मंगलबार, भदौ २, २०८३

'कांग्रेसको रूख नै सुकिसक्यो, माओवादी अन्योलको पोको'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जनतालाई देखाउने गरी कुनै काम गर्न नसकेको बताएका छन्।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

रंगेली– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जनतालाई देखाउने गरी कुनै काम गर्न नसकेको बताएका छन्। एमाले मोरङले रंगेलीमा बुधबार आयोजना गरेको तराई मधेश केन्द्रित जनसभामा उनले कांग्रेसले नेतृत्व गरेको समयमा सरकारले कुनै काम गर्न नसकेको आरोप लगाए। 

अध्यक्ष ओलीले कांग्रेसको पात मात्रै हैन, रूख नै सुकेको टिप्पणी गरे। निर्वाचन आयोगले मतपत्र हरियो रङमा छाप्ने निर्णयको अध्यक्ष ओलीले विरोध गरे। उनले भने, ‘निर्वाचन आयोग कांग्रेसतिर झुक्यो, यो मान्य छैन।’

अध्यक्ष ओलीले एमालेलाई अहिले हाइसन्चो भएको बताए। एमाले चोइटिए पनि कुनै असर नभएको उनले दाबी गरे। उनले भने, ‘पिलो निचोरिएको जस्तो भएको छ। एमालेमा आकर्षण बढ्दै गएको छ।’ अध्यक्ष ओलीले माओवादी पार्टी नभएर अन्योलको पोको भएको बताए। उनले माओवादी पार्टी नै नभएकाले नअल्मलिई एमालेमा आउउन आग्रह गरे। 

कार्यक्रममा रंगेली नगरपालिकाका मेयर एवं उद्योगी दीलिपकुमार बगडिया (अग्रवाल) र उपमेयर केशवकुमारी खराल, वडाध्यक्षहरू रामचन्द्र मण्डल, महानन्द मण्डल र कृष्ण खनाल नेकपा एमालेमा प्रवेश गरेका थिए। 

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मेयर, उपमेयर र वडाध्यक्षहरू नेकपा माओवादी केन्द्रबाट विजयी बनेका थिए। मेयर बगडिया र उपमेयर खरालसहितलाई एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली लगायतका नेताहरुले पार्टी प्रवेश गराएका हुन्। 

बगडियालगायतका जनप्रतिनिधिलाई पार्टी प्रवेश गराउनकै लागि एमालेले रंगेलीमा वृहत जनसभाको आयोजना गरेको हो। विभिन्न दल परित्याग गरेका ४ हजार ७ सय १० जनालाई पार्टीमा प्रवेश गराइएको एमालेले जनाएको छ।

प्रकाशित: Mar 09, 2022| 15:34 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...