आइतबार, वैशाख ७, २०८२

माओवादी केन्द्र : शीर छ, संगठन छैन

आफ्नो संगठन निकै बलियो रहेको बताउँदै आएको छ माओवादीले। तर, शीर्ष नेताहरुले संगठन बलियो रहेको बताए पनि केन्द्रीय कमिटीदेखि जिल्ला तथा जनवर्गीय संगठनका कमिटीहरूले पूर्णता पाएका छैनन्।
 |  बुधबार, फागुन २५, २०७८
nespernesper

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

बुधबार, फागुन २५, २०७८

vianetvianet

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुको दाबी मान्ने हो भने सो पार्टीसँग ८ लाख सक्रिय कार्यकर्ता छन्। नेताहरुलाई सार्वजनिक रुपमै भन्दै आएका छन्– माओवादीका १५ लाख मतदाता छन्।

triton college

आफ्नो संगठन निकै बलियो रहेको बताउँदै आएको छ माओवादीले। तर, शीर्ष नेताहरुले संगठन बलियो रहेको बताए पनि केन्द्रीय कमिटीदेखि जिल्ला तथा जनवर्गीय संगठनका कमिटीहरूले पूर्णता पाएका छैनन्। 

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेपछि दलहरु निर्वाचन तयारीमा जुटिसकेका छन्। सत्तारुढ दल नेपाली कांग्रेसले त निर्वाचन तयारीका लागि ७७ वटै जिल्लामा कमाण्डरसमेत तोकिसकेको छ। तर, माओवादी भने केन्द्रीय कमिटी विस्तारमै अल्झेको छ। सात प्रदेशका इन्चार्जमात्र तोकेको माओवादीभित्र केन्द्रीय सदस्य र पदाधिकारी विवाद कायमै छ। 

देशभरि पार्टी सदस्यता लिएका नेता–कार्यकर्ता कति छन् भन्ने वास्तविक तथ्यांक पनि माओवादीसँग छैन। नेताहरूले आफूअनुकूल कार्यकर्ता संख्या दाबी गर्दै आएका छन्।  

२०७४ को आम निर्वाचनमा तेस्रो भएको माओवादी केन्द्रले प्राप्त गरेको समानुपातिक मत १३ लाख ३ हजार हो। प्रत्यक्षतर्फ एमालेसँग ६०–४० को गठबन्धन बनाई निर्वाचनमा गएको माओवादीसँग अहिले प्रतिनिधिसभामा ४७ सांसद छन्।

National life insurance
आफ्नो संगठन निकै बलियो रहेको बताउँदै आएको छ माओवादीले। तर, शीर्ष नेताहरुले संगठन बलियो रहेको बताए पनि केन्द्रीय कमिटीदेखि जिल्ला तथा जनवर्गीय संगठनका कमिटीहरूले पूर्णता पाएका छैनन्। 

सर्वोच्च अदालतको आदेशबाट तत्कालीन नेकपासँग २३ फागुन ०७७ मा छुट्टिएपछि माओवादी केन्द्र पुनगर्ठित भयो। त्यतिबेला नै अध्यक्ष प्रचण्डले संगठन संरचना सुदृढ बनाएर पार्टी अगाडि बढाउने बताएका थिए। तर, पुनर्गठित भएको एक वर्ष बित्दासमेत माओवादी संगठनले पूर्णता पाउन सकेको छैन। 

गएको पुस ११ देखि २० गतेसम्म माओवादीको आठौं भयो। तर, महाधिवेशन सकिएको तीन महिना बितिसक्दा पनि माओवादी केन्द्रीय कमिटीको पदाधिकारी, स्थायी कमिटी तथा विभाग गठन हुन सकेको छैन। यो साता बसेको केन्द्रीय कमिटीको दुईवटा बैठक पनि केही घण्टामात्र चलेर सारिएको छ।  

माओवादी केन्द्रीय सदस्य मातृका यादवका अनुसार पार्टीले इन्जार्ज तोकेर आ–आफ्नो प्रदेश र जिल्ला जान केन्द्रीय सदस्यलाई निर्देशन दिएको छ। अब बस्ने केन्द्रीय कमिटी बैठकले ठोस कार्यविभाजन गर्ने उनले बताए।

