमार, दुश्यन्त कुमार गौतम जस्ता विशिष्ठ अतिथिलाई आदिकवि भानुभक्तद्धारा नेपाली भाषामा रचित ‘रामायण’ पुस्तक उपहार दिइएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्