बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • काठमाडौंको खाली जग्गा माफियाले कब्जा गरेको प्रधानमन्त्रीको टिप्पणी, प्रचण्ड-ओली आरोपप्रत्यारोप [२०७८-१२-२९]

काठमाडौंको खाली जग्गा माफियाले कब्जा गरेको प्रधानमन्त्रीको टिप्पणी, प्रचण्ड-ओली आरोपप्रत्यारोप [२०७८-१२-२९]

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक प्रणालीलाई ग्यारेन्टी गरेको संविधान उल्टाउन चाहने मानिस रहेको दाबी गरेका छन्।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं- मंगलबारका प्रमुख  घटनाक्रमसहितको नेपाल समय समाचारका मुख्य शीर्षकहरू:

triton college
  • काठमाडौंको जग्गा भूमाफियाको कब्जामा पुगेको प्रधानमन्त्री देउवाको टिप्पणी, फोहोर व्यवस्थापन नहुँदा सरकारलाई लाज लागेको स्वीकारोक्ति
  • खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं फर्काए मेलम्ची नदीको पानी, १० महिनापछि काठमाडौंका धारामा आउँदै बहुप्रतिक्षित आयोजनाको पानी 
  • एमाले अध्यक्ष ओलीतर्फ लक्षित गर्दै प्रचण्डले लगाए परिवर्तनविरोधी शक्तिको आरोप, माओवादी पार्टी प्रचण्डको एकल साँझ बनेको ओलीको टिप्पणी 
  • वैशाख ५ गतेभित्र उम्मेदवार चयन गरिसक्न प्रदेश समितिलाई माओवादीको निर्देशन, हरेक जिल्लामा कम्तीमा एक पालिका प्रमुखमा महिला अनिवार्य गर्न परिपत्र 
  • र, पाकिस्तानको २३औँ प्रधानमन्त्रीमा निर्वाचित भएका शेहबाज शरिफले ग्रहण गरे शपथ, पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए-इस्लाम-एफलगायतलाई समेटेर सरकार विस्तार गर्ने योजना

अब सचामाचार विस्तारमा

भूमाफियाको कब्जामा काठमाडौंका खाली जग्गा : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाको कब्जामा पुगेको बताएका छन्। 

मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। यसलाई नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौंमा खाली ठाउँ नहुने देउवाको टिप्पणी छ। 

corrent noodles
Metro Mart

काठमाडौंको फोहोर व्यवस्थापन हुन नसक्दा सरकार नै लाज लागिरहेको प्रधानमन्त्री देउवाको स्वीकारोक्ति छ। कार्यक्रममा उनले अहिले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई ध्यान दिएर मात्रै काम गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन्। 

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेपालमा शहरहरुको व्यवस्थापन गर्न नसकिएको गुनासो गरे। बढ्दो शहरीकरणलाई व्यवस्थित बनाउन दीर्घकालीन ऐनको आवश्यकता रहेको उनले बताए।  

नेता खनालले नेपालका ऐतिहासिक पुराना शहरहरुको खोजी र अनुसन्धान हुनु पर्नेमा जोड दिएका थिए। 

फेरि मेलम्चीको उद्घाटन 

मेलम्ची खानेपानी आयोजना अन्तर्गत मेलम्ची नदीको पानी पुनः काठमाडौंतर्फ पठाइएको छ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले मंगलबार १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरेका हुन्। 

गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो। यसपछि काठमाडौंमा मेलम्चीको पानी आउन छोडेको थियो। सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौं पुर्‍याउने घोषणा गरेको थियो। मेलम्चीबाट काठमाडौं पठाइएको पानी राजधानीका धारामा आइपुग्न अझै दुई साता लाग्न सक्ने बताइएको छ।

गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो। वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो। 

परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो। त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्ध बनेको थियो।

घट्यो रेमिट्यान्स

चालु आर्थिक वर्षको आठ महिनामा रेमिटेन्स १.७ प्रतिशतले घटेर ६ खर्ब ३१ अर्ब १९ करोड कायम भएको छ। 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो। यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या २ लाख २७ हजार ९०० पुगेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.९ प्रतिशतले घटेको मंगलबार राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४०।९ प्रतिशतले वृद्धि भई १,७,२६२ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०।२ प्रतिशतले घटेको थियो।

ओली-दाहालको दोहोरी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक प्रणालीलाई ग्यारेन्टी गरेको संविधान उल्टाउन चाहने मानिस रहेको दाबी गरेका छन्।  

मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै राजनीतिक उपलब्धि उल्टाउन चाहने मानिस अझै रहेको अभिव्यक्ति दिएका हुन्। 

उता ओलीले भने नेकपा माओवादी केन्द्रलाई प्रचण्डको एकल साँझको संज्ञा दिएका छन्। ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माओवादी महाधिवेशनले पदाधिकारी चयन गर्न नसकेको र हालसम्म पनि उक्त प्रक्रिया थाती रहेकोतर्फ संकेत गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्। 

