मंगलबार, भदौ २, २०८३

एमसीसीबारे माधव नेपाललाई बाबुरामका तीन प्रश्‍न

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई इंगित गर्दै एमसीसीबारे तीन प्रश्‍न गरेका छन्।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई इंगित गर्दै एमसीसीबारे तीन प्रश्‍न गरेका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले प्रश्‍न गरेका छन्, 'राष्ट्रिय हितभन्दा पार्टीको हित वा सत्तास्वार्थलाई माथि राख्नु कति ठीक हो? राष्ट्रिय हितविपरित भए पास गर्न मिल्छ? यो कस्तो राजनीति हो? '

उनले सत्ता स्वार्थका लागि लागि एमसीसी पास गरेको हो भन्दै नेता नेपाललाई प्रश्‍न गरेका हुन्। उनले ट्विटरमार्फत भनेका छन्, 'एमसीसी अनुदानसम्झौता संसदबाट पारित गरिएको राष्ट्रिय हितमा भएकाले हो कि पास नगरिएको भए सरकारबाट बाहिरिनुपर्थ्यो वा पार्टी नै समाप्त हुन्थ्यो भनेर हो?' 

यसअघि एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसी पारित गर्न सहमत नभएको भए सरकारबाट बाहिरिनुपर्ने अवस्था आउने बताएका थिए। पार्टीका सम्माननीय नेता झलनाथ खनालले चर्को विरोध गरिरहँदा पनि एकीकृत समाजवादीका अन्य सांसद्हरु भने एमसीसी अनुमोदन हुनुपर्ने पक्षमा उभिएका थिए। 

फागनु ८ गते संसद्‌मा टेबल गरिएको एमसीसी फागुन १५ गते बहुमतका साथ संसद्‌बाट अनुमोदन गरिएको थियो। 


प्रकाशित: Mar 09, 2022| 20:51 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...