सोमबार, मंसिर २२, २०८२

होलीको हर्षोल्लास [फोटो फिचर]

विगतका तुलनामा यस वर्षको फागु तुलनात्मक रूपमा सभ्य बन्दै गइरहेको प्रहरीले जानकारी दिएको छ। कोरोनाको जोखिम कायमै रहेकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ।
 |  बिहीबार, चैत ३, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, चैत ३, २०७८

काठमाडौं- फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व बिहीबार काठमाडौं उपत्यकासहित हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाउने कार्यक्रम जारी छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। 

National life

विगतका तुलनामा यस वर्षको फागु तुलनात्मक रूपमा सभ्य बन्दै गइरहेको प्रहरीले जानकारी दिएको छ। कोरोनाको जोखिम कायमै रहेकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ। 

बसन्तपुरमा उपस्थित सर्वसाधारणले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाइएको छ। उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ। फागु पर्वमा चीरोत्थानको परम्परा फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु पर्व सुरु गरिन्छ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ।

राजधानीका विभिन्न स्थानमा मनाइएको होली पर्वका तस्बिर

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 17, 2022| 14:30 बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।