काठमाडौं- हाते ब्यागमा गोली लिएर जापान जान लागेकी एक यात्रु पक्राउ परेकी छन्। चैत २७ गते नेपाल एयरलाइन्सको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तनहुँ जिल्ला भानु नगरपालिका-७ की सोविता नेपाली छन्। उनी क्वालालाम्पुर ट्रान्जिट भएर जापानको नारिता जान लागेकी थिइन्।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान कक्षमा ब्यागेज चेकिङ गर्ने क्रममा उनको ब्यागमा गोली भेटिएको हो। गोलीमा केएफ १३-५.५६ लेखिएको छ। उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको विमानस्थल प्रहरीले जानकारी दिएको छ।