आइतबार, कात्तिक ३०, २०८२

मोनिका बनिन् ‘मिस क्विन लमजुङ’ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
लमजुङमा भएको सौन्दर्य प्रतियोगितामा प्रथम मिस क्विन लमजुङ–२०१८ को उपाधि मोनिका गुरुङले जितेकी छन् । बेसीशहरमा शनिबार सम्पन्न प्रतियोगितामा आठ प्रतियोगीलाई पछि पार्दै मोनिकाले ताज पहिरेकी हुन् । 

तनहुँ इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगिताबाट ताजसँगै मोनिकाले नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गरेकी छन् । विजेता मोनिकाले ताजसँगै प्रतियोगिताको मोष्ट ब्युटिफुल टाइटल पनि हात पारेकी छन् । 

प्रतियोगितामा फस्ट रनरअपको उपाधि बेसीशहरकी सारा तामाङ र सेकेण्ड रनरअपको उपाधि बेसीशहरकै मोनिका श्रेष्ठले हात पारेकी थिइन् । उनीहरूलाई ताज पहिरिएर उपाधिको ट्रफी, क्रमशः नगद १५ हजार, १० हजार र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

विजेताहरूलाई गण्डकी प्रदेश सभा सांसद मधु अधिकारी, आयोजक संस्थाका अध्यक्ष सरिता थापालगायत प्रतियोगिताका निर्णायकको टोलीले उपाधि प्रदान गरेको थियो । 

प्रतियोगितामा बेसीशहरकी सुमीना श्रेष्ठले मिस डिसिप्लेन शीर्षकको उपाधि जितेकी छन् । त्यस्तै मिस ट्यालेन्ट र मिस फ्रेन्डली उपाधि शर्मिला परियार, मिस फोटोजेनिकमा सलिना पराजुली, मिस स्माइलमा भोटेओडारकी सिम्रोन श्रेष्ठ र मिस स्किनमा पुनम तामाङले उपाधि जितेका छन् ।

करीब एक महिना लामो प्रशिक्षणपश्चात् शनिबार प्रतियोगिता समापन गरिएको हो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्