मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • ठेकेदारले चुनाव लड्न नपाउने, लुम्बिनी र बिम्स्टेक जोड्ने बुद्धिस्ट सर्किट सञ्चालनमा जोड [२०७८-१२-१६]

ठेकेदारले चुनाव लड्न नपाउने, लुम्बिनी र बिम्स्टेक जोड्ने बुद्धिस्ट सर्किट सञ्चालनमा जोड [२०७८-१२-१६]

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनका लागि योग्यता निर्धारण गरेको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

उम्मेदवारका १९ योग्यता निर्धारण 

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनका लागि योग्यता निर्धारण गरेको छ। 

आगामी वैशाख ३० गते शुक्रबार हुन लागेको निर्वाचनमा भाग लिन उम्मेदवारले १९ बुँदे स्वघोषणा गर्नुपर्ने गरी योग्यता निर्धारण गरिएको हो। आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनपत्रका साथ पेस गर्नुपर्ने स्वघोषणाका बुँदा सार्वजनिक गरेको छ।

यसअनुसार स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुनबाट बञ्चित हुने भएका छन्। 

आयोगले तोकेको योग्यता अनुसार नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २१ वर्ष पूरा भएको नेपाली नागरिक भएको, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेका व्यक्ति मात्र उम्मेदवार बन्न पाउने छन्। 

लुम्बिनी जोड्ने बुद्धिस्ट सर्किटका कुरा चाँडै सञ्चालनमा ल्याउनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्धदर्शनको प्रर्वद्धन गर्नुपर्ने बताएका छन्। 

बुधबार बिहान बिमस्टेकको पाँचौं शिखर सम्मेलनलाई भर्चुअल रूपमा सम्बोधन गर्दै देउवाले बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्धदर्शन भएको बताएका हुन्।

सम्बोधनका क्रममा गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्नेमा समेत उनले जोड दिए। बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, धर्मको प्रचार सुरु भएको सारनाथ र बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरलाई जोड्ने गरी बुद्धिस्ट सर्किट योजना अघि सारिए पनि सञ्चालनमा भने आएको छैन।

श्रीलंका भइरहेको बिम्स्टेकको पाँचौँ शिखर सम्मेलनले सङ्गठनको बडापत्र अनुमोदन गरको छ। श्रव्यदृश्यका माध्यमबाट सदस्य राष्ट्रका राष्ट्राध्यक्ष/सरकार प्रमुखले वडापत्रमा हस्ताक्षर गरेका हुन्। बडापत्रमा नपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरेका हुन्। 

सम्मेलनले तीन नयाँ दस्तावेजलाई पनि अनुमोदन गरेको छ। कोलम्बोमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल सरकारका तर्फबाट ‘आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि’ र ‘कोलम्बोमा प्रविधि हस्तान्तरण केन्द्र स्थापनासम्बन्धी संलग्नतापत्र’मा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयका सहसचिव तथा क्षेत्रीय सङ्गठन महाशाखाका प्रमुख घनश्याम भण्डारीले ‘बिम्स्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान/प्रशिक्षण संस्थाबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्र’मा पनि हस्ताक्षर गरेका छन्। 

तीन वर्षअघि काठमाडौँमा बिमस्टेकको चौथो शिखर सम्मेलन भएको थियो। 

क्विन्टल एमाले, अरु किलोका दल : ओली

प्रमुख प्रतिपक्क्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै चुनावमा लडने आँट नेपालमा कुनै पनि पार्टीको नरहेको बताएका छन्। 

अध्यक्ष ओलीले एमालेसँग एक्लै लडन नसक्ने बुझेपछि सत्तारुढ दलहरु चुनावी गठबन्धन गर्न बाध्य भएको दावीसमेत गरे । पार्टीका नेता एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईले भक्तपुरको सूर्यविनायकमा संचालनमा ल्याएको सूर्य विनायक हरित कृषि तथा थोक बजारको बुधबार उद्घाटन गर्दै उनले सो गठबन्धनले चुनावमा अप्ठयारो पार्छ कि भनेर नसोच्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत समेत गराएका थिए। एमाले एक क्वीन्टल ढकजस्तो भएको उल्लेख गर्दै उनले एक/एक किलोको ढक रुपी पाँचदलीय गठबन्धनले आफ्नो पार्टीसँग प्रतिस्पर्धा गर्न नसक्ने उनको दाबी छ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई लोभीपापी भएको आरोप लगाउँदै यसलाई टिकाउन गाह्रो हुने समेत बताए। 

भरतपुरमा माओवादीको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेल भएपनि चितवनको भरतपुर महानगरपालिकामा आफ्नो पार्टीले दाबी नछोड्ने बताएका छन्। 

सत्तारुढ दलहरुबीच चुनावी तालमेल गर्नेबारे शंका नरहेको बताएका अध्यक्ष प्रचण्डले भरतपुरका विषयमा आफ्नो दाबी रहेको अडान राखेका हुन्। 

