आइतबार, साउन ३१, २०८३

एमाले सरकार ढाल्नेसँग गठबन्धन हुँदैन : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको सरकार ढाल्नेसँग चुनावमा गठबन्धन नगर्ने बताएका छन्।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको सरकार ढाल्नेसँग चुनावमा गठबन्धन नगर्ने बताएका छन्। 

प्रेस चौतारी नेपाल चितवनले सोमबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले एमाले नेतृत्वको सरकार ढाल्नेहरूसँग कुनै तालमेल नहुने बताएका हुन्। उनले एमाले गठबन्धनको पक्षमा नरहेको समेत जिकिर गरे।

‘नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन। हामी सबैलाई कुनै भ्रममा नपर्न प्रष्ट पार्न चाहन्छौं,' उनले भने। उनले स्थानीय आवश्यकता अनुसार स्थानीयलाई व्यवस्थापन गर्न भने तालमेल हुन सक्ने बताए ।

कमल थापा लगायतका नेताहरुसँग भएको भेटबारे सोधिएको प्रश्नमा उनले भेटघाट सामान्य भएको पनि बताए।

प्रकाशित: Apr 04, 2022| 10:26 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...