मंगलबार, वैशाख ९, २०८२

म्यादी भर्नामा किसानदेखि विद्यार्थीसम्म

यहाँको शुक्लाफाँटा नगरपालिका–१२ दुबाह घर भएकी चौधरीले यसअघि आफूले सशस्त्र र नेपाल प्रहरीको जवान पदमा पनि दरखास्त दिएको जानकारी दिइन्।
 |  मंगलबार, चैत ८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

vianetvianet

धनगढी- धनगढीमा डेरा गरी कैलाली बहुमुखी क्याम्पसमा स्‍नातक तहमा अध्ययनरत २० वर्षीया जानकी चौधरी मंगलबार महेन्द्रनगरस्थित म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिँदै गर्दा भेटिइन्। सुरक्षा निकायमा जागिर गर्ने रहर रहेको बताउँदै उनले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी प्रहरीका लागि आवेदन दिएको बताइन्। यहाँको शुक्लाफाँटा नगरपालिका–१२ दुबाह घर भएकी चौधरीले यसअघि आफूले सशस्त्र र नेपाल प्रहरीको जवान पदमा पनि दरखास्त दिएको जानकारी दिइन्। 

triton college

'मेरै आफन्त मात्रै यहाँ म्यादीमा भर्ना हुन छ-सात जनाभन्दा बढी आएका छन्', उनले भनिन्, 'पछि गएर प्रहरीमा भर्ना हुन सहज होला भन्ने सोचेर म्यादीका लागि आएकी हुँ।' उनीसँगै म्यादी प्रहरीमा भर्ना हुन महेन्द्रनगर पुगेकी शुक्लाफाँटाकै सङ्गीता चौधरीले म्यादी हुने रहरले भर्ना हुन आएको बताए। प्रमाणपत्र तहमा अध्ययनरत सङ्गीताले म्यादीबाट आउने तलब सुविधाले केही समय खर्च चल्ने आसले आएको बताए। 'घरबाट पनि भर्ना हुन जान सहमति दिए', चौधरीले भने, 'अनुभव पनि होला भनेर आएँ।'

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी भर्ना आवेदन खुलेयता दैनिक ५०० देखि एक हजार आवेदनका लागि धाइरहेका छन्। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी भर्ना आवेदन खुला गरेसँगै कञ्चनपुरका ग्रामीण बस्तीबाट भर्नाका लागि सयौँ युवा, विद्यार्थी, कृषकदेखि गृहिणीसम्म आइरहेको प्रहरीले जनाएको छ।

यहाँको शुक्लाफाँटा–१ बन्साहका गोविन्दा राना थारुले पाँचौँ पटक मंगलबार म्यादीका लागि दरखास्त दिए। 'विसं २०४८ यता प्रायः निर्वाचनमा मेरो म्यादी भएर खटिएको अनुभव छ', ५२ वर्षीय रानाले भने, 'अब उमेर पनि अन्तिम भएकाले फेरि भर्ना हुन आइहालेँ।' उनले भर्नामा पूर्वसुरक्षाकर्मीका साथै पूर्व म्यादी प्रहरीलाई पनि छनोटमा ग्राह्यता मिल्नेमा आशावादी रहेको बताए।

'अहिलेसम्म भर्ना हुँदा तोकिए र निर्देशनबमोजिम ड्युटी गर्दै आएँ', उनले भने, 'अहिले खेतीपातीको काम पनि खासै नभएकाले भर्नाका लागि आएँ।' शुक्लाफाँटाकै ५३ वर्षीय जयलाल डगौँरा पनि दोस्रो पटक म्यादी हुन जिल्ला प्रहरीमा पुगेका छन्। 'अब उमेरले पनि अर्को पटक दिन मिल्दैन, घरमा कामकाज नभएपछि म्यादीका लागि आएँ', उनले भने, 'यसअघि विसं २०७४ मा पनि म्यादी थिएँ।' गाउँमा खेती किसानी गर्ने चौधरीसँगै गाउँबाट धेरै युवा पनि म्यादी भर्नाका लागि यहाँ आएको बताए। 

National life insurance

जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ एक हजार ४०० भन्दा बढी सङ्ख्यामा म्यादी भर्ना गरिनेछ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले तीन दिनमा दुई हजार ५७० ले म्यादी भर्नाका लागि आवेदन दिएको बताए।

'यहाँ पूर्वप्रहरीदेखि पहिलेका म्यादी र युवा पुस्ता गरी सबै भर्नाका लागि आएका छन्', उनले भने, 'आवेदन समय सकिएपछि छनोट प्रक्रिया सुरु हुनेछ।' उनले भर्नाका लागि छुट्टै डेस्क नै खडा गरिएको जानकारी दिए।


प्रकाशित: Mar 22, 2022| 21:40 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।