आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • चैत ९ देखि राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता, ६ विधामा हुँदै स्पर्धा

चैत ९ देखि राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता, ६ विधामा हुँदै स्पर्धा

प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी/प्रहरी/एपीएफ)बाट करिब २ सय खेलाडीको सहभागी हुने आयोजक ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

काठमाडौं- भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। चैत ९ गतेदेखि सुरु हुने प्रतियोगितामा ६ विधामा स्पर्धा हुने आयोजकले जानकारी दिएको छ। 

National life

प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी/प्रहरी/एपीएफ)बाट करिब २ सय खेलाडीको सहभागी हुने आयोजक ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

भक्तपुरको लिवालीस्थित कभर्डहलमा हुने प्रतियोगितामा ६ स्पर्धा समावेश छन्। सबैमा नगद पुरस्कार राखिएको छ। यु–१५ पुरुष/महिला सिंगल्समा शीर्ष स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन्। 

पुरुष/महिला सिंगल्सका विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेश्रोले १२ हजार ५ सयका दरले नगद पुरस्कार हात पार्ने छन्। भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्समा पहिलो हुनेलाई ३० हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई ७ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ।

प्रतियोगिताको उद्देश्यमाथि प्रकाश पार्दै अध्यक्ष प्रजापतिले भने– ‘राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न, आपसी सम्बन्ध र भाइचारा विकास गर्न, खेलाडीलाई शारीरिक एवं मानसिक रुपमा स्वस्थ राख्न, खेलाडीलाई कुलत र दूव्र्यसनबाट टाढा राख्न, कोरोना भाइरसका कारण प्रभावित आन्तरिक पर्यटनलाई उकास्न र खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउन प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य हो।’

Laxmi sunrise bank
kumari

आयोजकका अनुसार चारदिने प्रतियोगिता सञ्चालन गर्न करिब १६ लाख ८६ हजार ५ सय रुपैयाँ खर्च हुने छ। आयोजक संघका प्रथम उपाध्यक्ष नवीन प्रजापतिलाई प्रतियोगिता संयोजकको जिम्मेवारी दिइएको छ।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रतियोगितामा संघको प्राविधिक सहयोग रहने जानकारी दिँदै खेल सामग्री उपलब्ध गराउने विषयमा पनि कुराकानी भइरहेको बताए। उनले खेलाडीको वरीयता निर्धारणमा पनि प्रतियोगिताले मान्यता पाउने बताएका छन्।

प्रकाशित: Mar 14, 2022| 23:11 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।