मंगलबार, भदौ २, २०८३

पित पत्रकारिता नभई जिम्मेवार पत्रकारिता आजको आवश्यकता : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा प्रेस स्वतन्त्रताको छोटो इतिहास भए पनि त्यसमा राम्रो फड्को मारेको बताएका छन्।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा प्रेस स्वतन्त्रताको छोटो इतिहास भए पनि त्यसमा राम्रो फड्को मारेको बताएका छन्। नेकपा एमाले निकट पत्रकारहरूको पोखरामा सुरु भएको प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्।

ओलीले छोटो समयमा प्रेस स्वतन्त्रताका क्षेत्रमा नेपालमा उलेख्य काम भएको बताउँदै पत्रकारहरूलाई जिम्मेवार पत्रकारिता गर्न आग्रह गरेका छन्।

'अधिकारको पक्षमा संविधानले धेरै कुरा दिएको छ। अब संविधान प्रदत्त अधिकारलाई कसैले खोस्दैन। तर, जिम्मेवार हुनुपर्छ। पित पत्रकारिता नभएर जिम्मेवार पत्रकारिता आजको आवश्यकता हो,' उनले भने। उनले पत्रकारलाई कलम चलाउँदा देश, जनता र विकासप्रति गम्भीर हुन आग्रह गरेका छन्।

उनले न्यायको निम्ति उभिने प्रेस आजको आवश्यकता भएको बताएका छन्। त्यसैले कुनै लोभप्रलोभमा नपरेर स्वतन्त्र भएर कलम चलाउन उनको आग्रह छ।

नेपालमा २००७ सात सालपछि मात्रै स्वतन्त्रताको चेत विकास भएको र २०४६ सालपछि त्यसको विकास भएको उनले बताएका छन्। उनले छोटो समयमा नेपालले सञ्चारका क्षेत्रमा राम्रो फड्को मारेको स्मरण गरे। 

ओलीले अब सञ्चारको योगदानलाई समाजमा सदुपयोग गर्नुपर्ने बताएका छन्। 'हामी राष्ट्रिय अभिभारा र उत्तर दायित्वप्रति जिम्मेवार हुनुपर्छ। कर्तव्य पालनामा ध्यान दिएनौं भने  स्वतन्त्रताको नाममा गम्भीर परिणाम आउन सक्छ,' उनले भने।

प्रकाशित: Mar 11, 2022| 14:01 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...