मंगलबार, भदौ २, २०८३

तोकिएकै मितिमा निर्वाचन हुन्छ : नेता पाण्डे

सहमहामन्त्री पाण्डेले सरकारले संविधानको कार्यान्वयन गर्न र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरेका छन्।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

मार्तडी- नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले तोकेको मितिमा नै निर्वाचन हुने बताएका छन्। नेपाल प्रेस युनियन बाजुराले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन कुनै हालतमा नसर्ने बताएका हुन्।

सहमहामन्त्री पाण्डेले सरकारले संविधानको कार्यान्वयन गर्न र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरेका छन्।

अहिले गठबन्धनको सरकार भए पनि वडादेखि जिल्लाले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने विषयमा केन्द्रले हस्तक्षेप नगर्ने बताएका छन्। उनले भने स्थानीय तहका सबै वडा, पालिका र जिल्लाले आवश्यकता महसुस गरेअनुसार गठबन्धन हुने र नहुने बारेमा यकिन हुनेछ। 

सहमहामन्त्री पाण्डेले संविधानको रक्षा र त्यसको प्रभावकारी कार्यान्वयनका लागि नेपाली कांग्रेसको नेतृत्वमा अहिलेको सरकार बनेको स्पष्ट गर्दै वर्तमान सरकारले वैशाखको स्थानीय तहको निर्वाचन सकेर जेठ १५ मा बजेट ल्याउने बताए।

नेकपा (एमाले)ले एमसीसीका बारे जनतामा फैलाएको भ्रमलाई चिर्नेगरी नेपाली कांग्रेसले एक महिना अभियान सञ्चालन गर्न लागेको नेता पाण्डेले जानकारी दिए। 

सहमहामन्त्री पाण्डेले हरेक अप्ठ्यारा परिस्थितिमा देश बचाउनका लागि कांग्रेसले नेतृत्व गर्ने गरेको उल्लेख गर्दै एमसीसीका बारेमा जनतालाई स्पष्ट पार्न ७५३ वटै स्थानीय तहका प्रत्येक वडा र टोलमा जनताका माझ जाने गरी कांग्रेसले आइतबारदेखि अभियान सुरु गर्न लागेको जानकारी दिए।

प्रकाशित: Mar 12, 2022| 22:00 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...