कांग्रेसले आवश्यकता अनुसार तालमेल गर्ने भनिसकेकाले तालमेल हुने कुरा प्रष्ट भएको उनको भनाइ छ। 

२०७४ सालको निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेससँग गठबन्धन गरेर प्रचण्डपुत्री रेणु दाहालले मेयर जितेकी थिइन्। भरतपुरका स्थानीय कांग्रेस कार्यकर्ताहरू भने अब पनि माओवादीलाई आफ्नो क्षेत्र छोड्न नसकिने बताउँदै आएका छन्।

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्ने बताएका छन्। 

बुधबार पार्टीले गैरआवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेकोसमेत बताएका हुन्। 

उनले गैरआवासिय नेपाली र नेपाली जनताको बिचमा प्राकृतिक सम्बन्ध रहेको बताए। आगामी दिनमा पनि सो सम्बन्धलाई गहिरो, आत्मिय र घनिष्ठ बनाउनुपर्ने समेत बताएका छन्। 

'समावेशी सिद्धान्तअनुसार महिला सहभागिता छैन'

पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले समानुपातिक समावेशी सिद्धान्तका आधारमा प्रमुख पदमा महिलाको सहभागिता हुन नसकेको बताएका छन्। 

बुधवार काठमाडौंमा भएको 'स्थानीय तहको प्रमुख पदमा महिला जनप्रतिनिधिको सहभागिताः चुनौति र अवसर' विषयक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। 

कार्यक्रममा निर्वाचन आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरले स्थानीय तहको निर्वाचनमा कानूनले तोकेअनुसारको एक तिहाई महिलाहरुको सुनिश्चितता गरिदिन राजनीतिक दलहरुलाई अनुरोध गरेकी थिइन्। 

संविधानको धारा ३८ को उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुनुपर्ने उल्लेख गरिएपनि व्यवहारमा त्यसलाई कार्यान्वयन गर्न नसकिएको सहाभागीहरूले बताएका थिए।

बिमाको दायरा विस्तार गरे उपचार सहज

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारले स्वास्थ्य बीमाको दायरामा सबै नेपाली ल्याउन सके स्वास्थ्योपचारमा सहज हुने बताएका छन्।

बुधवार नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन। उनले पत्रकारहरुको स्वास्थ्योपचारको लागि स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघबीच समन्वय र सहकार्य गरेर अघि बढ्न सकारात्मक रहेको पनि बताए। 

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारको स्वास्थ्योपचारका लागि अस्पताल छुट्टै अस्पताल बनाउन आवश्यक भएको बताए। 

नेपाल पत्रकार महासंघले स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम एवं प्रभातफेरी कार्यक्रम गरेर ६७औँ स्थापना दिवस मनाएको छ। शिविरमा पत्रकारहरूको मिर्गौला परीक्षण र दाँतको परीक्षण तथा उपचार भएको छ। 

उता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ज्येष्ठ पत्रकार वृत्ति कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको बताएका छन्। 

मन्त्री कार्कीले ६५ वर्षमाथिका पत्रकारहरुलाई जीवन यापनमा सहयोग पुगोस् भनेर व्यवस्था गरिएको सो कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्। नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पत्रकार तथा आम सञ्चार क्षेत्रको सबै सेवाहरु सूचना प्रविधिको माध्यामबाट हुने गरी आगामी आर्थिक वर्षबाट सूचना प्रविधि प्रणालीको विकासको लागि काम भइरहेको पनि जानकारी दिए। 

नेपालको जित 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय सिरिजको आजको खेलमा नेपालले मलेसियाविरुद्ध सहज जित निकालेको छ। 

११५ रनको लक्ष्य पछ्याएको नेपालले चार विकेटको क्षतिमा ११७ रन बनाउँदै जित निकालेको हो।

नेपालका लागि आसिफ शेखले ५७ रनको अर्धशतकीय पारी खेले भने रोहित पौडेल १२ रनमा आउट भए। त्यस्तै, दिपेन्द्र सिंह ऐरीले २१ रन बनाएको खेलमा दिलिप नाथले १५ रन बनाए।

मलेसियाका प्रविनदीप सिंहले दुई विकेट गिराएको खेलमा मोहम्मद अमिर र सियद अजिजले एकएक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले पूरा ओभर खेल्दै आठ विकेटको क्षतिमा ११४ रन बनाएको थियो।

मलेसियाका लागि जुबाइदी जुल्किफाइले ३२, अहमद फैजले २४ र मुहमद अमिरले १६ रन बनाए भने अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

खेलमा नेपालका सन्दीप लामिछाने र करण केसीले समान २,२ विकेट लिए भने अभिनाश बोहरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले १,१ विकेट गिराए।

यसअघि मंगलबार भएको खेलमा पनि नेपालले पीएनजीलाई हराएको थियो। यी दुवै  जितसँगै नेपालले चार अंक बनाएको छ भने मलेसियाले दुई अंक जोडेको छ। सिरिएको अर्को राष्ट्र पीएनजी अंकविहीन छ।

प्रकाशित: Mar 30, 2022| 20:16 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।