सोमबार, वैशाख २८, २०८३

नेपालले सिरिज जितेपछिको खुसी [तस्बिरहरू]

दीपेन्द्रसिंह ऐरीको सानदार अलराउन्ड प्रदर्शनमा नेपाल त्रिकोणात्मक टी २० आई सिरिजको च्याम्पियन बनेको छ।
 |  सोमबार, चैत २१, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, चैत २१, २०७८

काठमाडौं– दीपेन्द्रसिंह ऐरीको सानदार अलराउन्ड प्रदर्शनमा नेपाल त्रिकोणात्मक टी २० आई सिरिजको च्याम्पियन बनेको छ। नेपालले फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै अपराजित रहँदै त्रिकोणात्मक सिरिज जितेको हो।

National life

नेपालले प्रस्तुत गरेको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.२ ओभरमा १ सय १८ रनमा अल आउट भयो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो।

नेपालका दीपेन्द्रसिंह ऐरी ३८ बलमा ५ चौकासहित सर्वाधिक ५४ रनमा अविजित रहे। दीपेन्द्रले ३५ बलमा आफ्नो टी २० आई करिअरको पाँचौं अर्धशतक पूरा गरेका थिए। करण केसीले १२ बलमा ५ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे।