मंगलबार, भदौ २, २०८३

सर्लाही कांग्रेसको अधिवेशन फागुन २८ मा

नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन फागुन २८ गते हुने भएको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

सर्लाही- नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन फागुन २८ गते हुने भएको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सर्लाही जिल्लाको अधिवेशन गराउन खटाएका निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले बुधबार सूचना निकालेर २८ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जानकारी गराएका हुन्।

सूचनामा २८ गते पब्लिक माध्यमिक विद्यालय मलंगवालाई नै मतदानस्थल तोकिएको छ।

यसअघि फागुन २३ गते मतदानको सम्पूर्ण तयारी भइसकेको अवस्थामा पार्टीको संस्थापन र संस्थापन इतर समूहको विवादले मतदान स्थगित भएको थियो। दुवै पक्षबीचको सहमतिका आधारमा फागुन २८ मा निर्वाचन हुने गरी अधिवेशनको मिति तोकिएको बताइएको छ।

प्रकाशित: Mar 10, 2022| 09:55 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...