सोमबार, मंसिर २२, २०८२

म्यादी मोह [तस्बिरहरू]

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलाइएको छ। आइतबार देशका सबै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन आह्वान गरेका छन्।
 |  आइतबार, चैत ६, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, चैत ६, २०७८

काठमाडौं- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलाइएको छ। आइतबार देशका सबै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन आह्वान गरेका छन्। 

National life

१८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म निवेदन दिन सक्नेछन्। 

भर्ना हुन स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्नेछ। ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो। म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ।

म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउनेछन्। छनोट भएका म्यादी प्रहरीलाई सात दिन तालिम दिएर खटाउने गृह मन्त्रालयले जनाएको छ। 

​म्यादी प्रहरीले दिनको ७५६ रुपैयाँका दरले तलब पाउँनेछन्। ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च पाउने छन्।

Laxmi sunrise bank
kumari

सोही अनुरुप आवेदन माग गरिएका देशका विभिन्न प्रहरी निकायहरूमा पुगेर युवाहरूले म्यादी प्रहरीका लागि आवेदन दिइरहेका छन्। काठमाडौं उपत्यकामा सम्बन्धित निकायमा पनि बिहानैदेखि म्यादी प्रहरीका लागि निवेदन दिने युवाहरूको भिड लागेको छ।

प्रकाशित: Mar 20, 2022| 11:22 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।