मंगलबार, भदौ २, २०८३

स्थानीय निर्वाचनमा केन्द्रित हुन अध्यक्ष नेपालको आह्वान

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिंगो पार्टी पंक्तिलाई पूर्ण उत्साहका साथ स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन आह्वान गरेका छन्।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिंगो पार्टी पंक्तिलाई पूर्ण उत्साहका साथ स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन आह्वान गरेका छन्। 

पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले पार्टीको सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई स्थानीय निर्वाचनमा केन्द्रित हुन आह्वान गरेका हुन्। 

साथै बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी पंक्तिलाई एकताबद्ध भएर अघि बढ्न अपिल गर्नुभएको थियो। बैठकमा राजनीतिक प्रतिवेदनका अतिरिक्त सम्पर्क मञ्च सञ्चालन निर्देशिका र मोर्चा संगठन सञ्चालन निर्देशिका पनि छलफलका लागि प्रस्तुत गरिएको थियो। 

बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन र मञ्च सञ्चालन निर्देशिका र मोर्चा संगठन सञ्चालन निर्देशिकामाथि छलफल गरी सुझाव प्रस्तुत गर्न केन्द्रीय सदस्यहरूलाई नौ वटा समूहमा विभाजन गरिएको तथा समूह छलफल जारी रहेको पार्टीका महासचिव डा बेदुराम भुसालले बताए। समूह छलफलका निष्कर्षहरू बिहीबारको बैठकमा प्रस्तुत गरिने जानकारी पनि उनले दिए। 

प्रकाशित: Mar 10, 2022| 00:00 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...