सोमबार, वैशाख ८, २०८२

खबरदारी पूरा गर्न सरकारमा सहभागी भयौं : मन्त्री रावल

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले विगतमा प्रदेश सरकारलाई गरिँदै आएका खबरदारीलाई पूरा गर्नका लागि नेपाली कांग्रेस प्रदेशमा सरकारमा सहभागी भएको बताएका छन्।
 |  आइतबार, चैत २७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

vianetvianet

धनगढी- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले विगतमा प्रदेश सरकारलाई गरिँदै आएका खबरदारीलाई पूरा गर्नका लागि नेपाली कांग्रेस प्रदेशमा सरकारमा सहभागी भएको बताएका छन्।

triton college

नेपाली कांग्रेस टीकापुर नगर समितिले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले विगतका दिनहरुमा आफूहरु सरकारको प्रमुख प्रतिपक्षीको भूमिकामा रहँदै सरकारले गर्न नसकेका कामहरूमा खबरदारी मात्रै गरेको र अब त्यतिबेला गरेका खबरदारीले पनि पूरा हुन नसकेका कामहरूलाई पूर्णता दिनका लागि सरकारमा सहभागी भएको बताएका हुन्। 

'संघीयताको नयाँ अनुभवमा अहिले नागरिकहरूमा प्रदेश सरकारको आवश्यकता नभएको महसुस भएको अवस्थामा नागरिकहरूलाई प्रदेश सरकारको भूमिका छ, भन्ने मानसिकताको विकास गर्नुपर्नेछ,' मन्त्री रावलले भने, 'अब हाम्रो कार्यकालको केही महिना मात्रै बाँकी रहँदा प्रदेश सरकारको अनुभूति हुने गरी नागरिकहरूलाई काम गरेर देखाउने अठोटका साथ कांग्रेस सरकारमा सहभागी भएको छ।'

उनले बाँकी रहेको अवधिमा थुप्रै कामहरु गर्नुपर्ने भएको उल्लेख गर्दै सरकारमा सहभागी हुँदा अवसरभन्दा चुनौती बढी रहेको बताए। उनले संघीय सरकारदेखि सबै प्रदेश सरकारमा गठबन्धन रहेको चर्चा गर्दै स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनसँगै जाने बताए। 

'देशको संविधान र लोकतन्त्र नै खतरामा परेको बेला जसरी  लोकतन्त्रको रक्षाका लागि पाँच दल एक ठाउँमा आयो, अब त्यसलाई नै निरन्तरता दिनका लागि पनि स्थानीय तहको निर्वाचनमा गठबन्धनका साथ जानुपर्छ,' मन्त्री रावलले भने, 'कतिपय ठाउँमा गठबन्धन हुनुहुँदैन भन्ने कुरा पनि आएको छ । तर केन्द्रीय समितिले गरेको निर्णय हामी सबैले मान्‍नुपर्छ।'

National life insurance

प्रकाशित: Apr 10, 2022| 22:45 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।