आइतबार, मंसिर ७, २०८२

यू-१८ महिला साफ च्याम्पियनसिप, आज नेपाल र भारत भिड्दै

प्रतियोगिता खेल्नका लागि नेपाली टिम शनिबार भारत प्रस्थान गरेको थियो। प्रतियोगिताको पहिलो खेल आज राति सवा ७ बजे सुरु हुनेछ। आज नेपाल आयोजक भारतलाई हराउँदै प्रतियोगिताको सुखद् सुरुआत गर्न चहान्छ।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

काठमाडौं- यू १८ महिला साफ च्याम्पियनसिप आजबाट भारतको जमशेदपुरमा सुरु हुँदैछ। प्रतियोगिताको उपाधि लक्ष्यका साथ उपस्थित भएको नेपालले उद्घाटन खेलमा आयोजक भारतको सामना गर्दैछ।

National life

प्रतियोगिता खेल्नका लागि नेपाली टिम शनिबार भारत प्रस्थान गरेको थियो। प्रतियोगिताको पहिलो खेल आज राति सवा ७ बजे सुरु हुनेछ। आज नेपाल आयोजक भारतलाई हराउँदै प्रतियोगिताको सुखद् सुरुआत गर्न चहान्छ।

यता भारत भने लामो समयदेखि यू १७ फुटबल विश्वकपको तयारी गरिरहेको छ। यू १७ को विश्वकप खेल्ने अघिकांश खेलाडीले यो प्रतियोगिता खेलिरहेका छन्।

नेपाली टिमका मूख्य प्रशिक्षक दर्शन भत्तराजले घरेलु टिमविरुद्ध खेल्न कठिन हुने भए पनि उत्कृष्ट खेल प्रस्तुत गर्ने बताएका छन्।

यसअघि बंगलादेशमा आयोजना भएको यू- १९ साफ प्रतियोगितामा नेपालले भारतसँग हार बेहोरेको थियो। त्यसकारण पनि नेपाल त्यो खेलको बदला लिने दाउमा भने हुनेछ। च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेश गरी तीन टोली खेल्दैछन्।

Laxmi sunrise bank
kumari

च्याम्पियनसिप डबल राउण्ड रोबिन ढाँचामा खेलाइने छ, जसमा उच्चतम अंक प्राप्त गर्ने टोली च्याम्पियन हुनेछ।

टिमले नेपाली टिम कप्तानको रूपमा प्रीति राईलाई छन्। प्रीतिले नेपाली सिनियर महिला टिममा डेब्यू गरिसकेकी छन् भने यू-१५ मा पनि कप्तानी गरेको अनुभव उनीसँग छ।

पछिल्लो वर्ष बंगलादेशमा भएको यू-१९ को महिला साफ फुटबल प्रतियोगिता नेपाली टिमको कप्तान अञ्जना राना मगर थिइन्। उनको कप्तानीमा नेपालले उपाधि नजिते पनि नेपालले राम्रो प्रदर्शन गरेको थियो।

नेपाली टिम

सावित्री किसान, लीला जोशी, पूजा थापा, सबिना चौधरी, मञ्जुकुमारी खड्का, प्रतीक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यस्माली मगर, दिपा शाही, हिमा रावत, सरस्वती हमाल, प्रीति राई, सुनकला राई, अञ्जली माछामासी, सारा बज्राचार्य, जेनिफर राणा, सरिश्मा थापा, सदिपा भोलन, कुसुम खतिवडा, अमिषा कार्की, मनमाया दमाई, गरिमा राई

प्रकाशित: Mar 15, 2022| 09:15 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।