मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोगबारे छलफल गर्न आइतबार मिति तोकिने

प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोगबारे छलफल गर्न आइतबार मिति तोकिने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग प्रस्ताव संसद्मा अघि बढ्ने भएको छ।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग प्रस्ताव संसद्मा अघि बढ्ने भएको छ। महाभियोग प्रस्तावमाथि आइतबारदेखि संसद्मा छलफल प्रक्रिया अघि बढ्ने भएको हो।

आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोगमाथि छलफल हुने दिन र समय तोक्ने कार्यसूची छ।

यसअघि प्रतिनिधिसभाले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको थियो। समितिमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मिनबहादुर विक, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह सदस्य छन्। 

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले १ फागुनमा प्रधान न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए। सो प्रस्तावमा ९८ सांसदले हस्ताक्षर गरेका छन्। महाभियोग प्रस्ताव दर्ता भएसँगै राणा निलम्बनमा परेका छन्। 


प्रकाशित: Mar 11, 2022| 13:53 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...