सोमबार, भदौ १, २०८३

मगर संघको महाधिवेशन कार्यतालिका सार्वजनिक

नेपाल राष्ट्रि मगर संघको महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको छ। संघको केन्द्रीय समितिको ११ औं पूर्ण बैठक सभापति ओमबहादुर घर्ती मगरको अध्यक्षतामा बसी तेस्रो राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

काठमाडौं- नेपाल राष्ट्रि मगर संघको महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको छ। संघको केन्द्रीय समितिको ११ औं पूर्ण बैठक सभापति ओमबहादुर घर्ती मगरको अध्यक्षतामा बसी तेस्रो राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो। 

जसमा वडा अधिवेशन र पालिका अधिवेशन चैत्र मसान्तसम्म गरिने भएको छ। जेठ १४ भित्र जिल्ला अधिवेशन, जेठ २१ भित्र प्रदेश अधिवेशन 

र असार ५ र ६ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरिएको छ। 

"जागरण, रुपान्तरण र मगर एकताको पक्षमा तेस्रो राष्ट्रिय महाधिवेशन भन्‍ने मुल नारासहित काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरिएको हो। नेपाल राष्ट्रिय मगर संघ प्रदेश अधिवेशनका लागि तपशिल बमोजिम केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ।

प्रदेश १, श्रीप्रसाद भलामी मगर 

मधेस प्रदेश, इच्छु राना मगर

वाग्मती प्रदेश, कुसुमदेवि थापा मगर

गण्डकी प्रदेश, दिनेश थापा मगर

लुम्बिनी प्रदेश, कृष्ण थापा मगर

कर्णाली प्रदेश, उमा थापा मगर

सुदूरपश्चिम प्रदेश, जितराज राना मगर 



प्रकाशित: Mar 16, 2022| 22:07 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...