मंगलबार, भदौ २, २०८३

देशलाई दिशा दिने माओवादीले नै हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई दिशा दिने काम आफ्नो पार्टीले गर्ने दाबी गरेका छन्।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई दिशा दिने काम आफ्नो पार्टीले गर्ने दाबी गरेका छन्। 

शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले देशलाई कता लैजाने भन्ने मुख्य भूमिका माओवादीको हातमा रहेको बताएका हुन्।

‘राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै छ। गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहन्छ, देशलाई कता लैजाने भन्ने पनि माओवादीकै हात छ,’ अध्यक्ष प्रचण्डले भने।

देश माओवादीकै एजेण्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इशारामा चल्ने उनको दाबी छ। उनले सत्ता गठबन्धनलाई आगामी निर्वाचनभन्दा पछिसम्म पनि कायम राख्ने प्रयासमा आफूहरु रहेको पनि सुनाए। भने,  ‘गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने प्रयासमा छौं। एमसीसीकै कारण देश दुर्घटनामा गइसकेको थियो। त्यो खतरा अहिले टरेको छ।’ 

एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको प्रचण्डले सुनाए। भने, ‘अन्ततः हामीले केन्द्रीय समितिबाट पार्टीलाई एकतावद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन जाने र केही मतभेदलाई छलफलबाट निष्कर्ष निकाल्ने सहमत गरेका छौं, यी सम्पूर्ण विषयको समाधान भइसकेको छ।’

अध्यक्ष प्रचण्ड माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत पुगेका हुन्।

प्रकाशित: Mar 11, 2022| 15:55 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...