सोमबार, असोज ८, २०८०
  • गृहपृष्ठ
  • भिडियो
  • माथिल्लो अरुणमा लगानी समस्या नरहेको दाबी, नेपाल आउँदै सलमान खान [२०७८-१२-९]

माथिल्लो अरुणमा लगानी समस्या नरहेको दाबी, नेपाल आउँदै सलमान खान [२०७८-१२-९]

बुधवार काठमाडौंको चन्द्रागिरीमा दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
 |  बुधबार, चैत ९, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

कोहामारीले हिमाली देशमा आर्थिक समस्या

sagarmatha cement

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण नेपालसहित विश्वका हिमाली देशहरुमा ठूलो आर्थिक समस्या पारेको बताएका छन्। 

बुधवार काठमाडौंको चन्द्रागिरीमा दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। अन्तर्राष्ट्रिय स्तरबाट सहयोग भएमात्र नेपाल लगायतका हिमाली देशहरुको अर्थतन्त्रलाई बलियो बनाउन सकिने उनको भनाइ छ। 

पर्वतीय श्रोतको संरक्षण गर्न अत्यावश्यक रहेको बताएका प्रधानमन्त्री देउवाले नेपालले पनि यो वर्ष हिमालका सम्भावनालाई उजागर गर्न मुस्ताङमा ‘माउन्टेन एड्भोकेसी समिट’ गर्न लागिएको पनि जानकारी दिए।

प्रधानमन्त्री देउवाले विश्वमा मानव समुदायको भविष्य सुरक्षित गर्नका लागि विश्वव्यापी तापमान वृद्धि रोक्न आवश्यक रहेको र त्यसका पक्षमा तत्काल कदम चाल्न आवश्यक रहेको पनि स्पष्ट पारे। पर्वतीय मुद्दाहरुलाई समाधान गर्न पहाडी देशहरुबीच छलफल हुन आवश्यक रहेको पनि बताए। वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको दुई दिने सम्मेलनमा विभिन्न १३ मुलुकका दुई सय जनाको सहभागिता छ। 

माथिल्लो अरुणमा लगानीको समस्या छैन : अर्थमन्त्री 

अर्थमन्त्री जनार्दन शर्माले माथिल्लो अरुण जलविद्युत् परियोजना निर्माणमा  लगानीको समस्या नभएको दाबी गरेका छन्।

मंगलबार नेपाल विद्युत प्राधिरकणले परियोजनामा लगानी जुटाउने उद्देश्यले बैंक तथा वित्तीय संस्था र  सार्वजनिक वित्तीय संस्थासँगको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। यो परियोजना सरकारको परियोजना भएकाले ढुक्क भएर लगानी गर्न आग्रह उनले आग्रह गरे। 

मन्त्री शर्माले लगानी फस्छ भनेर डराउनु नपर्ने भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरे। परियोजानका लागि लगानी कोषले मात्रै १ खर्ब लगानी गर्न तयार रहेको मन्त्री शर्माले दाबी गरे। सञ्चय कोष, बैंकहरू, बीमा संस्थान, बीमा कम्पनीहरुले समेत पूर्वाधार विकासमा लगानी गर्न तयार रहेको उनको दाबी छ। 

कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले बिजुलीको बजारका विषयमा चिन्ता नगर्न आग्रह गरिन्। विद्युत निर्यातको बाटो सरकारले खोली सकेको बताउएकी मन्त्री भुसालले विद्युत निर्यात बढाउनको लागि भारतसँग राजनीतिक तथा कूटनीतिक तवरबाट संवाद भइरहेको उल्लेख गरिन्। 

छलफल कार्यक्रममा स्वदेशी लगानीकर्ताले सरकारले परियोजनाको समय र लागत नबढाउने विषयमा प्रतिबद्धता गरे लगानी गर्न तयार रहेको बताएका थिए। माथिल्लो अरुण आयोजनाको सम्पूर्ण अध्ययन सपन्न भइसकेको छ। माथिल्लो अरुणमा लगानी गर्न विश्व बैंक, एसियाली पूर्वाधार लगानी बैंकलगायतका बहुपक्षीय दातृ निकाय समेत तयार रहेको विद्युत प्राधिकरणले बताएको छ। आयोजनाको कूल लागत २ खर्ब १४ अर्ब रुपैयाँ छ। आयोजना निर्माणका लागि ९ वर्ष लाग्ने प्राधिरणको आकलन छ। 

सलमान नेपाल आउँदै

बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन्। बुधबार पत्रकार सम्मेलनमा आयोजक ओडीसीले जेठ १४ गते दशरथ रंगशालामा सलमानको उपस्थितिमा कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो।