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी कांग्रेसको शरीरमा बसेको झिँगा धपाउने गुट मात्र बनेको उनको आरोप थियो। 

१५औँ दिनसम्म चलेको कांग्रेस महाधिवेशनमा नीतिमा बहस नभएको भन्दै उनले कांग्रेस 'कठैबरी' भएको उनको टिप्पणी थियो। 

माओवादीको सर्कुलर

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि वैशाख ५ गतेभित्र उम्मेदवार चयन गरिसक्न देशभरका प्रदेश समितिलाई परिपत्र गरेको छ। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश समितिहरुलाई वैशाख ५ गतेभित्र उम्मेदवार चयन गरिसक्न ६ बुँदे परिपत्र पठाएका हुन्। 

परिपत्रमा स्थानीय तहमा केन्द्रको स्वीकृति बिना आफूखुसी गठबन्धन तोड्न रोक लगाइएको छ। माओवादीले महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम मागेको छ। सर्कुलर अनुसार प्रदेश समितिहरुले सर्वसम्मत भए एक-एक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्न भनिएको छ।

माओवादीले स्थानीय तहमा उपमेयरलाई सीमित नगर्नका लागि महिलालाई प्रमुख भूमिकामा नै अघि बढाउने भन्दै हरेक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा महिला अनिवार्य गर्न भनेको छ।

सहरबारे सरकार

गृहमन्त्री बालकृष्ण खाँणले नेपाललाई विस्तारै आधुनिकीकरण गर्दै लानुपर्ने अहिलेको आवश्यक्ता र चुनौति भएको बताएका छन्।  

मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन। नेपालमा अहिले रहेका पुराना बस्तीहरु जोखिममा रहेको र त्यसले सुरक्षामा थुप्रै जटिलताहरु सिर्जना भएको उनले बताए । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र अर्थतन्त्रको विकासका लागि ग्रामीण र शहरी क्षेत्रको बीचको विकासलाई दिगो बनाउनु पर्नेमा जोड दिएका छन्। 

त्यस्तै शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बसाइँसराइ र शहरीकरण डरलाग्दो रुपमा बढीरहेको बताइन्। 

कार्यक्रममा सचिव डा. रमेशप्रसाद सिंहले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदनअनुसार नगरपालिकामा बसोवास गर्नेहरुको जनसंख्या ६६ प्रतिशतको हाराहारीमा भएपनि अधिकांश नगरपालिकाहरुमा न्युनतम आधारभुत पूर्वाधारहरु पुग्न नसकेको बताएका थिए। 

प्रचण्डका भाइले लिए सांसदको शपथ

राष्ट्रिय सभाका नवनियुक्त सदस्य नारायण दाहालले देशको राष्ट्रियता, स्वाधिनता र राष्ट्रिय अखण्डताको लागि आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्ने बताएका छन्।

मंगलवार राष्ट्रिय सभाको सदस्यको रुपमा सपथ ग्रहण गरिसकपछि राष्ट्रिय सभा सदस्य दाहालले आफुले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र रहेर देशको राष्ट्रियता, स्वाधिनता र राष्ट्रिय अखण्डताका लागि भुमिका खेल्ने बताएका हुन। 

दाहालले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट राष्ट्रिय सभा सदस्यको रुपमा सपथ ग्रहण गरेका हुन्। दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन्। 

महासंघमा नयाँ नेतृत्व आउँदै 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज नयाँ नेतृत्व चयन गर्ने भएको छ। 

आइतवारदेखि सुरु भएको महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने कार्यतालिका प्रकाशित भएको छ। निर्वाचन कार्यतालिका प्रकाशित भएपनि भरसक शिर्ष तहमा सहमतीको प्रयास भइरहेको निर्वाचन अधिकृत प्रकाश रावलले बताएका छन । 

निवर्तमान महासचिव सरोज सिटौलाले महासंघको नेतृत्वका लागि सर्वसम्मतिको प्रयास भइरहेको बताए। 

निर्वाचन कार्यक्रमका लागि ललितपुरको गोदावरीमा देशभरका यातायात व्यवसायीहरु भेला भएका छन्।

शेहवाजको शपथ 
पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफले पाकिस्तानको २३ औँ प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन्।

प्रधानमन्त्री इमराख खानले पाकिस्तानको संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि भएको मतदानमा शेहबाज शरिफ सोमबार पाकिस्तानको प्रधानमन्त्रीमा चयन भएका थिए। 

पाकिस्तानको संसद्मा सोमबार भएको मतदानबाट पाकिस्तान मुस्लिम लिग, नवाजका नेता शरिफ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्। सोमबार नै राति आयोयित एक विशेष समारोहमा उनलाई प्रधानमन्त्री पदको शपथ गराइएको हो। 

७० वर्षीय शेहबाज पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ हुन्। लाहोरमा जन्मिएका शरिफ यसअघि पञ्जाबको मुख्यमन्त्री बनेका थिए। उनी पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतलाई समेटेर नयाँ सरकार बनाउने योजनामा छन्। 

प्रकाशित: Apr 12, 2022| 18:59 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।