सोमबार, भदौ १, २०८३

मधेशको विकासका लागि मधेशी शासक आवश्यक : राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशको विकासका लागि मधेशी शासक आवश्यक रहेको बताएका छन्।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

धनुषा- लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशको विकासका लागि मधेशी शासक आवश्यक रहेको बताएका छन्। मंगलबार जनकपुरधाममा होली पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले शासन सत्तामा मधेसीको सहभागिता नभएसम्म मधेशको विकास हुन नसक्ने बताएका हुन्। 

मधेशले देशमा ठूलो योगदान गरे पनि शासन व्यवस्थामा खसहरूकै नेतृत्व रहेकाले मधेशको विकास हुन नसकेको दाबी गरे। मधेशलाई काठमाडौंको हेर्ने दृष्टिकोण फरक रहेको उनको भनाइ छ।

काठमाडौंबाट शासन गर्ने शासकहरूले अझै मधेशलाई स्वीकार गर्न नसकेको महतोले आरोप लगाए। खसवादी शासकले ढाका टोपीमा मात्र राष्ट्रवाद देख्ने गरेको उनले बताए। ‘यो नक्कली राष्ट्रवादको परिभाषा परिवर्तित हुनैपर्छ, मधेसीभन्दा यो देशमा कोही ठूलो राष्ट्रवादी छैनन्,’ उनले भने।

प्रकाशित: Mar 16, 2022| 09:05 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...