आइतबार, कात्तिक ३०, २०८२

'रेनी' को फर्स्टलुक सार्वजनिक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- भदौ ८ मा दर्शकहरू माझ आउने चलचित्र ‘रेनी’को फर्स्टलुक सार्वजनिक भएको छ। त्रिकोणात्मक प्रेम कथामा आधारित रेनीलाई बिमला मल्ल र संजीव मल्लले निर्माण गरेका हुन।
 
नव नायिका सनम मल्लले लेखेको रेनीमा सनम मल्लकै मुख्य भूमिका रहेको छ। साथै सरोज खनाल सुरबीर पण्डित, दिपक ढकाल, गिरिश रिजालको पनि भुमिका रहेको छ।

रेनीलाई गिरिश रिजालले निर्देशन गरेका हुन्। राजधानीका विभिन्न ठाउँमा खिचिएको एक्शन लबस्टोरी ‘रेनी’मा सामाजिक सन्देश पनि रहेको निर्माण पक्षले बताएको छ।
 
विनोद खुम्बु र पुस्कर सुनुवारको संगीत तथा सनम मल्ल र गुरु भुटियाको गीत रहेको रेनीलाई जयराम थापाले खिचेका हुन्। रेनीलाई गोविन्द शाहीले वितरण गर्ने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्