कार्यक्रिममा खानसहितका बलिउड कलाकारको प्रस्तुति रहने ओडीसीले जानकारी दिएको छ। ओडीसीले यस्तो कार्यक्रम २०७४ सालमै गर्न खोजेको थियो। त्यतिखेर विभिन्न कारणले हुन नसकेको कार्यक्रम अहिले गर्न लागिएको आयोजकले बताएको छ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सलमान खानलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गरेका छन्। सलमानसँग भएको भर्चुअल संवादमा उनले कोरोना महामारीपछि नेपाल पर्यटनका लागि खुला भएको सन्देश विश्व समुदायलाई दिन आग्रह गरेका हुन्। मन्त्रीको आलेको यो प्रस्तावलाई सकारात्मक रुपमा लिँदै सलमानले नेपाल सुन्दर देश रहेको र यसको पर्यटन प्रवर्द्धनमा आफ्नो तर्फबाट सहयोग गर्ने उल्लेख गरेको बताइएको छ। 

नेपाल आउने कार्यक्रम तय भएकोमा आफू एकदमै उत्साहित रहेको सलमानले बताए। करिब १० मिनेट भएको कुराकानीमा मन्त्री आलेले आफू खानको ठूलो फ्यान भएको र उनका अधिकांश फिल्म हेरेको सुनाएका थिए। आलेले सलमानलाई सगरमाथा आरोहणको निम्तोसमेत दिए। 

बहुमत ल्याउने गरी अघि बढ्न ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्ने दिशामा अघि बढ्न निर्देशन दिएका छन्। 

बुधबार काठमाडौंमा सुरु पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनको सबैभन्दा ठूलो र पुरानो शक्ति एमाले भएकोसमेत दाबी गर्दै पुनः बहुमत ल्याउने गरी खटिन नेताहरूलाई निर्देशन दिएका हुन्।

नेकपा एमालेको नेतृत्वमा नै सम्पूर्ण लोकतान्त्रिक आन्दोलन भएको र आफूहरू नै मूलधारको नेतृत्व गर्ने पार्टी भएको ओलीको दाबी थियो। 

बैठकमा निर्वाचन केन्द्रित गरेर बनाइएको पार्टीको एप बारे केन्द्रीय कमिटी सदस्यलाई जानकारी गराउने पनि अध्यक्ष ओलीले जानकारी दिए। नेकपा एमालेमा प्रवेश गर्ने लहर बढेसंगै सदस्यता सख्या ११ लाख पुगेको दाबीसमेत गरेका थिए। 

शिक्षाको सुधार भए अन्य क्षेत्रमा पनि सुधार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षालाई सुधार गर्न सके मात्रै अन्य क्षेत्रमा सुधार आउने बताएका छन्। 

बुधवार निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन, नेपाल(प्याब्सन)को १५ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले शिक्षा क्षेत्रको सुधार गर्न सकेमा अन्य क्षेत्रमा स्वत्ः सुधार हुने बताएका हुन्। समृद्धिको निम्ति शिक्षा पहिलो ढोका भएको बताएका उनले शिक्षामा सुधार गर्ने देशले मात्रै अन्य क्षेत्रमा प्रगति गर्न सकेको उल्लेख गरेका थिए। 

मन्त्री पौडेलले शिक्षालाई सिपमा बदल्दै रोजगारीसँग जोड्न आवश्यक रहेको बताएका थिए। शिक्षा व्यवहारिक, वैज्ञानिक र उत्पादनमूलक हुनेगरी पाठ्यक्रम बनाउनुपर्ने उनको टिप्पणी छ। 

प्रकोपको पूर्वसूचना प्रणालीमा सुधार हुन सकेन

मौसम दिवस मनाउन थालेको ७० वर्ष पुगिसक्दा पनि नेपालमा मौसमजन्य प्रकोपको पूर्वसूचना प्रणालीमा सुधार हुन सकेको छैन। सरकारले बाढीबाहेकका प्रकोपको पूर्वसूचना प्रणालीको स्थापना गर्न सकेको छैन। 

जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप्रेतीले मानवजीवन बचाई भौतिक सम्पतिको संरक्षणका लागि पूर्वसूचना प्रणाली महत्वपूर्ण रहेकाले सरकार र निजी क्षेत्र मिलेर त्यसमा काम गर्नुपर्ने बताएका छन्। पछिल्लो समय जलवायु जन्य प्रकोपका घटना विश्वभर नै बढ्दै गएकाले प्रकोपको प्रभावजन्य पूर्वसूचना प्रणालीमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

यस्तै अर्का विपदविज्ञ गंगालाल तुलाधरले मौसमजन्य विपद्को पूर्वतयारीका लागि पूर्वसूचना व्यवस्थित र मजबुत बनाउनुपर्ने आवश्यकता रहेको औँल्याए। यसका लागि भारत र चीन दुवै छिमेकी देशहरूको सहयोग लिन सकिने समेत उनले उल्लेख गरे। 