‘अध्यक्षज्यूकै प्रतिवेदनमा संगठन कमजोर भएको यथार्थ उल्लेख छ,’ नेपाल समयसँग यादवले भने, ‘कहाँकहाँ कमजोर छ त्यो यकिन गरेर पार्टीले काम गर्छ। नेतृत्वबाट संगठन निर्माणमा जे निर्देशन आउँछ, हामी त्यसैअनुसार चल्छौं।’

पार्टी महाधिवेशन अगाडि माओवादीले जिल्ला, प्रदेश तथा स्थानीय तहमा सम्मेलन गरेर नयाँ नेतृत्व चयन गरेको थियो। मंसिर ५ गते देशभरिका वडामा पहिलोपटक वडा सम्मेलन गरेको थियो। सबै वडामा सहमतिमै नेतृत्व चयन गरिएको थियो। यसबाहेक जिल्ला र प्रदेश कमिटीमा सहमतिमै पदाधिकारी चयन गरिए पनि बागमती प्रदेश कमिटीमा भने निर्वाचन गरिएको थियो।

गएको पुस ११ देखि २० गतेसम्म माओवादीको आठौं भयो। तर, महाधिवेशन सकिएको तीन महिना बितिसक्दा पनि माओवादी केन्द्रीय कमिटीको पदाधिकारी, स्थायी कमिटी तथा विभाग गठन हुन सकेको छैन। यो साता बसेको केन्द्रीय कमिटीको दुईवटा बैठक पनि केही घण्टामात्र चलेर सारिएको छ।  

यता माओवादीले सदनमा एमसीसी समर्थन गरिरहँदा आफ्ना सम्पूर्ण जनवर्गीय संगठनलाई एमसीसीको विरोधमा सडक प्रदर्शन तीव्र पार्न निर्देशन दियो। पार्टी नेतृत्वबाट आएको निर्देशन भन्दै माओवादीले नयाँ बानेश्वरमा प्रदर्शन पनि गर्यो। संगठन संरचनाभन्दा बाहिर रहेर दिइने यस्तो निर्देशनले माओवादी पार्टीको कमजोर धरातल पुष्टि गर्छ। यसबाट असन्तुष्ट केही कार्यकर्ता फागुन १६ गते एमसीसी पास भएको दिन प्रदर्शनमा सहभागी थिएनन्। केही असन्तुष्ट नेता–कार्यकर्ताले माओवादी नै परित्याग गरिसकेका छन्। 

माओवादी सांसद सत्या पहाडी पार्टी केन्द्रीय सदस्यहरू निर्वाचन केन्द्रित भएर ‘फिल्ड’मा जाने अन्तिम तयारीमा रहेको बताउँछिन्। ‘अहिले जिल्ला र स्थानीय तहमा कोको जाने भनेर टुंगो लगाउने काम भएको छ,’ उनले भनिन्, ‘केही स्थानीय तहको संगठन पुनर्गठन गर्नुपर्ने देखिएको छ। यसको लािग देशैभरि शीर्ष नेतृत्वले आवश्यक जनशक्ति खटाउने तयारीमा छ।’

कसरी चलिरहेको छ संगठन? 

माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वर महादेवस्थान नजिकै पेरिसडाँडामा छ। २०६७ देखि माओवादीले केन्द्रीय कार्यालय पेरिसडाँडालाई बनाएको हो। उक्त कार्यालयमा केन्द्रीय कमिटीसँगै अखिल नेपाल मजदुर संघ, किसान संघ तथा अन्य आधा दर्जन जनवर्गीय संगठनको लागि कोठा छुट्याइएको छ। 

अध्यक्ष प्रचण्ड र शीर्ष नेताहरुको लागि कोठा छुट्याइए पनि नेताहरु आक्कल झुक्कलमात्र पुग्ने गरेका छन्। अधिकांश बैठक र भेटघाट अध्यक्ष प्रचण्ड निवास खुमलटारमा हुने गरेको छ। यसबाहेक संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी सांसदहरु बेलाबेला जम्मा हुन्छन्।

पछिल्लो राजनीतिक घटनाक्रमले गर्दा पार्टी कार्यालयभन्दा बढी अध्यक्ष निवास खुमलटार र सिंहदरबारमा नै नेताहरूले भेटघाट गरिरहेको बताउँछन् पार्टी कार्यालय सचिव श्रीराम ढकाल। उनका अनुसार स्थानीय निर्वाचन नजिक भएकाले अब पार्टी कार्यालयमा नै नेता–कार्यकर्ता जम्मा हुने सम्भावना बढी छ। 

अध्यक्ष प्रचण्ड र शीर्ष नेताहरुको लागि कोठा छुट्याइए पनि नेताहरु आक्कल झुक्कलमात्र पुग्ने गरेका छन्। अधिकांश बैठक र भेटघाट अध्यक्ष प्रचण्ड निवास खुमलटारमा हुने गरेको छ। यसबाहेक संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी सांसदहरु बेलाबेला जम्मा हुन्छन्।

पेरिसडाँडाको केन्द्रीय कार्यालयमा तलब–सुविधासहित काम गर्ने कर्मचारी दश जना छन्। उनीहरूले केन्द्रीय कार्यालयको सञ्चार, लेखा, तथ्यांक संकलनदेखि प्रशासनिक कार्यसम्पादन गर्दै आएका छन्।

जिल्ला तहमा पनि माओवादी पार्टी कार्यालय स्थापना भएका छन्। तिनै कार्यालयमा नै माओवादीका जनवर्गीय संगठनको बैठक, भेला आदि सञ्चालन हुँदै आएको छ। नेकपा एमाले तथा नेपाली कांग्रेसको अधिकांश जिल्लामा आफ्नै स्वामित्वको पार्टी कार्यालय भवन भए पनि माओवादी केन्द्रले भने भाडामा लिएको कार्यालयमा सञ्चालन गर्दै आएको छ।  

नेकपा एमाले र नेपाली कांग्रेसले वेबसाइटमार्फत संगठनात्मक काम गरिरहँदा माओवादीले भने यसका लागि वेबसाइट, फेसबुक पेज र ट्वीटर प्रयोग गरेको पाइँदैन। 

संगठनको आकारभन्दा विचार ठूलोः देव गुरुङ 

मैले बारम्बार भन्दै आएको छु पार्टी भनेको आन्दोलनको साधन हो, साध्य होइन। देश, काल परिस्थितिअनुसार जे आवश्यक हुन्छ पार्टी त्यसैगरी चल्छ। अर्थतन्त्रसहित समाजवादी क्रान्ति गरौं भन्ने सोचेर तत्कालीन एमाले र माओवादीबीच २०७४ मा एकता भयो। सुरुमा सबै एजेन्डामा हस्ताक्षर गरे पनि पार्टी अध्यक्ष केपी ओली सिद्धान्त विपरीत चल्नुभयो। पार्टी एकपक्षीय र प्रतिगामी ढंगले चल्न थालेपछि हामी नेकपाबाट छुट्टिएर राष्ट्रियता र संविधानको रक्षार्थ माओवादी केन्द्र बनाउनतिर लाग्यौं।

आफ्नो मूल पार्टी माओवादी पुनर्गठित भएपछि हामी नयाँ ऊर्जाका साथ पार्टी बनाउनतिर लाग्यौं। तर यो एक वर्षमा कोरोना महामारी तथा अन्य राजनीतिक घटनाक्रमले गर्दा देशव्यापी रुपमा संगठन सुधार गर्न सकिएन। तरपनि महाधिवेशन अगाडि सबै कमिटीको सम्मेलन गर्यौं। अब आउने निर्वाचनमा केन्द्रित भएर संगठन सुधारतर्फ लाग्दैछौं। माओवादी पार्टीको आकार र संगठनभन्दा यसले बोक्ने विचार ठूलो हो। देशको स्वाधीनता र राष्ट्रियताको पक्षमा माओवादी केन्द्र निरन्तर लागिरहेको छ। 

प्रकाशित: Mar 09, 2022| 15:12 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...