बुधबार, पुस २, २०८२

कैलाली क्षेत्र नम्बर ५ बाटै चुनाव लड्छु : आरजु राणा

नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले प्रतिनिधि सभाको निर्वाचनमा आफूले फेरि पनि कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने बताएकी छन्।
 |  बिहीबार, चैत १०, २०७८

भीम चौधरी

भीम चौधरी

बिहीबार, चैत १०, २०७८

धनगढी- नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले प्रतिनिधि सभाको निर्वाचनमा आफूले फेरि पनि कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने बताएकी छन्। 

National life

नेपाल प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य राणाले आफूलाई कैलाली क्षेत्र नम्बर ५ का जनताले माया गरेरै २२ हजार बढी मत दिएको बताउँदै पार्टीले टिकट दिए फेरि पनि यहीबाट चुनाव लड्ने बताएकी हुन्।

‘म यहाँका जनतासँग भिजिसकेको छु। त्यसैले यही चुनाव लड्छु,’ राणाले भनिन्, ‘मलाई यही ठाउँ मनपर्छ। २०७४ को चुनावमा तीन/चार दल मिलेर मलाई हराएका हुन। म हारेकी होइन।’

पहिले पनि वर्दियालगायत ठाउँमा लड्ने प्रचार गरिए पनि आफूले धनगढी नै रोजेको उनले बताइन्। ‘मलाई सर्लाहीमा पनि लड्न भनिएको छ। तर, पार्टीले टिकट दिए धनगढीबाटै लड्छु,’ उनले भनिन्।

राणाले स्थानीय चुनाव हुनेमा पनि ढुक्क रहन आग्रह गरेकी छन्। ‘संविधान अनुसार तोकिएकै समयमा चुनाव हुन्छ र हुनुपर्छ,’ राणाले भनिन्, ‘चुनाव हुन्न भन्ने हल्लाका पछाडि नलाग्न अनुरोध गर्छु।’

Laxmi sunrise bank
kumari

उनले अहिलेका सत्ता गठवन्धनका दल मिलेरै चुनावमा जाने बताइन्। एमाले विभाजित भएको बेला कांग्रेस एक्लै लड्न किन डराएको भन्ने प्रश्नमा राणाले भनिन्, ‘एमाले मात्र छैन अरु पार्टी पनि छन्। २०७४ को चुनावले सिकाएको अनुभवले गठवन्धनमा जानैपर्छ। कांग्रेस लोकतान्त्रिक पार्टी हो गठवन्धन गर्ने नगर्ने बारे बहस भएका छन्। हामी निर्णय गरेरै गठवन्धन बनाएर चुनावमा जान्छौं।’

महामन्त्री गगन थापालगायका नेताले सार्वजनिक रुपमा गठबन्धन नहुने बताइरहेको सन्दर्भमा कांग्रेस नेतृ राणाले नेपाली कांग्रेस लोकतान्त्रीक पार्टी भएकाले असहमति राख्न पाइने धारणा व्यक्त गरेकी छन्। तर, गठबन्धन कायम राख्ने कुरामा सबै एक मत भएको बताइन्। 

राणाले भनिन्, 'सानातिना मनमुटाव एउटा घर, परिवारबीच हुन्छन्। त्यस्तो हुनु सामान्य पनि हो। त्यसैले कांग्रेसको आन्तरिक चुनावका मनमुटाव जनताका बीचको चुनावमा प्रकट हुने छैनन्।'

उनले ३६४ दिन कांग्रेस हुनेहरूले भोट हाल्ने दिन ३६५औं दिनमा पनि कांग्रेसलाई भोट हाल्न आग्रह गरिन्। कांग्रेसकै नेतृत्वमा ठूलाठूला परिवर्तन भएको दाबी गर्दे उनले सामाजिक, आर्थिक र सूचना प्रविधिको परिवर्तन पनि कांग्रेसकै पालामा भएकोले जनताले कांग्रेसलाई नै भोट दिनुपर्ने मा जोड दिइन्।

प्रकाशित: Mar 24, 2022| 11:51 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।