राष्ट्रिय विपद् जोखिम न्युनीकरण  तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले  विगत १० वर्षदेखि बाढीजन्य प्रकोपका सम्बन्धमा जल तथा मौसम विज्ञान विभागले निकै राम्रो काम गरेको भएपनि अन्य प्रकृतिका विपदबारे पूर्वसूचना प्रणालीको व्यवस्था गर्न नसकिएको स्वीकार गरे। बाढीको पूर्वसूचना प्रणालीमा प्राप्त गरेको अनुभवका आधारमा अन्य विपदको पूर्वसूचना प्रणाली स्थापना गर्ने तयारी भइरहेको उनले बताए।

पलको पक्षमा बहस गर्दै १० वकिल

नाबालिगमाथि जर्बजस्ती करणी गरेको आरोपमा थुनामा रहेका पल शाहविरुद्धको मुद्दामा जिल्ला अदालत तनहुँमा थुनछेक बहस सुरु भएको छ। 

पल र उनका म्यानेजर कृष्ण जोशीको बयान सकाएपछि बहस सुरु भएको अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। 

कुँवरका अनुसार जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलासमा बहस भइरहेको छ। 

कुँवरका अनुसार जाहेरवालातर्फबाट ७ जना र प्रतिवादीका तर्फबाट १० जना कानुन व्यवसायीले बहसका लागि वकालतनामा दर्ता गराएका छन्। थुनछेकको बहसमा दुवै पक्षको बहसपछि अदालतले आदेश जारी गर्नेछ। 

अफगानिस्तानमा छात्रालाई विद्यालय जान प्रतिबन्ध

अफगानिस्तानमा तालिवान सरकारले छात्राहरुका लागि माध्यमिक शिक्षामा रोक लगाएको छ। 

सात महिनापछि विद्यालय खुलेको पहिलो दिनमा नै बुधबार तालिवान सरकारले यस्तो निर्णय गरेको हो। सरकारको यो निर्णयसँगै अब कक्षा ६ भन्दामाथिको औपचारिक शिक्षाका लागि छात्राले विद्यालय जान पाउने छैनन्।

शिक्षा मन्त्रालयले वैकल्पिक योजना तयार नहुन्जेलसम्म छात्राका लागि विद्यालय बन्द रहने सूचना जारी गरेको छ। 

तालिवानका प्रवक्ता ईनामुल्ला समंगनीले उक्त निर्णयको पुष्टि गरिसकेका छन्। शिक्षा मन्त्रालयका प्रवक्ता अजिज अहमद रायनले भने आफूहरूले यो विषयमा तत्काल कुनै टिप्पणी नगर्ने बताएका छन्। 

दुर्घटना भएको जहाजको ब्ल्याकबक्स भेटियो

चीनमा गत सोमबार दुर्घटना भएको विमानको ब्ल्याक बक्स बुधबार भेटिएको छ। 

ब्ल्याकबक्स फेला परेसँगै विमान दुर्घटना हुनुको कारण पत्ता लाग्ने अपेक्षा गरिएको छ। चालक दलका सदस्यसहित १३२ जना सवार यात्रुवाहक विमान दक्षिण पश्चिम चीनमा गत सोमबार दुर्घटना भएको थियो। चाइना इस्टर्न एयरलाइन्सको बोइङ-७३७ विमान चीनको गुआङ्सी क्षेत्रको वुझाउ सहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनामा परेको थियो। 

दुर्घटनालगत्तै उद्धार टोलीहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए। विमान दुर्घटना हुनुमा मौसम सम्वन्धी कारण नभएको सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन्।

घटनास्थलमा पुगेका उद्धारकर्ताहरुले औपचारिक र आधिकारीक रुपमा घटनाका बारेमा विस्तृत जानकारी दिएका छैनन्।

पोग्बाको मेडल चोरी 

फ्रेन्च मिडफिल्डर पाउल पोग्बाले सन् २०१८ को रसिया विश्वकपमा पाएको मेडल चोरी भएको छ।

म्याचेस्टर युनाइटेडका मिडफिल्डरसमेत रहेका पोग्बाले आफ्नो मेडल चोरी भएको बताएका हुन्। पोग्बाले चोरहरुले आफ्नो घर फोरेर चोरी गरेको उल्लेख गरेका छन्। पोग्बाको टिमले च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडको सामना गरिरहेका बेलामा उनको घरमा चोरी भएको थियो।

चोरी भएको समयमा उनका दुई सन्तान र एकजना घरमा रहेको समयमा त्यो चोरी भएको थियो। 

यसअघि फ्रान्समा रहेका नेयमार र एन्जल डि मारियाको घरमा पनि चोरी भएको थियो। 

प्रकाशित: Mar 23, 2022| 20:30 बुधबार, चैत ९, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।