आइतबार, साउन ३१, २०८३

प्रधानमन्त्री देउवाद्वारा विश्वनाथ मन्दिरमा पूजाअर्चना

प्रधानमन्त्री शेरबहादुर देउवाले वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका छन्।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका छन्। 

देउवाले पत्नी डा. आरजु राणा देउवाका पुजाअर्चना गरेका हुन्। साथमा परराष्ट्र मन्त्री डा.नारायण खड्का र भारतीय राजदूत विनयमोहन क्वात्रा लगायतको उपस्थिति थियो। उनीसँगै भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि सहभागी थिए। 

नयाँ दिल्लीबाट आइतबार बनारस पुगेका प्रधानमन्त्री देउवालाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पुगेका थिए।  

बनारसको भ्रमणपछि प्रधानमन्त्री देउवा स्वदेश फर्किने कार्यक्रम छ। 

प्रकाशित: Apr 03, 2022| 12:56 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...