सोमबार, कात्तिक १०, २०८२

सुदूरपश्चिमका अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष नियुक्त

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कृष्णनन्द भट्टलाई नियुक्त गरिएको छ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

कञ्चनपुर- सुदूरपश्चिमका विभिन्न अस्पतालमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नियुक्त गरिएको छ। महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कृष्णनन्द भट्टलाई नियुक्त गरिएको छ।

Kumaribank

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयबाट भट्टलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो। अस्पताल व्यवस्थापन समितिको सदस्यमा वीरेन्द्र भट्ट र रघुविर धामी छन्।

सुदूरपश्चिम प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीका अनुसार सेती प्रादेशिक अस्पतालको अध्यक्षमा नरबहादुर शाह (निर्मल) र टीकापुर अस्पतालमा झपटबहादुर सोडारीलाई नियुक्त गरिएको छ।

यसैगरी अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरा अस्पतालको अध्यक्षमा मानबहादुर कार्की, बझाङ अस्पतालमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालको अध्यक्षमा पार्वती भट्टलाई नियुक्त गरिएको छ।

प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुदूरपश्चिमको डोटी अस्पतालबाहेक सबै अस्पतालमा व्यवस्थापन समिति चयन गरेको छ।

Metro Mart

प्रकाशित: Mar 18, 2022| 11:20 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।