मंगलबार, भदौ २, २०८३

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश

बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं– बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष कुश्मा चन्द कांग्रेस प्रवेश गरेकी हुन्। 

नेपाली कांग्रेस बैतडीले शिवनाथ गाउपालिका सुल्लेखानमा बिहीबार आयोजना गरेको सभामा चन्द कांग्रेस प्रवेश गरेकी हुन्। उनीसँगै एमालेका कार्यकर्तासमेत कांग्रेस प्रवेश गरेका छन्। चन्दलाई कांग्रेस सहमहामन्त्री बद्री पाण्डले पार्टीमा स्वागत गरेका छन्। 

मंगलबार मात्रै सिन्धुपाल्चोकको बेलफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरेका थिए।

प्रकाशित: Mar 10, 2022| 14:43 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...