आइतबार, असार २८, २०८३

ड्युटीका प्रहरीमाथि कुटपिट गर्ने ५ जना पक्राउ

ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेको अभियोगमा ५ जना पक्राउ परेका छन्। उनीहरु सिन्धुली र नवलपरासी पूर्वबाट पक्राउ परेका हुन्।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

काठमाडौं- ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेको अभियोगमा ५ जना पक्राउ परेका छन्। उनीहरु सिन्धुली र नवलपरासी पूर्वबाट पक्राउ परेका हुन्। 

सिन्धुलीको मरिण गाउँपालिका-७ का ३६ वर्षीय बसन्त योन्जन सिन्धुलीबाट पक्राउ परेका हुन्। यस्तै पूर्वी नवलपरासी हुप्सेकोट गाउँपालिका-३ रातोडाँडाका ४५ वर्षीय देव बहादुर विकसमेत गरी ४ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। दुवै स्थानबाट आइतबार पक्राउ परेका हुन्। 

योन्जनले सिन्धुली मरिण-६ भुजेल चोकस्थित सडकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेको अभियोग लागेको छ। उक्त स्थानमा बा.५४ प ६१६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरेका मोटरसाइकल चालक बसन्तले प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेको प्रहरीको आरोप छ। 

उता नवलपरासी (पूर्व), हुप्सेकोट गाउँपालिका-३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा देवबहादुरसहितका ४ जना पक्राउ परेका हन्। प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीलाई मादक पदार्थ सेवन गरेका उनीहरूले गालीगलौज गरेपश्चात प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरीलाई हातपात गरेपश्चात उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। हातपातबाट घाइते भएका २ जना प्रहरी कर्मचारीहरू मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार पछि डिस्चार्ज भएका छन्। 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।