मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अनलाइन टेलिभिजनसम्बन्धी नयाँ व्यवस्था पवित्र उद्देश्यले ल्याइएको हो : सञ्चारमन्त्री

अनलाइन टेलिभिजनसम्बन्धी नयाँ व्यवस्था पवित्र उद्देश्यले ल्याइएको हो : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन टेलिभिजनसम्बन्धी नयाँ कानुनी व्यवस्था पवित्र उद्देश्यका साथ ल्याइएको बताएका छन्।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन टेलिभिजनसम्बन्धी नयाँ कानुनी व्यवस्था पवित्र उद्देश्यका साथ ल्याइएको बताएका छन्।

बुधबार नेपाल पत्रकार महासंघले आयोजना गरेको स्वागत कार्यक्रममा उनले अहिलेको सरकार दक्षिण एसियामै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अग्रणि रहेको बताए। ‘सरकार प्रेस स्वतन्त्रताको सम्मान गर्छ। यसलाई अझै अगाडि बढाउन सरकार सधैं तयार छ। जनतालाई सुशासनको प्रत्याभूति गराउने कुरामा सरकार प्रतिबद्ध छ। सरकारले अनलाइन टेलिभिजन सम्बन्धी गरेको व्यवस्था कार्यान्वयन गराउँछ। यो पवित्र उद्देश्यले ल्याइएको हो, नियन्त्रण गर्नका लागि हैन। नियमन गर्न खोजिएको हो। यो कुरा सबैले बुझिदिनु पर्छ।’ 

राष्ट्रिय प्रसारण नियमावलीमा भएको संशोधनले अभिव्यक्ति स्वतन्त्रतामा कुनै हस्तक्षेप नगरेको र त्यो उदेश्यले ल्याइएको पनि नभएको उनले स्पष्ट पारे।

प्रकाशित: Mar 09, 2022| 14:14 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...