मंगलबार, असोज १, २०८१

बार निर्वाचन : कसले कति खर्च गर्दैछन्?

प्यानल नै बनाएर मनोनयन दर्ता गराएका प्रतिस्पर्धी कानुन व्यवसायीहरू देशैभर आफ्नो पक्षमा माहौल बनाउन लागि परेका छन्।
 |  शुक्रबार, चैत ४, २०७८
nespernesper

दिलीप कुँवर

दिलीप कुँवर

शुक्रबार, चैत ४, २०७८

काठमाडौं- नेपाल बार एसोसिएसनको निर्वाचन मिति नजिकिएसँगै कानुन व्यवसायीहरू तयारीमा सक्रिय बनेका छन्। उनीहरू प्रचार–प्रसारको दौडधुपमा जुटेका छन्। 

triton college

मनोनयन दर्ताको लागि अन्तिम मिति फागुन २३ गते दिउँसो ३ बजेसम्म तोकिएको थियो। निर्वाचन भने चैत्र १९ गते देशभरका ३५ निर्वाचन केन्द्रमा एकैसाथ हुने छ। प्यानल नै बनाएर मनोनयन दर्ता गराएका प्रतिस्पर्धी कानुन व्यवसायीहरू देशैभर आफ्नो पक्षमा माहौल बनाउन लागि परेका छन्।

बारको २६औं केन्द्रीय कार्यसमितिअन्तर्गत अध्यक्षका लागि मुख्य दुई जना बलिया उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र गोपालकृष्ण घिमिरेबीच चुनावी प्रतिस्पर्धा हुनेछ।

त्यसो त, निर्वाचन आयोगका अनुसार बारको चुनाव पनि खर्चिलो नै मानिन्छ। बारको निर्वाचनमा आखिर कति रकम खर्च हुन्छ त? प्यानल र अन्य उम्मेदवारहरूले खर्च हुने रकम कसरी व्यवस्थापन गर्दैछन्? 

गठबन्धनले ६० लाख खर्च गर्दै

Metro Mart
vianet

बारको नयाँ नेतृत्वको लागि बलियो उम्मेदवार हुन्, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे। कांग्रेसनिकट घिमिरेलाई सत्तारुढ गठबन्धनले अघि सारेको हो। 

सत्तारुढ प्यानलले चुनावको लागि करिब ६० लाख खर्च गर्ने भएको छ। विभिन्न उम्मेदवारीको शुल्कसहित उक्त रकम खर्च हुने भएको हो। गठबन्धनका कानुन व्यवसायीहरूबाटै पैसा उठाएर चुनाव खर्चको व्यवस्थापन गरिएको अध्यक्षका दाबेदार घिमिरेले जानकारी दिए। 

सत्तारुढ प्यानलले चुनावको लागि करिब ६० लाख खर्च गर्ने भएको छ। विभिन्न उम्मेदवारीको शुल्कसहित उक्त रकम खर्च हुने भएको हो। 

वरिष्ठ अधिवक्ताको हकमा ५० हजार, अधिवक्ताको हकमा ३० हजार र अन्य समर्थकहरूको मापदण्ड अनुसार पैसा संकलन गरेर चुनावी प्रचारमा लागेको उनले स्पष्ट पारे। उनले भने, ‘३५ निर्वाचन केन्द्रसम्म जाँदा–आउँदा यातायातमा सबैभन्दा बढी खर्च हुन्छ, अरू त सामान्य खर्च हो।’ 

घोषणा पत्र तथा प्रतिबद्धता पत्र प्रिन्ट गर्न र विभिन्न ठाउँसम्म पुर्‍याउन करिब १० लाख खर्च हुने अनुमान गरिएको छ। त्यस्तै मतदाताहरूको यातायातमा पनि करिब २० लाखभन्दा बढी रकम खर्च हुने गठबन्धनले जनाएको छ। 

यद्यपि, गठबन्धनले फागुन २८ गतेदेखि नै प्रचार प्रसारको यात्रा सुरु गरेको पनि घिमिरेले जानकारी दिए। हालसम्म पश्चिमका कञ्चनपुर, बाँके, बर्दिया, नेपालगन्ज, दाङ, घोराही, रुपन्देही, बुटवल, पाल्पा, स्याङ्जा र पोखराको यात्रा सकिएको उनले स्पष्ट पारे। 

‘शुक्रबार राजधानीमै एउटा कार्यक्रम छ, त्यो सकेर फेरि शनिबार हामी पूर्वी जिल्लाहरूको यात्रामा निस्कनेछौं’, उनले भने, ‘हामीले हाम्रो सबै मतदाताहरूलाई भेट्ने प्रयास गरिरहेका छौं।’ 

देशभरका नयाँ कानुन व्यवसायीलाई स्थापित गर्ने एजेण्डालाई प्राथमिकतामा राखेर आफूहरू प्रचार प्रसारमा लागेको घिमिरे दाबी गरे। 

प्रतिपक्षी भन्छ- आवश्यक खर्च गछौं, तर मत किन्दैनौं

वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी बारमा नयाँ नेतृत्वको लागि अर्का बलिया उम्मेदवार हुन्। करिब ३२ वर्षे लामो कार्यसम्पादनको अनुभव छ, उनीसँग। उनलाई प्रतिपक्षी एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठनले अघि सारेको हो। 

