काठमाडौं- राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा टुँडिखेलस्थित सैनिक मञ्चमा 'घोडेजात्रा समारोह २०७८' सम्पन्न गरिएको छ।
उक्त समारोहमा अश्वकलाका विविध रोचक कार्यक्रमहरु राइड पासरडगद्वारा मार्चपास, टांगन घोडा दौडरडगद्वारा झण्डोतोलन, साइकल रेस, शो-जम्प, ड्रिल राइडरगार्ड डगबाट कला प्रदर्शन, हर्स बलरडग रिले रेस लगायतका विविध रोमाञ्चक कलाहरु प्रदर्शन गरिएको थियो।
विभिन्न प्रदर्शनी पश्चात समारोहका प्रमुख अतिथि म्युजिकल राइडमा प्रथम र द्वितीय हुने क्रमश: घोडसवार उपसेनानी श्रीमद सिल्वाल र सह सेनानी प्रविन लामिछाने, शो-जम्पमा प्रथम र द्वितीय हुने क्रमश: घोडसवार अमल्दार लिलाराम खड्का र प्युठ रोशन कुमार श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको थियो।