यस समूहले भने चुनावमा सक्दो कम रकम खर्च गर्ने बताएको छ। संगठनले आवश्यक खर्चबाहेक मत नै किन्न भने पैसा खर्च नगर्ने निर्णय गरेको अध्यक्षका दाबेदार अधिकारीले स्पष्ट पारे। 

जनता र कानुन व्यवसायीहरूको माग तथा एजेण्डालाई सम्बोधन गरेर काम गर्न सके नयाँ मतदाताहरू आफै थपिने अधिकारीको तर्क छ। उनले भने, ‘आवश्यक खर्च गछौं, तर मत किन्दैनौं।’ 

चुनावको लागि ३० लाखभन्दा बढी रकम खर्च नगर्ने संगठनले निर्णय गरेको हो। मतदाताहरूको यातायात खर्च पनि व्यहोर्नुपर्ने भएकाले बढीमा ३० लाखसम्म खर्च हुने संगठनका अध्यक्ष भोजराज आचार्यले जानकारी दिए। उनले भने, ‘हामीले त अझै ८/१० लाखमात्र खर्च गर्ने सोचेका थियौं, तर मतदाताको दुखलाई बुझेर यातायात खर्च व्यहोनुपर्ने भएकाले ३० लाखसम्मको खर्च अनुमानित छ।’

पैसा खर्च गरेर दुई–चार वटा मत किन्न सकिए पनि जनता र कानुन व्यवसायीको भावना किन्न नसकिने उनको तर्क छ। 

संगठनको कार्य समिति सदस्य र समर्थकबाट पैसा उठाएर चुनावी खर्च व्यवस्थापन गरिएको पनि आचार्यले स्पष्ट पारे। 

वरिष्ठ अधिवक्ताको हकमा ३० हजार, अधिवक्ताको हकमा २० हजार र समर्थकहरूको हकमा १० हजारदेखि २० हजारसम्म रकम उठाउनुपर्ने मापदण्ड तोकिएको छ। 

चुनावको लागि ३० लाखभन्दा बढी रकम खर्च नगर्ने संगठनले निर्णय गरेको हो। मतदाताहरूको यातायात खर्च पनि व्यहोर्नुपर्ने भएकाले बढीमा ३० लाखसम्म खर्च हुने संगठनका अध्यक्ष भोजराज आचार्यले जानकारी दिए। 

यसरी उठाइएको रकमले नै यातायात खर्च, घोषणा तथा प्रतिबद्धता पत्रको प्रकाशन तथा छपाई, मतदाताको आउजाउ खर्च टार्ने आचार्यले जानकारी दिए। 

हालसम्म यस प्यानलले पनि पश्चिमका आधा दर्जन जिल्लाहरूमा पुगेर प्रचार प्रसारको काम सकिसकेको छ। आगामी आइतबारबाट फेरि पूर्वी जिल्लाको यात्रा तय भएको संगठनले बताएको छ। 

अन्य उम्मेदवार र मतदाताको संख्या

बारको अध्यक्षमा घिमिरे र अधिकारीबाहेक अन्य ६ जनाले पनि उम्मेदवारी दर्ता गराएका छन्। उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेगो, पृथ्वीनाथ राई र अमिता लक्ष्मी सैंजु श्रेष्ठले विभिन्न कोटाबाट उम्मेदवारी दर्ता गराएका हुन्। 

उनीहरू पनि अहिले प्रचार–प्रसारको लागि विभिन्न जिल्लाहरू पुगेका छन्। उनीहरूले पनि प्रतिव्यक्ति १५ लाखसम्म खर्च गरेको प्रमुख निर्वाचन अधिकृत उषा मल्ल अनुमान लगाउँछिन्। बारको चुनावअन्तर्गत दुई प्यानल र अन्य उम्मेदवारले गरिरहेको समग्र खर्च जोड्ने हो भने करिब २ करोड पुग्ने उनको तर्क छ। 

बारको चुनावका लागि ९ हजार ५ सय ८८ मतदाताहरू भए पनि करिब साढे ८ हजार मात्र मत खस्ने अनुमान गरिएको पनि प्रमुख निर्वाचन अधिकृत मल्लले जानकारी दिइन्। 

‘सोलुखुम्बु, इलाम, अछाम र दार्चुलाका ३/३ जना मतदाताहरू सहभागी हुनेछन्’, उनले भनिन्, ‘सबैभन्दा धेरै ललितपुरबाट मात्रै २ हजार २ सय ५ जना अधिवक्ताहरू छन्।’ 

निर्वाचनले बारको नयाँ कार्य समितिअन्तर्गत एक अध्यक्ष, आठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, १४ सदस्य चयन गर्नेछ। 

महासचिवमा राधेश्याम सुवास, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, उमेश प्रसाद, अञ्जिता खनाल र इन्द्रबहादुर अधिकारीले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा जगतबहादुर कार्की र गोविन्दराज उपाध्यायको उम्मेदवारी छ।

प्रकाशित: Mar 18, 2022| 07:32 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...